धान र मकैको बिउ वितरण
भेरी नगरपालिकाले धान र मकैको बिउ वितरण गरेको छ । कृषि पेसाबाट आत्मनिर्भर किसानलाई अनुदानमा धान र मकैको बिउ वितरण गर्न थालेको हो ।
गुच्ची च्याउ सङ्कलनको चटारो
मुगु जिल्लामा गुच्ची च्याउ सङ्कलनको मौसम सुरु भएको छ । यो मौसममा जङ्गलमा गई गुच्ची च्याउ सङ्कलन गर्न स्थानीयलाई चटारो हुन्छ ।
आरोपी पक्राउ गर्न जाँदा कुटिएका प्रहरी गम्भीर घाइते
कालीकोट जिल्लाको पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय शंङ्क बुढालाई पक्राउ गर्न गएको प्रहरी माथि गाउँलेले आक्रमण गरेका छन् ।
सुर्खेतमा रिङ रेस्लिङ महाभिडन्त
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रिङ रेस्लिङ विभागको आयोजनामा दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ महाभिडन्त राष्ट्रिय प्रतियोगिता जेठ १३ गते सुर्खेतमा हुने भएको छ ।
प्रथम नगरप्रमुख ओमबहादुर बुढाको सालिक अनावरण
त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटमा प्रथम नगरप्रमुख स्वर्गीय ओमबहादुर बुढाको सालिक अनावरण गरिएको छ ।
गुच्ची च्याउले मनग्य आम्दानी गर्दै मुगुवासी
गुच्ची च्याउ सङ्कलनको मौसम सुरु भएसँगै मुगुवासीले आम्दानी गर्न थालेका छन् । यो मौसममा यहाँका स्थानीय जङ्गलमा गई जडीबुटीजन्य गुच्ची च्याउ सङ्कलन गर्न हिजोआज व्यस्त हुन थालेको छ ।
मुगु हिउँ पहिरो अपडेट : हेलिकप्टरबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान
च्याँखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।
‘पेटी ठेक्का दिनु गलत’
प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले विकास निर्माणका काम पेटी ठेक्कामा दिनु गलत भएको बताउनुभएको छ। राप्ती राजमार्ग अन्तर्गत रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ र १२ जोड्ने निर्माणाधीन पितिबाङ पक्की पुलको अनुगमनका क्रममा पूर्वमन्त्री शर्माले मुख्य ठेकेदारले भित्रभित्रै पेटी ठेक्का दिँदा समयमै काम सम्पन्न हुन नसकेको चर्चा गर्नुभयो। उहाँले कमिसनको नाममा पेटी ठेक्का दिने चलनले विकास निर्माणका काममा ढिलाइ भएको बताउनुभयो। उहाँले भन्नुभयो, “समयमै काम पनि हुँदैन, योजना अलपत्र हुन्छन्। निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा विकासको काममा अवरोध आएको छ।”
मन्दिरमा गाडियो लिङ्गो
बुद्ध जयन्तीको अवसरमा मन्दिरमा चालिस मिटरको लिङ्गो गाड्ने चलन हुम्लामा अहिले पनि निरन्तर रूपमा चलिरहेको छ । दुई वर्षको अन्तरालमा लिङ्गो गाडिँदै आएको छ । सिमकोट गाउँपालिका–७ मा पर्ने डाँडाफया गाउँमा चालिस मिटर लामो लिङ्गो मन्दिरमा गाडेर देवतालाई खुसी पार्ने प्रचलन अनुसार सो गरिएको हो ।
खोलामा डुबेर मृत्यु
पौडी खेल्ने क्रममा लोहोर खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
यार्सा टिप्न गएका जुम्लाका तीन जना बेपत्ता
मुगु पाटनमा यार्सा टिप्न गएका ३ जना बेपत्ता भएका छन् । जुम्ला पातारासी गाउँपालिकाका २ तल्फि गाउँका ३ जना बेपत्ता भएका गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो ।
उपसभामुख र न्यायाधीशको टोली फोक्सुण्डोमा
