अध्यक्षकी आमाको मृत्यु भएपछि गाउँसभा स्थगित
सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुुर रोकायाकी आमाका मृत्युु भएपछि गाउँसभा स्थगित भएको छ । शुुक्रबार चार बजे सभामा बजेट प्रस्तुुत भई रहेको समयमा अध्यक्षकी आमाको मृत्युुको खबर आएपछि सभा स्थगित भएको हो ।
वीरेन्द्रनगर नगरपालिकाको बजेट एक अर्ब ९४ करोड ११ लाख
वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० रुपियाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबारदेखि सूरु भएको ११ औं नगरसभामा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गरिएको हो ।
नौसय घरलाई जस्तापाता वितरण
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले नगरपालिकालाई खरको छानामुक्त बनाउने कार्य अघि बढाएको छ । शुक्रबारबाट नगरपालिकाले पहिलो चरणमा नौसय घर परिवारलाई जस्तापाता वितरण गरेको छ ।
खानेपानी र सिँचाइको व्यवस्थाले स्थानीय खुशी
वर्षौदेखि खानेपानी र सिँचाइको समस्या झेल्दैआएको रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ र ६ वडामा सिँचाई, खानेपानी योजना निर्माण भएको छ । योजना सम्पन्न पश्चात वडा ५ को धनेखोला टोलका घरघरमा खानेपानी र बल्लेबासमा सिँचाई सुविधा पुगेको छ । बल्लेबास पाईप सिँचाई उपआयोजना र धनेखोला मुहान संरक्षण तथा खानेपानी उपआयोजना निर्माण सम्पन्न गरेर खानेपानी र सिँचाईको समस्या समाधान गरिएको हो ।
सेनाद्वारा निर्मित किरियापुत्री भवन नगर सरकारलाई हस्तान्तरण
जाजरकोटमा नेपाली सेनाद्वारा निर्माण गरिएको किरियापुत्री भवन नगर सरकारलाई हस्तान्तरण गरिएको छ ।
सहराविहीन बालबालिकाको बिचल्ली
बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली, बूढीनन्दा, स्वामिकार्तिक, जगनाथ गाउँपालिकामा बस्दै आएका हलिया परिवारका दर्जनौ बालबालिका सहाराको खोजीमा रहेका छन् ।
सरुवा रोग अस्पताल सुनसान
कालीकोट सदरमुकाम मान्ममा कर्णाली प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सुविधायुक्त सरुवा रोग अस्पताल सुनसान छ । सो अस्पतालमा चिकित्सकसहित १९ जना कर्मचारी कार्यरत भए पनि अहिलेसम्म बिरामी अस्पतालमा नआएपछि सुनसान भएको हो । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७८ मङ्सिरमा सो अस्पताल उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको चार महिनासम्म सरुवा रोग अस्पतालमा जनशक्ति नहुँदा ताला लाग्यो । फागुन १८ गतेदेखि चिकित्सकसहित १९ जना कर्मचारी सरुवा रोग अस्प
कालीकोटमा नियमित पुग्न थाल्यो गोरखापत्र
पश्चिम नेपालको कर्णालीको कालीकोटमा गोरखापत्र दैनिक नियमित रुपमा पुग्न थालेको छ । पछिल्लो समय कोहोलपुरवाट प्रकाशन सुरुभएसँगै नियमित पत्रिका पढ्न पाएसँगै कालिकोटका पाठक हर्षित भएका छन् ।
निर्वाचन खर्च बुझाउन ताकेता
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधि र उम्मेदवारमध्ये निकै कमले निर्वाचन खर्च बुझाएकाले बाँकी रहेकाहरूलाई छिटो बुझाउन निर्वाचन आयोगले ताकेता गरेको छ । निर्वाचन कार्यालयले सो खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको लामो समय भए पनि कम उम्मेदवार र जनप्रतिनिधिले मात्र खर्च विवरण बुझाएको जनाउँदै तत्काल बुझाउन निर्देशन दिएको हो ।
वीरेन्द्रनगरमा बर्डफ्लू भेटियो
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बर्डफ्लू भेटिएको छ । वीरेन्द्रनगरमा एक कृषकले व्यावसायिक रुपमा पालेको टर्कीहरु मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू भएको पुष्टी भएको हो ।
निवर्तमान जनप्रतिनिधिलाई सम्मान
सिमकोट गाउँपालिकाको आयोजनामा निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ । पाँच वर्षे कार्यकाल सफलतापुूर्बक सम्पन्न गरेको र गाउँपालिकाको बिकासका लागि गरेको योगदानको कदर गर्दै सो सम्मान गरिएको हो ।
