धार्मिक पर्यटनको सम्भावना बोकेको भैरव मन्दिर
बाग्लुङको बलेवामा पर्ने कालभैरव मन्दिर गण्डकी क्षेत्रकै प्रसिद्ध धार्मिक शक्तिपीठमध्येमा मानिन्छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व रहेको भैरव मन्दिरले धार्मिक पर्यटन समेत उत्ति नै सम्भाव्यता बोकेको छ ।
किसानलाई अनुदानमा १५ सय ओखारका बिरुवा
बागलुङ नगरपालिका ९ तित्याङस्थित जुरेढुंगा कृषक समूहमा आवद्व किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ओखरका बिरुवा वितरण गरिएको छ ।
नेपाल धार्मिक पर्यटनको सम्भावना भएको देश हो : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेको बताउनुभएको छ।
वडाध्यक्षबाट सचिव कुटिएपछि बन्दीपुरका कर्मचारी आन्दोलित
तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङको कुटाइबाट सोही वडामा कार्यरत वडा सचिव नवीन भुषाल सख्त घाइते भएपछि बन्दीपुर गाउँपालिका कर्मचारी आन्दोलित भएका छन्। अति आवश्यक सेवा प्रवाह बाहेकका सबै सेवा बन्द गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिनुभयो।
अध्यादेश दुबै सदनबाट पारित हुन्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश दुवै सदनबाट पारित हुने बताउनुभएको छ । उहाँले सबै राजनीतिक दलको सहमतिमा अध्यादेश पारित हुने बताउनुभयो ।
पहिरो पीडितलाई राहत रकम
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको रेसे गाउँको पहिरो पीडितलाई राहत रकम वितरण गरिएको छ ।
प्रेस चौतारी गण्डकी अध्यक्षमा पौडेल
प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा ईन्द्रप्रसाद पौडेल पुनः चयन हुनुभएको छ । नवलपुरको कावासोती –१५ अमलटारीमा गए राति सम्पन्न चौतारीको दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा २४ सदस्सीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
१९ बालिकाको सामूहिक बेलविवाह
नवलपुरको गैँडाकोटमा नेवार समुदायका बालिकाको सामूहिक वेलविवाह (इही) गरिएको छ। मिसा देबू गैँडाकोटको आयोजनामा नेवार समुदायका बालिकाको सामूहिक बेलविवाह गरिएको हो।
सञ्चारमन्त्री गुरूङद्वारा खेलकुद तथा सांस्कृतिक महोत्सवकाे उद्घाटन
सदरमुकाम बेशीसहरमा आजदेखि प्रथम खेलकुद तथा सांस्कृतिक महोत्सव सुरू भएको छ ।
फोनिज बागलुङको अध्यक्षमा डम्मर बुढा
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागलुङको अध्यक्षमा डम्मर बुढा मगर सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
कृषकलाई मौरीको घार र बङ्गुरको पाठा वितरण
गोरखाको सहिद लखन गाउँपालिका–७ बुङकोटका महिला कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मौरीको घार र बङ्गुरको पाठा वितरण गरिएको छ ।
कार्यसम्पादनमा नार्पाभूमि गाउँपालिका पहिलो
स्थानीय तह कार्यसम्पदानमा मनाङका ४ पालिकामध्ये सबैभन्दा विकट नार्पाभूमि गाउँपालिका पहिलो भएको छ ।
विद्यार्थीको गालामा तातो पन्युले डाम्ने शिक्षिका थप पाँच दिन हिरासतमा
विद्यार्थीको गालामा तातो पन्यु डामेर यातना दिने तनहुँकी एक शिक्षिकालाई थप पाँच दिन हिरासतमा राखिएको छ । भीमाद–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका ३४ वर्षीया शिक्षिका सुष्मा श्रेष्ठलाई दोस्रो पटक थप पाँच दिन हिरासतमा राख्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको हो ।
सदरमुकाममा अवैध संरचना : कारबाहीको तयारीमा नगरपालिका
सरकारी निकायले नियम कानुन कार्यान्वयन गर्न सर्वसाधारणलाई कडाइ गर्छन् । घर, टहरा बनाउँदा, व्यवसाय सञ्चालन गर्दा वा सार्वजनिक संरचना निर्माण गर्दा आवश्यक कागजात पूरा गर्नैपर्ने कानुनी व्यवस्था छ ।
चर्दै गरेका भेडाका बथान