डोल्पा, वैशाख २३ गते। उपसभामुख इन्दिरा रानामगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली जलवायु परिवर्तनले स्थानीयमा पारेको असर बुझ्न डोल्पाको फोक्सुण्डो क्षेत्रमा पुगेको छ। सदरमुकाम दुनै हुँदै माथिल्लो भेग फोक्सुण्डो ताल क्षेत्रमा पुगेर टोलीले स्थानीयसँग भेटघाट र छलफल गर्दै त्यहाँको समस्याबारे जानकारी लिएको छ। से फोक्सुण्डो गाउँपालिकाका पदाधिकारी, स्थानीय समुदायबीच भएको छलफलमा बोल्नुहुँदै उपसभामुख रानामगरले जलवाय परिवर्तनले बाढी पहिरो गएको, कृषि र पर्यटनमा प्रत्यक्ष असर पुर्याएको तर स्थानीयवासीलाई त्यसबारे पर्याप्त जानकारी नभएको बताउनुभयो।उपसभामुख रानामगरले भन्नुभयो, ‘‘यो क्षेत्रमा जलवायु परिवर्तनले जनजीवनमा ठूलो समस्या पारेको छ। प्रकृतिको संरक्षण हुन सकेको छैन। त्यसले पर्यटनलाई प्रभावित बनाएको छ। यसलाई रोक्न सबै मिलिजुली सहकार्य गर्नुपर्छ।’’ कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले प्रकृतिको संरक्षित हुने अधिकार रहेको र नेपालको अदालतले यसबारे विभिन्न निर्णय गरेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, ‘‘प्रकृतिको पनि आत्मसम्मान हुन्छ। त्यहाँका समुदाय, जातजातिको भावना अनुसार संरक्षित हुने अधिकार हुन्छ। यो विषय पनि जलवायु न्यायसँग जोडिएको छ।’’नेपालको हिमाल, ताल जोगाउनु नेपालीका लागि मात्र नभै विश्व समुदायको लागि आवश्यक भएको उहाँको भनाइ छ। राष्ट्रिय सभाका सांसद एवं पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेलले डोल्पा यात्राबाट जलवायु परिवर्तनले फोक्सुण्डोसहितका क्षेत्रमा परेको प्रत्यक्ष असर बुझ्ने अवसर मिलेको बताउनुभयो। से फुक्सुण्डो गाउँपालिकाका अध्यक्ष दावा सन्दुक गुरुङ, सोही गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष निमा लामासहितले केन्द्रबाट गएको टोलीले ताल संरक्षण गर्नुपर्ने, जग्गाको मुआब्जा पाउनुपर्ने, पदयात्रा व्यवस्थित बनाउनुपर्ने, पहिरोलगायत जोखिम न्यूनिकरणमा राज्यले ध्यान दिनुपर्नेलगायतको मागसहित ज्ञापनपत्र पेस गरेको छ। आयोजक साथसाथैका अध्यक्ष प्रजिता कार्कीले स्थानीय जनताले भोग्नुपरेका समस्यालाई सुझावका रुपमा लिएर सरोकारवाला निकायको ध्यानाकर्षण गराउने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने विश्वास दिलाउनुभएको छ। वातवरणीय न्यायको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेशनले शुक्रबार फोक्सुण्डो ताल परिसरमा कार्यक्रम गरेको हो।
कर्णालीका चार परियोजनाले गति लिए, सातको अवस्था सुस्त
कर्णाली प्रदेशभरि ११ वटा ठूला महत्त्वका आयोजनाहरू सञ्चालनमा छन् । सङ्घ तथा प्रदेश सरकारबाट बजेट व्यवस्थापन भएका आयोजनामध्ये चार वटा आयोजना निर्माणले मात्रै तीव्रता लिएको छ ।
टोल विकास संस्थामार्फत विकास निर्माणको काम
टोल विकास संस्थामार्फत विकास निर्माणको काम अघि बढाउन भगवतीमाई गाउँपालिकाले टोलविकास संस्थाका पदाधिकारीको क्षमता विकास तालिम सञ्चालन गरेको छ ।
सडक सञ्जालमा जोडियो शान्नीत्रिवेणी
कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाले काप्डीखोलाको चटन फुटाएपछि पालिका सडक सञ्जालमा जोडिएको हो ।
कर्णाली कोरिडोरमा जोडियो खत्याड गाउँपालिका
जिल्लाको खत्याड गाउँपालिकामा पहिलो पटक कर्णाली कोरिडोरमा जोडिएको छ । खत्याड गाउँपालिकाको पहलमा बेली ब्रिज निर्माण भएपछि पहिलो पटक कर्णाली कोरिडोर र सुदूरपश्चिममा जोडिएको हो ।
महिलालाई मुद्दा पाउनै कठिन
