चिनियाँ ठेकेदार कम्पनीलाई ९५ हजार रुपियाँ जरिवाना
नारायणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिलाई नवलपुरको कावासोती नगरपालिकाले ९५ हजार रुपियाँ जरिवाना गरेको छ ।
उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात
उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिनुभयो ।
अशक्तलाई घरमै नागरिकता
जिल्ला प्रशासन कार्यालय गोरखाले अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
अन्नपूर्ण आधार शिविर जाँदै पर्यटक
म्याग्दी, फागुन ५ गते । अन्नपूर्ण आधार शिविर जाँदै पर्यटक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्ग अन्तर्गत भुसकेत नजिकैको झोलुङ्गे पुल तर्दै गरेका पदयात्री र पृष्ठभूमिको नीलगिरि हिमालको दृश्य । तस्बिरः रासस
मनाङमा ३.८ को भूकम्प
मनाङको भ्राका आसपास ३.८ म्याग्निच्युड भूकम्प गएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार यो भूकम्प आज बिहान ८ः२२ बजे गएको हो।
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
गोरखा नगरपालिका गोरखाले विपन्न महिलालाई उद्यमशील बनाउन अनुदानमा सिलाइ मेसिनलगायतका उपकरण प्रदान गरेको छ ।
मालिकामा पर्यटक भित्र्याउन सडक निर्माण
म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका जोड्ने सडक निर्माण थालिएको भएको छ । गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले मुनादेखि मालिका धुरी जोड्ने सडक निर्माण थालेका हुन् ।
पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
पर्यटकीय राजधानी पोखरामा आइतबारदेखि दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र ‘काठमाडौँ ट्रिएनाले’द्वारा आयोजित प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।
संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय
गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हुनमान नाचले बागलुङ बजारको किनाराटोल उत्सवमय बन्यो । मानिसहरू अबेर रातिसम्मै ठेलमठेल भएर उक्त नाच हेरे ।
विद्यार्थीलाई पन्यूले डामेको घटनाको छानबिन गर्न समिति गठन
तनहुँमा विद्यार्थीलाई पन्यूले डामेको घटनाको छानबिन गर्न उपसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
माथिल्लो मर्स्याङ्दी-ए मर्मत हुँदै
मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको मर्मत थालिएको छ । आयोजनाको मर्मत थालिएपछि विद्युत उत्पादन बन्द भएको छ ।
कार्य सम्पादनमा भानु नगरपालिका उत्कृष्ट
स्थानीय तह कार्यसम्पदानमा तनहुँका दश पालिकाहरूमध्ये भानु नगरपालिका पहिलो भएको छ ।
फोनिज लमजुङ अध्यक्षमा श्रेष्ठ
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) लमजुङको अध्यक्षमा जनक श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।फोनिज लमजुङको बेसीरहरमा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
तल्लोचिप्ला पहिरो भूगर्भविद्हरूद्वारा अध्ययन
लमजुङको मर्स्याङ्दी गाउँपालिका –५ चल्लोचिप्लास्थित गैरीगाउँको पहिरोको जोखिम अवस्थाबारे भूगर्भविदहरुको टोलीले स्थलगत अध्ययन गरेको छ ।
तिङरिङ र बोरमा चिया खेती
बागलुङको काठेखोला गाउँपालिका–७ रेशस्थित तिङरिङ र बोरमा सहकारीमार्फत व्यावसायिक रूपमा चिया खेती सुरु गरिएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम मार्फत जनकल्याण आधारभूत विद्यालयको वनमा चिया खेती गरिएको हो ।
सुरक्षाको जिम्मेवारी महिला प्रहरीलाई
पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित नदीपुरको अस्थायी प्रहरी पोस्टमा महिला प्रहरीलाई मात्र खटाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत ७७ वटा युनिट रहेकोमा नदीपुरको पोस्टमा महिला प्रहरीलाई मात्र खटाइएको हो । प्रहरी सहायक निरीक्षक दीपा आलेको नेतृत्वमा ९ जना प्रहरी महिला उक्त पोस्टमा कार्यरत छन् । आइतबारदेखि सबै महिला प्रहरीलाई उक्त पोस्टमा खटाएर सेवाको आरम्भ गरिएको हो ।
पदमार्ग निर्माण गरिँदै
गलेश्वर, फागुन ४ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको हल्लेगौडादेखि भकुण्डेसम्म पाँच सय मिटर पदमार्ग निर्माण गरिँदै । उक्त पदमार्ग वडा कार्यालयको रु. पाँच लाख बजेटबाट निर्माण गर्न लागिएको हो । तस्बिरः रासस
धौलागिरि आधार शिविर
म्याग्दी, फागुन ४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्र । धौलागिरि आधार शिविर पुग्ने पदमार्ग नहुँदा मनमोहक र रमणीय भए पनि यहाँ पर्यटन विकास हुनसकेको छैन । तस्बिरः रासस
बाजा बजाउँदै विद्यार्थी
तनहुँ, फागुन ४ गते । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखि व्यास नगरपालिका–३ खुल्ला मैदानमा सुरु भएको राष्ट्रपति रनिङशिल्ड उद्घाटन समारोहमा बाजा बजाउँदै शुक्लागण्डकी नगरपालिका–९ स्थित तालबेंसी माध्यमिक विद्यालयका विद्यार्थी । विद्यालयले जीवनाेपयोगी सीप सिकाउने उद्देश्यसहित यहाँका विद्यार्थीलाई बाजा बनाउने तालिम दिएको थियो । तस्बिरः रासस
फोहोर व्यवस्थापनमा किचलो
सडकमा थुप्रिएका फोहोरले पोखरालाई बेला बेला कुरूप बनाउने गरेको छ ।
‘महिला नै पहिला’ भन्दै अनुपम यात्रा
राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भन्ने आवाज उठाउँदै महिलाले लमजुङमा अनुपम यात्रा र्याली निकालेका छन् ।
एकीकरण पदमार्ग पहिचान यात्रा
गोरखा जिल्लाको गोरखा दरबारदेखि काठमाडौँको हनुमानढोका दरबारसम्म ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा सुरु भएको छ । धार्चे मनासलु पर्यटन विकास समितिले ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा सुरु गरेको हो ।
महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार
काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ । घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो ।
डोरीमा झुण्डिएर कोखेभिरको यात्रा गर्नुपर्ने बाध्यता
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने समस्या रहेको हालै धौलागिरि आधार शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनले बताउनुभयो ।