तेस्रो पटक विश्वासको मत लिने तयारी
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी थाल्नुभएको छ। सरकारलाई दिएको समर्थन नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो।
कर्णाली सरकारद्वारा एक सय दिनको प्रगति सार्वजनिक
कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आइतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो ।
अठतीस वर्षपछि नहर निर्माण
रुकुमपश्चिममा ३८ वर्षअघि बनाउन थालिएको नहरको निर्माण सम्पन्न भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका–११ मा ७.५ किलोमिटर लम्बाइको गिजागार–डाँडागाउँ सिँचाइ आयोजना ३८ वर्षपछि निर्माण सम्पन्न भएको हो । वि.सं. २०४२ मा निर्माण सुरु भएको नहरमा पानी आउँदा स्थानीयवासी खुसी भएका छन् । आठबिसकोट नगरपालिका–११ का ७६ वर्षीय लोकबहादुर खत्रीले पञ्चायतकालमा सुरु भएको कुलो निर्माणको काम गणतन्त्रका बेला मात्र पूरा भएको बताउनुभयो ।
गरिबी अन्त्य गर्ने योजनामा लगानी गर्न आग्रह
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नगर विकास कोषलाई कर्णालीको गरिबी अन्त्य गर्ने योजनामा लगानी गर्न आग्रह गर्नुभएको छ ।
कर्णालीमा प्रशिक्षण प्रतिष्ठान बन्ने
कर्णाली प्रदेश सरकारले प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ । जनप्रतिनिधि, पदाधिकारी तथा कर्मचारीहरूको क्षमता विकास अभिवृद्धि र अध्ययन अनुसन्धान गर्ने उद्देश्यले प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न लागिएको हो ।
खाद्यान्न मौज्दात न्यून हुँदा बिक्री गर्न समस्या
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयको गोदाममा खाद्यान्न मौज्दात एकदम न्यून हुँदा बिक्री गर्न समस्य भएको छ । हवाई तथा पैदल मार्गबाट चालुु आर्थिक वर्षका लागि निर्धारित कोटाको खाद्यान्न ढुवानीको जिम्मा लिएका नीजि एयरलाईन्स र पैदल मार्गबाट ढुवानीको जिम्मा पाएको सप्लायर्सले समयमै खाद्यान्न ढुवानी नगर्दा मौज्दात न्यून भएको हो ।
सल्यानमा भर्नासँगै विद्यार्थीको हातमा किताब
जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नासँगै हात हातमा पुस्तक अभियान सञ्चालन भएको छ । स्थानीय तहमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले घरदैलो गरेर विद्यार्थीलाई भर्ना अभियान सञ्चालन गरेका छन् ।
हटाउन थालियो घरटहरा
रास्कोट नगरपालिकाले सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घर भत्काउन सुरु गरेको छ । नगरपालिकाले भौतिक संरचना भत्काउन सूचना जारी गरे पनि स्थानीयले अटेर गर्दै आएका थिए । नगरपालिका केन्द्र रहेको आरसीपी बजारमा सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घर नगरपालिकाले शुक्रबारदेखि भत्काउन थालेको हो ।
पाठ्यपुस्तक वितरण : कर्णाली पहिलो प्राथमिकतामा
हिमाली तथा पहाडी क्षेत्रलाई प्राथमिकता दिइएकाले ती क्षेत्रमा पाठ्यपुस्तक पुग्ने क्रम जारी छ । कर्णालीका अधिकांश विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाइसकेका छन् । विगतमा पाठ्यपुस्तक अभाव हुँदा सबैभन्दा बढी गुनासो हिमाली क्षेत्रमा हुने गथ्र्याे । यस पटक भर्ना भएकै दिनमा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुगेका छन् ।
आफै उपचार गर्न नसक्ने बिरामीको नि:शुल्क उपचार
जिल्ला अस्पताल हुम्लाले आफै उपचार गर्न नसक्ने लक्षित वर्गका बिरामीको निःशुल्कदेखि छुुटमा उपचार सुरु गरेको छ । अस्पतालमा स्थापना भएको सामाजिक सुरक्षा इकाईले गाउँपालिकाले बर्गीकरण गरेका लक्षित वर्गका सेवाग्राहीको उपचारमा निःशुल्क सेवा प्रदान गरेको हो ।
अर्थतन्त्र उकास्न सरकार अग्रसर छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्तमान सत्ता गठबन्धन नेतृत्वको सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । शुक्रबार वीरेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
