विद्यार्थीहरुकाे सहयाेगमा खानेपानी
खार्पुनाथ गाउँपालिका –५ स्थित ताक्ला गाउँको बागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले मिलेर पाइपलाइन मर्मत गरी खानेपानी विस्तार गरेका छन् ।
दलित समुदायलाई दशैं भत्ता
मुगुको छायाँनाथ रारा नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता दिने गरी कार्यविधि बनाएको हो ।
शिक्षामा लगानी बढाउन माग
सार्वजनिक शिक्षा सुधारका लागि शिक्षामा लगानी बढाउन सरोकारवालाले सुझाव दिएका छन्। कर्णाली प्रदेश सरकारको बजेट तर्जुमाका सन्दर्भमा शिक्षामा २० प्रतिशत लगानी सुनिश्चित गर्न माग गरिएको छ। शिक्षामा कुल बजेटको २० प्रतिशत रकम छुट्याउनुपर्ने, प्रदेशमा शिक्षा ऐन जारी गर्नुपर्ने, विद्यालयमा कर्मचारीको स्वीकृत दरबन्दी सिर्जना गर्नुपर्ने, विद्यार्थी अनुपात कम भएका विद्यालय गाभिनुपर्ने माग छलफलमा राखिएको छ।
विदेशमा कर्णालीका ६२ हजार
कर्णालीबाट विदेश बस्नेको जनसङ्ख्या अन्य प्रदेशभन्दा कम देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा वीरेन्द्रनगरमा बुधबार आयोजित राष्ट्रिय जनगणना–२०७८ को कर्णाली प्रदेशस्तरीय नतिजा सार्वजनिक कार्यव्रmममा सो जानकारी दिइएको हो। सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट चार लाख २० हजार ९०६ जना विदेशमा बसोबास गर्छन्। नतिजा अनुसार देशका १५ लाख ५५ हजार ९६१ परिवारका सदस्य विदेशमा बस्छन्। नेपालबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा बसोबास गर्दै आएका देखिन्छ। तीमध्ये कर्णालीका ६२ हजार ७२८ परिवारबाट ९४ हजार ३२० जना विदेशमा बसोबास गर्दै आएका छन्। २०६८ को जनगणनामा कर्णालीबाट ६७ हजार ५८२ जना विदेशमा
शिक्षा क्षेत्रमा लगानी बढाउन माग
सार्वजनिक शिक्षा सुधारका लागि शिक्षामा लगानी बढाउन सरोकारवालाहरूले सुझाव दिएका छन् । कर्णाली प्रदेश सरकारको बजेट तर्जुमाको सन्दर्भमा शिक्षामा २० प्रतिशत लगानी सुनिश्चित गर्न माग गरिएको हो ।
भेरी कोरिडोर धमाधम कालोपत्रे
भेरी कोरिडोरको जाजरकोट खण्डमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ। पासागाडदेखि रिम्नासम्मको १६ किलोमिटर कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ।
तरकारी खेतीमा रमाउँदै युवा कृषक
वीरेन्द्रनगर नगरपालिका–९ की ३० वर्षीय आशा घिमिरे पाँच वर्षदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न हुनुहुन्छ। दुई बिघा जग्गामा गरिएको मौसमी र बेमौसमी तरकारी खेतीबाट घिमिरेले तरकारी बेचेर वार्षिक सरदर आठ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ। आधुनिक तरिकाले खेती गर्न थालेपछि उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा बढेको घिमिरेले बताउनुभयो।
बजेट बनाउन सुझाव सङ्कलन
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले योजना र कार्यक्रम तयारीका लागि नागरिकबाट सुझाव सङ्कलन गरेको छ। पालिकाले कृषि र पर्यटनलाई बजेटको विशेष प्राथमिकतामा राख्ने योजना बनाएको छ। नगरपालिकाका प्रमुख लालवीर भण्डारीका अनुसार आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजनको पूर्वतयारीस्वरूप नागरिकसँग सुझाव सङ्कलन गरिएको हो। सबै वडा पुगेर बस्तीस्तरको योजना छनोट सम्पन्न गरिएको छ। सुझावकै आधारमा जनताको आयआर्जनसँग प्रत्यक्ष जोडिएका सवाललाई प्राथमिकतामा राखेर योजना बनाउन लागिएको प्रमुख भण्डारीले बताउनुभयो।
सात वर्षपछि बस्तीमा सिँचाइ
मुसीकोट नगरपालिका–१० मा सात वर्षपहिला निर्माण सुरु गरिएको सिँचाइ आयोजना हालै सम्पन्न भएको छ। २०७३ सालमा निर्माण सुरु गरिएको सारापोले नमुना बस्ती सिँचाइ आयोजना सात वर्षपछि निर्माण सम्पन्न भएको हो। वडाध्यक्ष धनबहादुर खड्काले अलपत्र अवस्थामा रहेको सिँचाइ आयोजना निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार २०७३ सालमा साबिक जिल्ला सिँचाइ कार्यालयमार्फत सुरु गरिएको उक्त आयोजना बजेट अभावका कारण अलपत्र थियो। वडा कार्यालयले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयसँग समन्वय गरेर बजेट प्राप्त गरेपछि अलपत्र आयोजना सम्पन्न गरिएको जनाइएको छ।
रारामा तेस्रो म्याराथन प्रतियोगिता हुँदै
मुगुको रारामा तेस्रो म्याराथन दौड प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा जेठ २० गते म्याराथन हुने गुल्मले जनाएको छ ।
गणतन्त्रको विकल्प समाजवाद मात्र : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रको विकल्प समाजवाद मात्र हुनसक्ने बताउनुभएको छ ।
विषयगत समितिहरूको सभापति चयन
कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । आइतबार भएको समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् ।
पूर्ण रूपमा खुल्यो कर्णाली कोरिडोर
कर्णाली कोरिडोर अन्तर्गत कालीकोटको खुलालु सलीसल्ला सडकखण्ड पूर्ण रूपमा खुलेको छ । करिब १४ दिनपछि उक्त सडकखण्ड पूर्ण रूपमा खुलेको हो । कर्णालीमाथिको खुलालु पक्की पुलको बायाँतिरको दक्षिणतर्फको दुई वटा खाल्डा पिसिसी गर्न गत वैशाख ३० गतेबाट सडक बन्द गरिएको थियो ।
निजी गाडीबाट बिरामी बोक्नुपर्ने
सिमकोट गाउँपालिकामा निजी गाडीले गाउँगाउँबाट बिरामी बोक्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य सेवा कार्यालय तथा सिमकोट गाउँपालिकासँग एम्बुलेन्सको व्यवस्था नहुँदा बोलेरो जिपले बिरामी बोक्ने गरेका छन् । सिमकोट गाउँपालिका–२ का जस बोहराले बिरामीलाई निजी गाडी झिकाएर अस्पताल लैजानुपर्ने बाध्यता रहेको बताउनुभयो । त्यो पनि चर्को भाडा तिर्नुपर्ने अवस्था छ । सडक सुविधा नभएको बेला गाउँबाट बिरामी स्टेचर र डोकोमा बोक्नु पथ्र्यो ।
असिना पानीले जौँ, गहुँ र उवा बाली नष्ट
दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका – ३ को मेखाला गाउँमा लगाएको बाली जौं, गहुँ र उवा नष्ट भएको छ । चार दिनदेखिको अविरल वर्षासँगै आएको असिना पानीले सो बाली नष्ट गरेको हो ।
महावु खानेपानी आयोजना निर्माणमा ढिलाइ
महावु गाउँपालिकाका एक हजार नौ सय २९ घर परिवारलाई खानेपानी खुवाउने उद्देश्यले सुरु गरिएको महावु बृहद खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ ।
शैक्षिक भौतिक संरचना निर्माण प्राथमिकतामा
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्राविधिक जनशक्ति उत्पादनको केन्द्र कर्णाली प्राविधिक शिक्षालयको शैक्षिक भौतिक संरचना निर्माण प्राथमिकतामा परेको बताउनुभएको छ । बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
विद्यालयमा भल पसेपछि विद्यार्थी चौरमा
ताँजाकोट गाउँपालिका –१ काँडागाउँको जनप्रकाश माध्यमिक विद्यालयका कक्षा कोठामा भल पसेपछि विद्यार्थीलाई चौरमा राखेर पढ्नुपर्ने बाध्यता भएको छ।
सोती घटनाका तीन वर्ष : न्यायको पर्खाइमा पीडित
चौरजहारी नगरपालिका–८, सोतीमा छ जना युवाको ज्यान जाने गरी भएको हत्या घटनाका पीडित परिवारले तीन वर्षसम्म पनि न्याय पाउन सकेका छैनन्। अन्तरजातीय प्रेमसम्बन्धका कारण सो घटना भएको थियो। २०७७ साल जेठ १० गते भएको सो घटनामा ज्यान गुमाएका जाजरकोट सदरमुकाम खलङ्गास्थित रानागाउँका नवराज विककी आमा उर्मिलाले न्याय पाउने आशा मर्दै गएको बताउनुभयो। तथापि रुकुम अदालतले उक्त घटनाको पेसी जेठ ३० गतेका लागि तोकेको छ। उहाँले हत्याका अभियुक्तलाई जन्मकैद भएमा छोराको आत्माले शान्ति पाउने र आफूलगायत पीडित परिवारले न्याय पाउने बताउनुभयो।
कालीकोटमा खाद्यान्न अभाव
कालीकोट जिल्लामा खाद्यान्न अभाव हुने भएको छ । सरकारले दिँदै आएको चामल अभाव हुँदा अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मको गोदाम रित्तो हुन पुगेको छ । सरकारको फितलो तयारी र व्यवस्थाका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन कठिन हुने गरेको छ । दैनिक २० क्विन्टलदेखि ३० क्विन्टलसम्म चामल बिक्री हुने कालीकोटमा तोकिएको समयमा चामल ढुवानी नहुँदा खाद्यान्नको चरम अभाव भएको कार्यालय जनाएको छ ।
दुई दिनदेखि हवाई सेवा अवरुद्ध
राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध हुँदैआएको छ । गत मङ्गलबार मौसममा बदली भई वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएको हो ।
हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनः सञ्चालनमा
पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेक सडकखण्ड सञ्चालनमा आएको छ । गत पुसको भारी हिमपातले अवरुद्ध भएको उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन भएको हो ।
आर्थिक अभावले स्वास्थ्य उपचार गर्नै समस्या
बराहताल गाउँपालिका –८ का ३८ वर्षीय मानबहादुर विश्वकर्मा ट्रमा सेन्टर काठमाडौँमा उपचारत हुनुहुन्छ । दायाँ हातमा क्यान्सर भएपछि उहाँले दुई वर्षदेखि उपचार गराइ रहनुभएको छ । आर्थिक अभाव भएपछि उपचार गर्न उहाँलाई समस्या भएको छ ।
अध्यक्ष सिंहद्वारा एक वर्षे प्रगति प्रतिवेदन सार्वजनिक
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले आफ्नो एक वर्ष कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले बिहीबार आफ्नो प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।