मसगाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ
ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मसगाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो ।
निःशुल्क वितरण हुने औषधी अभाव
म्याग्दीको बेनी अस्पतालमा निःशुल्क रूपमा वितरण हुने औषधी अभाव भएको छ । अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधी वितरण कक्षमा २५ देखि ३० प्रकारका औषधी मात्र उपलब्ध छन् । जिल्ला अस्पतालबाट ९६ प्रकारका औषधी निःशुल्क वितरण गर्ने सरकारको नीति भए पनि धेरै औषधी उपलब्ध छैनन् । निःशुल्क वितरण हुने औषधी अभाव हुँदा बिरामीलाई समस्या भएको छ ।
नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै
नवलपुरबाट वैदेशिक रोजगारमा जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । वैदेशिक रोजगारीप्रतिको आकर्षणले नवलपुरबाट राहदानी लिनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका अनुसार नागरिकताभन्दा राहदानी बनाउने दोब्बर छन् । उच्च शिक्षा अध्ययन गर्न जाने युवा, श्रीमान् विदेशमा हुनेका श्रीमती भेटघाटका लागि, छोराछोरी विदेश भएकाका आमाबुवा घुमफिरमा जानका लागि राहदानी बनाउन आउने गरेका कारण पनि राहदानी लिन आउनेको सङ्ख्यामा वृद्धि हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताउनुभयो ।
कैदीबन्दी महँगो सेवा लिन बाध्य
स्याङ्जा कारागारमा स्वास्थ्यकर्मी नहुँदा कतिपय बन्दी निजी मेडिकलबाट कहिले स्वास्थ्यकर्मी आउँछन् भनी बाटो हेरेर बस्नु परेको छ भने कतिपय भने महँगो पैसा तिरी निजीमा क्लिनिकमा उपचार गर्न बाध्य छन् । सरकारले हरेक कारागारमा २०७२ सालबाट स्वास्थ्यकर्मीको दरबन्दी कायम गरेको छ । पुतलीबजार–१ मा रहेको एक मात्र जिल्ला कारागारमा पनि पाँचौँ तहका स्वास्थ्यकर्मीको दरबन्दी छ ।
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजना : सकिनुपर्ने समयमा आधा काम
नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ ।
१९ गुँडमा प्रजनन गर्दै लोपोन्मुख गिद्ध
नवलपुर सदरमुकाम कावासोतीको एउटै वनमा अति लोपोन्मुख गिद्धले १९ वटा गुँड लगाएर प्रजनन गरिरहेको पाइएको छ । कावासोतीमा नमुना सदरमुकाम बनाउने भनिएको ज्योतिकुञ्ज सामुदायिक वनमा मात्र १९ वटा गुँडमा अति लोपोन्मुख डङ्गर प्रजातिका गिद्धले प्रजनन गरिरहेका गिद्ध संरक्षणकर्मी डिबी चौधरीले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसँग जिल्लाको नाम ‘नवलपुर’ राख्न माग
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कमिटीले जिल्लाको विकास निर्माण र भौतिक पूर्वाधार विकासका लागि ध्यानाकर्षण गराएको छ ।
मुग्लिन–पोखरा सडक : डेढ वर्षमा काम सक्ने
सङ्घीय राजधानी काठमाडौँ र पर्यटनको राजधानी पोखरा जोड्ने मुख्य सडक पृथ्वीराजमार्गमा अहिले यात्रा गर्न कठिन छ। मुग्लिनदेखि पोखरासम्मको यो सडक स्तरोन्नतिको काम सुस्त गतिमा भइरहेको छ।
पोखराका दुई इन्जिनियरलाई आठ महिना कैद
घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित तीन जना दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले इन्जिनियर शिवप्रसाद बराल र सबइन्जिनियर उषाकिरण रोकायालाई शुक्रबार दोषी ठहर गरेको हो ।
दामोदरकुण्डका तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या
आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ ।
हिमालमा सन्निकट सङ्कट : नेपालमा दुई हजार ८६ हिमताल
गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धवलागिरि हिमालको फेदबाट यही भदौ ७ र ११ गते हिमपहिरो खस्यो ।
घर-घरमा खानेपानीको धारा आएपछि स्थानीय खुशी
आयोजनाले घरघरै धारा जडान गरेपछि वर्षामा धमिलो पानी खाने तथा गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता हटेपछि गाउँले खुसी भएका छन् ।
गलेखामकोटबाट देखिएको दृश्य
समुद्री सतहबाट एक हजार ३०० मिटर उचाइमा अवस्थित तनहुँको व्यास नगरपालिका–६ गलेखामकोटबाट लिएको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र लमजुङका विभिन्न क्षेत्रका दृश्य ।
बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन
निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो ।
महिलाको अगुवाइमा बन्यो सामुदायिक भवन
रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा रु एक करोडभन्दा बढी खर्चेर सामुदायिक भवन निर्माण भएको छ ।
दामोदरकुण्डको यात्रा
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल दामोदरकुण्डतर्फ जाँदै स्थानीयवासी र घोडा ।
‘रक एङ्करिङ’ प्रविधिबाट बैसरी पहिरो रोकथाम
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी पहिरो ‘रक एङ्करिङ’ प्रविधिबाट रोकथाम गरिएको छ । सडकमाथि रहेको पहिरोबाट निरन्तर रूपमा लेदोसहित ढुङ्गा खसेर विगतमा सडक अवरुद्ध हुनुका साथै मानवीय तथा भौतिक क्षतिसमेत भएको थियो । पहिरो रोकथामका लागि विभिन्न प्रयास गर्ने क्रममा आयोजनाले रक एङ्करिङ प्रविधि प्रयोग गरेको हो ।
भोदी खेलको संरक्षणमा जुट्दै थारू समुदाय
बर्दघाट सुस्तापूर्वका थारू समुदाय लोप हुन थालेको परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । अनतपर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको छ ।
बाटोको असुविधाले गलेखामकोट ओझेलमा
गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, लमजुङको मध्यनेपाल नगरपालिकालगायतका स्थान सहजै देख्न सकिन्छ ।
भुक्तानी विवाद टुङ्गिएसँगै तनहुँ जलविद्युत् आयोजनाको काम सुरु
भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ ।
वालिङबाट भीरकोटको प्रशासनिक सेवा
भीरकोट नगरपालिका वडा नं ८ का नागरिकले इलाका प्रशासन कार्यालय, वालिङबाट प्रशासनिक सेवा लिन थालेका छन् ।
पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ
कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू । बीचमा सडक । भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल । झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू । चिटिक्क परेका घरहरूमा बसोबास गर्ने नेपालका अल्पसङ्ख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहन र जीवनशैली । गाउँको डिलमा बगैँचासहितको उद्यानमा बसेर स्याउका दाना र नाउरको प्रतिमाको पृष्ठभूमिमा देखिने हिमाल, नदी र बस्तीहरू ।
जहाँ पुगे नेपाली, त्यही पुगे चाडपर्व
अहिले धेरैजसो चल्तीमा नेपाली कलाकार विदेशी सहरमा व्यस्त छन्।हिन्दू नारीको पर्व तीज छेक पारी कलाकारलाई विदेशमा हुने नेपालीले कार्यक्रमका लागि डाकेका हुन्।विश्वका जुन जुन ठाउँमा नेपाली पुगेका छन्, नेपाली संस्कार, संस्कृति र चाडपर्व त्यहाँ पनि पुगेको छ ।
सतहत्तर वर्षमा पूरा भयो रहर
सतहत्तर वर्षकी आमाले रचना गर्नुभएको ‘जिन्दगीका पानाहरु’ पुस्तकको शनिबार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण भएको छ ।