कालीमाटीका विपन्न परिवारलाई जस्तापाता वितरण
जिल्लाको कालीमाटी गाउँपालिका भित्र बसोबास गर्ने विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ । कालीमाटी गाउँपालिकाले पालिका भित्र बसोबास गर्ने अति विपन्न २८० परिवारलाई जस्तापाता वितरण गरेको हो ।
नारामा निःशुल्क अभिभावक तिर्छन् शुल्क
तिलागुफा नगरपालिका–१० स्थित महादेव माध्यमिक विद्यालयले विद्यार्थीबाट मासिक शुल्क असुल्ने गरेको छ। सरकारले सामुदायिक विद्यालयमा पाठ्यपुस्तक र शिक्षा निःशुल्क भने पनि महादेव माविले मासिक एक हजार पाँच सय रुपियाँ शुल्क असुल्दै आएको छ।
कर्णालीमा बढ्यो बेरुजु
कर्णाली प्रदेश सरकारको बेरुजु रकम चार अर्बभन्दा माथि पुगेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदनअनुसार अघिल्लो वर्ष फस्र्योट हुन नसकेको र यो वर्ष थपिएको रकमसहित कर्णालीको बेरुजु बढेर चार अर्ब ३३ करोड ९३ लाख पुगेको छ।
भेरी नदीमा बालक बेपत्ता
जाजरकोटमा एक बालक भेरी नदीमा बेपत्ता भएको छ । नलगाड नगरपालिका १० रग्दाका भूपेन्द्र परियार भेरी नदीमा डुबेर बेपत्ता भएको प्रहरी जनाएको छ ।
हुम्लामा विकाससँगै प्रदूषण : मासिँदै कर्णाली सभ्यता
कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको विस्तारसँगै प्रदूषण बढ्न थालेको छ । सडक पूर्वाधारको विकास र विस्तार भएसँगै कर्णाली नदी प्रदूषित हुन थालेको छ भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो ।
जाजरकोटमा बेलिब्रिज भाँचिदा एकको मृत्यु, सात घाइते
भेरी नदीमा निर्माणाधीन बेलिब्रिज (पुल) भाँचिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कर्णालीमा चार मन्त्रीको शपथ
कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख तिलक परियारले उहाँहरूलाई शपथ खुवाउनु भएको हो ।
छुवाछूतविरुद्धको वर्ष घोषणा गर्न माग
कर्णाली प्रदेशस्तरीय दलित महिलाको दुईदिने सम्मेलनले सामाजिक छुवाछूत तथा भेदभाव र हिंसाविरुद्धको वर्ष घोषणाको मागसहित सुर्खेत घोषणापत्र जारी गरेको छ। सम्मेलनले पाँचबुँदे प्रतिबद्धतासहित १६ बुँदे माग अघि सारेको छ।
सात किलोमिटरको भाडा एक हजार
जिल्लाको दक्षिणी क्षेत्रमा सवारीसाधनका रूपमा मोटरसाइकलले यात्रुलाई सेवा दिँदै आएको छ। सर्केगाड र सलीसल्लामा यात्रु बोक्दैआएका मोटरसाइकल चालकले मनोमानी भाडा लिँदैआएका छन्।
प्रहरीको लाठी लागेर वडाअध्यक्ष गम्भीर घाइते
त्रिपुरासुन्दरी नगरपालिका –३ सुउँका वडाअध्यक्ष सशस्त्र प्रहरीको लाठी लागेर गम्भीर घाइते हुनुभएको छ ।
त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड
त्रिदेशीय महावु सडकखण्डलाई सरकारले कर्णालीको सुर्खेत, दैलेख, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म विस्तारका लागि सरकारले प्राथमिकतामा राखेको छ ।
चन्दननाथमा चौबीस करोड बेरुजु
जुम्लाको चन्दननाथ नगरपालिकाको अद्यावधिक बेरुजु २४ करोड ४३ लाख २५ हजार रहेको छ। गत वर्षको १७ करोड ६९ लाख ६१ हजार बेरुजुसहित जनप्रतिनिधि र कर्मचारीको नाममा बेरुजु रहेको छ। महालेखा परीक्षक वार्षिक प्रतिवेदन २०७९ अनुसार लेखापरीक्षणबाट सात करोड नौ लाख ४६ हजार बेरुजु उल्लेख गरिएको छ। असुली बेरुजु ५४ लाख १५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने तीन करोड ८६ लाख २० हजार, नियमित गर्नुपर्ने एक करोड ४६ लाख २० हजार र पेस्की एक करोड २२ लाख ९१ हजार रहेको छ।
कर्णालीमा २२ प्रतिशत बीमा
कर्णालीका ७८ प्रतिशत नागरिकको स्वास्थ्य बिमा अझै हुन सकेको छैन स्वास्थ्य बिमा बोर्डका अनुसार बिमा कार्यक्रम लागू भएयताको पाँच वर्षको अवधिमा २२ प्रतिशत नागरिक मात्रै बिमामा आबद्ध भएका छन्। सरकारले पाँच जना परिवारका लागि वार्षिक एक लाख रुपियाँसम्मको स्वास्थ्य उपचार बिमा कार्यक्रम आठ वर्षअघि ल्याएको थियो। पाँच जनासम्मको परिवारका लागि तीन हजार पाँच सय रुपियाँ बिमा शुल्क बुझाउनुपर्छ।