• १३ साउन २०८१, आइतबार

नौ वटा झोलुङ्गे पुलमा मर्मत नहुँदा स्थानीयलाई सास्ती

blog

गत साउनमा आएको बाढी पहिरोले क्षति गरेको गौमुल गाउँपालिका –२ मा रहेको माडिगाड खोलामा रहेको झोलुङ्गे पुल । तस्बिर: शेरबहादुर सार्की

बाजुरा, कात्तिक १९ गते । बाजुरामा निमार्ण भएका झन्डै  १२५ झोलुङ्गे पुलहरू मध्ये बाढी पहिरोले नौ वटा पुल क्षति भएपछि यती बेला स्थानीयलाई आवागमन कार्यमा निकै सास्ती खेप्दै आउनु परेको छ ।

२०७८/०७९ को साउनमा आएको बाढीपहिरोका कारण बाजुराका झन्डै १२५ झोलुङ्गे पुल मध्ये नौ वटा पूर्ण रूपमा क्षति भएका छन् । झोलुङ्गे पुलहरू केही बाढी पहिरो र केही प्राविधिक त्रुटिका कारण काम नलाग्ने अवस्थामा पुगेको छ । गौमुल गाउँपालिका को घटमुनि, सिममाडी, माडी,बडिमालिका नगरपालिकाको भत्तेबगर, जडाङ्गा स्वामिकार्तिक र जगनाथ खप्तड छेडे दह गाउँपालिका गुदुगाड लगायतका स्थानमा रहेको झोलुङ्गे पुलहरू क्षति भएको पिसविन बाजुराका टेक्निकल अफिसर खडक जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, यती मध्ये गौमुल गाउँपालिकाको अजयकोट, सिममाडी, अदरा, ओडार, जडाङ्गा त्रिवेणी नगरपालिकाको फल्ने तोला स्वामिकार्तिक र जगनाथको बालुवामा रहेको झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएका छन् । यती ठाउँका पुल पूर्णमा रूपमा क्षति भएपछि अहिले यहाँका स्थानीयलाई आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको जोशीले बताउनुभयो । 

खप्तड छेडे दह गाउँपालिका वडा नं –३ गुदुका स्थानीय कविता रावतले , गुदुखोलामा रहेको झोलुङ्गे पुल पुर्ण रुपमा भत्किएपछि दैनिक काम कागजका लागि गाउँपालिकामा डोगडीमा आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो, हिउँदमा त खोला सानो हुन्छ तरेर पनि आउजाउ गर्न सकिन्छ , बर्खा लागेपछि खोलामा पानीको बहाव पनि बढ्ने गरेकोले गाउँपालिकामा कामकाज गर्नका लागि आउजाउ गर्न समस्या भएको बताउनुभयो ।

बाजुरामा रहेका झन्डै १२५ झोलुङ्गे पुलहरू मध्ये नौ वटा पुलमा निकै क्षति भएपछि स्थानीय सरकारको पहलमा अहिले ती पुल मर्मत गर्ने तयारी भइरहेको पीसविन बाजुराका झोलुङ्गे पुलहरू टेक्निकल अफिसर खडक जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, बाजुरामा रहेका झोलुङ्गे पुल गत बर्खाको बाढी पहिरोले कोही पूर्ण रूपमा क्षति भएका छन् भने कोही आंशिक रूपमा क्षति छन् । बाढी पहिरोले पुल क्षति भएपछि अहिले ती पुलबाट स्थानीयलाई एक गाउँ अर्को गाउँ सम्म आउजाउ गर्न निकै समस्या भएपछि स्थानीय सरकार पीसविन बाजुराको सामाजिक प्राविधिक सहयोगमा पुन मर्मत हुन थालेको बताउनुभयो ।

जोशीले भन्नुभयो, अहिले भत्किएका अधिकांश ती झोलुङ्गे पुलहरूको डिपीआर भइसकेको र केही पुलको काम पनि तत्काल सुरु हुने भएका छन् । केही पुल गत वर्षमा नै निर्माण गरिसक्नु पर्ने हो तर गाउँपालिकामा रकम अभावका कारण ती पुल मर्मत हुन नसकेको जोशीले भन्नुभयो ।

१२० मिटर भन्दा मुनीका पुलहरू स्थानीय  तथा सङ्घीय सरकारले नै निर्माण गर्ने र त्यो भन्दा बढीको पुल प्रदेश सरकारबाट निर्माण हुने पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ । भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्र बोगटीले, २०७६/७७ मा बूढी गङ्गा नगरपालिका र स्वामिकार्तिक गाउँपालिकाको बुनीमा दुई वटा पुल निर्माण गरेका हुन् । ती पुल क्षति भएमा पुनः निर्माण गर्ने सक्ने र अन्य पुल हाम्रो कार्यालयबाट निर्माण नभएकोले मर्मत गर्न नसकिने बताउनुभयो ।

स्थानीयको माग अनुसार पुल निर्माण गर्न धेरै आवश्यक परेपछि पूर्वाधारले त्यो ठाउँमा १२० मिटर भन्दा बढी लम्बाइ रहेको पुल निर्माण गर्न सकिने तर दुई वर्ष यता बाजुरामा पुलको कार्यक्रम नभएको पूर्वाधार विकास कार्यालयले बताउनुभयो ।

Author

शेरबहादुर सार्की