हुम्ला जिल्ला अदालतमा वैतनिक वकिलका रूपमा कार्यरत हुनुहुन्छ, राजन चन्द। नेपाल कानुन व्यवसायी परिषद्बाट २०७५ सालमा अधिवक्ताको लाइसेन्स लिएपछि चन्द वकालत पेसामा संलग्न हुनुभयो। वकिलको कालो कोट लगाउने सपना पूरा गरेपछि चन्दलाई थाहा भयो, कालो कोट लगाएर हिँड्न महिलालाई कति चुनौतीपूर्ण छ भन्ने वास्तविकता। उहाँले महिला भएकै कारण विभिन्न विभेद र प्रश्नको सामना गर्नु परिरहेको छ।
प्रहरी चौकी पहिरोको जोखिममा
हुम्लाका तीन प्रहरी चौकी पहिरोको उच्च जोखिममा छन्। वर्षाको मौसम सुरु हुन थालेपछि डरैडरमा बस्नुपर्ने बाध्यता ती चौकीमा कार्यरत प्रहरीको छ। नाम्खा गाउँपालिका–५ को यारी प्रहरी चौकी, अदानचुली गाउँपालिका–३ को गल्फागाड प्रहरी चौकी र ताँजाकोट गाउँपालिका–२ को मैलाकवाडी प्रहरी चौकी पहिरोको जोखिममा रहेका छन्। यारी प्रहरी चौकी भाडाको घरमा छ। माटोले छापेको घर भएकाले पानी चुहिने समस्या छ। छानाबाट पानी चुहिएपछि प्लास्टिक छापिएको छ।
बलात्कार कसुरमा तेह्र वर्ष कैद
दैलेख जिल्ला अदालतले १४ वर्षीया बालिका बलात्कार कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई १३ वर्षको कैद फैसला गरेको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट शाहीलाई बलात्कार कसुरमा १३ वर्ष कैदका अलावा पीडितलाई ५० हजार क्षतिपूर्ति र पीडित राहत कोषमा दुई हजार दुई सय रुपियाँ तिर्नुपर्ने फैसला भएको छ। अदालतका सूचना अधिकारी नासु टीकाराम न्यौपानेका अनुसार २०७७ चैत १९ गते लक्ष्मी प्राथमिक विद्यालय देउरालीको भान्छाकोठामा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो।
हुम्लामा छ दिनपछि हवाई सेवा सुचारु
निरन्तर मौसम खराब भएपछि गत आइतबारबाट बन्द भएको नेपालगञ्ज–हुम्लाको हवाई सेवा शुक्रबारबाट सञ्चालनमा आएको छ । गत शनिबार रातिदेखि वर्षाका कारण मौसम खराब हुँदा नेपालगञ्जबाट हुम्लाका लागि हुने हवाई सेवा अवरुद्ध हुँदै आएको थियो ।
विद्यालयमा अझै पुग्न सकेन पाठ्य पुस्तक
मुुगुु जिल्लासँग सिमाना जोडिएको चङ्खेली गाउँपालिकाका विद्यालयमा पाठ्य पुस्तक पुुग्न सकेको छैन ।
संसद् छल्दै प्रदेश सभा सदस्य
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सकिएको छ । करिब चार महिना चलेको अधिवेशनमा १५ वटा बैठक सञ्चालन भएका थिए तर पहिलो अधिवेशनमै अधिकांश सदस्यहरू सबै बैठकमा उपस्थित नभएको पाइएको छ । सबै बैठकमा उपस्थिति हुनेको सङ्ख्या आधाभन्दा पनि कम अर्थात् १९ जना मात्रै छन् । संसद् छल्नेमा बहालवाला मुख्यमन्त्रीसहित मन्त्री र पूर्वमन्त्री पनि छन् । विगतमा पनि प्रदेश सभाका सदस्यले संसद् बैठकभन्दा पनि पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको पाइएको थियो ।
सडकमा सिन्डिकेट प्रहरी मूकदर्शक
कर्णाली कोरिडोरको हुम्ला, बाजुरा र कालीकोट खण्डमा यातायात व्यवसायीको सिन्डिकेटका कारण यात्रुले कठिनाइ खेप्नु परिरहेको छ । सो खण्डमा प्रत्येक जिल्ला र गाउँपालिकाभित्रका यातायात व्यवसायीले सिन्डिकेट लागू गरेका छन् । सो खण्ड हुँदै सुर्खेत र नेपालगञ्ज आउजाउ गर्ने यात्रुले स्थानीय व्यवसायीको गाडी चढ्नैपर्ने बाध्यता छ ।
बृहत् स्याउ बगैँचा विस्तार
स्याउले आर्थिक सम्भावना बोकेको जुम्लामा बृहत् स्याउ व्यवसाय सुरु गर्न थालिएको छ । किसान बृहत् व्यावसायिक रूपमा स्याउका बिरुवा रोपेर आर्थिक उत्पादनमा लाग्न थालेका हुन् । जुम्ला गुठीचौर गाउँपालिका–५ का किसान मीनबहादुर भण्डारी नेतृत्वको जलजला, धपडा र काँडाखोला स्थानमा सञ्चालन गरिएको गुठीचौर एग्रोफार्ममा ३५ हजार बिरुवा रोपिएका छन् । एकै स्थानमा २८ हजार स्याउका बिरुवा रोपिएका छन् ।