उच्च शिक्षा अध्ययनमा मुक्त कमलरीलाई समस्या
उच्च शिक्षा अध्ययनसँगै छात्रावास सुविधाका लागि बजेट कटौती हुँदा समस्यामा परेको मुक्त कमलरीहरुले बताएका छन् । मुक्त कमलरी विकास मञ्चले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुक्त कमलरीहरुले शिक्षा र छात्रावासका लागि बजेटको व्यवस्था गरिदिन सरकारसँग माग गरेका हुन् ।
हुम्लाकाे मासपुरमा खाद्यान्न नपाएको गुनासो
जिल्लाको दुर्गम मानिने मासपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यन्न हालसम्म नपाएको स्थानीयले गुनासो गरेको छ । लिमिटेडको खाद्यन्न बिक्री केन्द्र पुग्न एक दिन लाग्ने र खाद्यन्न बिक्री बितरण बारे मासपुरवासीलाई जानकारी नहुने गरेको भन्दै खाद्य समस्या हुने गरेको स्थानीयहरुको गुनासो छ ।
मनपरी भाडा असुल्दै यातायात व्यवसायी
कालीकोटमा यातायात व्यवसायीले मनपरी भाडा असुलिरहेको पाइएको छ । कालीकोट सदरमुकाम मान्मबाट देशका विभिन्न क्षेत्रमा चल्ने यातायातका साधनमा मनपरी भाडा लिएको पाइएको हो । कालीकोटको जितेबाट सुर्खेत जाँदै गर्नुभएका सान्नीत्रिवेणी– ६, का मुक्तिप्रसाद सज्यालले विभिन्न यातायात समितिको भाडा दर फरक-फरक रहेको बताउनुभयो ।
सुर्खेतमा जीप दुर्घटना : एक जनाको मृत्यु
सुर्खेत दैलेख सडकखण्डको कपासे नजिकै बोलेरो जीप दुर्घटनामा परेको छ।
भेरी–बबई डाइभर्सन आयोजना सकिन तीन वर्ष लाग्ने, ५६ प्रतिशत काम सम्पन्न
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म समष्टिगत भौतिक प्रगति ५६ प्रतिशत भएको छ ।
आँगनमै खानेपानी पाउँदा भुरचौरबासीलाई राहत
जाजरकोटको भेरी नगरपालिका १० भुरचौरबासी लिप्टबाट घरआँगनमै खानेपानी आएपछि खुसी भएका छन् । गत वर्षदेखि सञ्चालित लिप्ट खानेपानी आयोजनाको पानी घर आँगनमै पाउँदा भुरचौरबासी खुसी भएका हुन् ।
कर्णाली र सुदूरपश्चिम जोड्ने पुल सञ्चालन हुने
सुर्खेतको पञ्चपुरी नगरपालिका ११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । ३३ करोड लागतमा निर्माण भइरहेको पुलको काम अन्तिम चरणमा पुगेपछि सुदूरपश्चिम र कर्णाली प्रदेशसँग छोटो दुरीको सडक सञ्जालमा जोडिएको हो ।
सातवटा कुकुरले टोक्दा एक कर्मचारीको अवस्था गम्भीर
जिल्ला समन्वय समितिमा कार्यरत कार्यालय सहयोगीलाई मङ्गलबार बिहान सात वटा भन्दा बढी कुकुरले टोक्दा उहाँको अवस्था गम्भीर भएको छ । खेतीपाती गोडमेल गर्न जानेक्रममा कुकुरले टोक्दा सिमकोट गाउँपालिका–५ की सप्पा रावत घाईते हुनुभएको हो ।
इखेनीका नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच
सुर्खेतको बराहताल गाउँपालिका ६ को इखेनीमा अल्ट्रा साउण्डसहितको निःशुल्क स्वास्थ परीक्षण शिविर सम्पन्न भएको छ । गरिवी, अशिक्षा र वेरोजगारी समस्याबाट ग्रसित इखेनीका नागरिक अस्वस्थ खानपानका कारण स्वास्थ्य समस्यामा परेको थाहा पाएपछि सुर्खेत महिला जेसिजले स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
हुुम्ला जिल्ला समन्वय समिति निर्वाचनमा सत्ता गठबन्धन निर्विरोध निर्वाचित
जिल्ला समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धन निर्विरोध निर्वाचित भएका छन् । सो निर्वाचनका लागि नेकपा एमालेलगायत अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
मुगुमा खडेरी
जिल्लामा लामो समयदेखि पानी नपर्दा खडेरीले अन्नबालीदेखि फलफूलसम्म सुक्न थालेपछि किसान हरु चिन्तित भएका छन् ।
हुम्लामा फोरजी सञ्चालन
नेपाल टेलिकमले हुम्लामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिका – ७ को ओख्रेनमा टावर निर्माण गरी सेवा सुचारू गरेको छ ।
अछामका पूर्वसभापति शाहीको निधन
अछाम जिल्लाका पूर्वसभापति रामबहादुर शाहीको निधन भएको छ । तुर्माखाँद गाउँपालिका ७ तोषि घर भइ हाल बर्दियाको दौलतपुरमा रहेका शाहीको ८२ वर्षको उमेरमा आइतबार राती निधन भएको हो ।