• ११ मंसिर २०८१, मङ्गलबार

पाठ्यपुस्तक पुग्यो तर विद्यालय खुलेन

blog

बन्द रहेका पलाताका विद्यालय । तस्विरः प्रेमराज सिम्खडा

कालिकोट, वैशाख १९ गते । जिल्लाको पलाँता गाउँपालिकामा पाठ्यपुस्तक पुगे पनि विद्यालय भने खुलेका छैनन् । कार्यालय सहयोगीले विद्यालयमा पाठ्यपुस्तक स्टोर गरेर राखेका भए पनि विद्यालय नखुल्दा विद्यार्थीको पढाइ सुरु हुन नसकेको बताइएको छ ।

नयाँ शैक्षिक सत्र सुरु भयको आज १७ दिन पुगिसक्दा पनि विद्यालयमा ताला लगाएको छ । विद्यालयमा पाठ्यपुस्तक पुगे नपुगेको अवस्था बुझ्न पलाँता पुग्नु भएका अनेरास्वियुका केन्द्रीय सदस्य जलसा बुढाले पाठ्यपुस्तक पुगिसक्दा पनि शिक्षकहरूको चरम लापरबाहीले पलाँताका अधिकांश विद्यालय सञ्चालनमा आउन नसकेको जानकारी दिनुभयो । अनेरास्ववियुले छट्के अनुगमन गर्दा पलाँताका अधिकांश विद्यालय बन्द छन् । शिक्षक, विद्यालय प्रशासनको चरम लापरबाही देखियो विद्यार्थी नेता बुढाले भन्नुभयो । 

विद्यार्थी नेता बुढाले विद्यालय जस्तो सार्वजनिक स्थलमा राजनीतिक घुसाएर पहुँच र पावरको आधारमा हजारौँ गरिब जनताका छोराछोरीहरूको भविष्य माथि खेलबाड नगरी छिटो भन्दा छिटो पठनपाठन गरिदिन आग्रह गर्नु भयको छ । जिल्लाका अन्य स्थानीय तहमा पठनपाठन सुरु भइसकेको छ , तर पलाँता विद्यालय सम्म नखुल्नु दुखद भयको अभिभावकको भनाई छ । पलाँता २ का सुमन कुमार बमले यसमा पालिका सरकार दासी भएको बताउनुभयो । बमले पालिकाले ताकेता गरेपछि विद्यालय प्रशासन बाध्य भएर विद्यालय खोल्ने बताउनुभयो ।

देउली मावि उखाडीमा किताब पुगेको बताइए पनि कर्णाली मावि खिनमा पुस्तक पुगेको छैन ।   देउली मावि उखाडीका प्रअ मान व शाहीले चैत २९ गते नतिजा निकालेर  १३ गते सम्म भर्ना सकेर विद्यालय चलिरहेको बताउनुभयो । उहाँले अरू विद्यालयको हकमा आफूलाई जानकारी नभएको बताउनुभयो ।         

Author

प्रेमराज सिम्खडा