म्याग्दी, फागुन ६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–५ भेडिखाल्टाको बराह वनको चरन क्षेत्रमा चर्दै गरेका भेडाका बथान । घुम्ती गोठका भेडाहरु यतिबेला चरनका लागि बेंसीमा झारिएका छन् । तस्बिरः रासस
‘जतिसक्दो चाँडो मनाङमा एउटा एम्बुलेन्स पठाइदिनुपर्यो’
जनस्वास्थ्य आपतकालको पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउने ध्येयले आयोजित ‘आपतकालीन कार्यसञ्चालन केन्द्रहरुको सञ्जालको स्वास्थ्य आपतकालीन तथा विपद जोखिम तयारी तथा प्रतिकार्य सम्बन्धी समीक्षा कार्यक्रम’ पोखरामा सम्पन्न भएको छ ।
विकट बस्ती काँशिकाँधको गोर्तिमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना
भौगोलिक रूपमा जिल्लाको अतिविकट मानिने उत्तरी क्षेत्रमा अवस्थित महावु गाउँपालिका–५ काँशिकाँधको गोर्तिमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
म्याग्दी, फागुन ६ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्वारमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनसान बनेको हो । स्याङखोलाको पुल भएर वार्षिक तीन लाखभन्दा बढी पर्यटक आवतजावत गर्ने मुस्ताङको कैह्योलोङ गुफा पुग्नेको सङ्ख्या नगन्यमात्रामा रहेको स्याङका बासिन्दा देवेन्द्र थकालीले बताउनुभयो । “जोमसोमको प्रवेशद्वारमा भए पनि कैह्योलोङ गुफाको महत्व र विशेषताका बारेमा प्रचारप्रसारका साथै यहाँसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको हो”, उहाँले भन्नुभयो, “कैह्योलोङ गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग र पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्नसकेमा मुस्ताङमा आउने पर्यटकको बसाई लम्बाउन सकिने थियो ।”थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ । बिहे नगरेका लामा ध्यान र तपस्या बस्ने ठाउँ भएकाले कैह्योलोङ गुफा नामकरण गरिएको थकालीले बताउनुभयो । गुफाभित्र तीन वटा कोठा छन् । परापूर्वकालमा लामाहरूले खाना पकाउन र ध्यान बस्नका लागि प्रयोग गरेका सामग्रीहरू गुफामा अवलोकन गर्न पाइन्छ । स्याङखोलाको किनारमा रहेको पहाडको भित्तामा गुफा रहेको छ । स्याङखोलाको मोटरेबल पुलदेखि १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ । स्याङका पूर्ववडासचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकाससम्बन्धी अध्ययन गर्नेका लागि खोजीको विषय बन्नसक्ने बताउनुभयो । गुफाको बनोट र अवस्थिति देखेर अनौठो लागेको उहाँले अनुभव सुनाउनुभयो । बाहिरबाट पहाडको बीचमा सानो प्वाल देखिए पनि भित्र पस्दा घरमै बसेको जस्तो महसुस हुने सापकोटाले प्रतिक्रिया दिनुभयो । जनकल्याण युवा क्लबले स्याङ खोलाको किनारबाट गुफासम्म पुग्ने करिब २० मिटर रेलिङसहितको पदमार्ग बनाइएको छ । स्याङखोलाको मोटरेबल पुलबाट गुफाको फेदीसम्म करिब पाँच सय मिटर पदमार्ग बनाउन आवश्यक छ । हाल खोलाको किनारै किनार हिडेर गुफामा पुग्नुपर्छ । घरपझोङ गाउँपालिका–३ का वडा सदस्य वीरप्रसाद थकालीले जोमसोमको पुथाङ विमानस्थल, शिन्तामणि होटल, कैह्योलोङ गुफा, किचिथाङ झोलुङ पुल हुँदै स्याङ गाउँ जोड्ने छोटो दूरीको पदमार्गको परिकल्पना गरिएको जानकारी दिनुभयो । उक्त परिकल्पनाअनुसार गाउँपालिकाले किचिथाङमा एक सय २० मिटर लामो झोलुङ्गे पुल, स्याङमा मनशान्ती पार्क निर्माण र स्याङखोलामा साउना बाथ सञ्चालन गरिएको उहाँले बताउनुभयो । जोमसोमबाट शिन्तामणि होटल, किचिथाङको झोलुङ्गे पुल हुँदै स्याङ जोड्ने छोटो दूरीको पदमार्गले पर्यटकको बसाई लम्ब्याउने र पर्यटकलाई प्रकृतिमा रमाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
घरबासले जोगाउँदै मगर संस्कृति
हरियो सालको पातको टपरी । त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी । अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने । मुखले चाख्नुअघि आँखैले लोभ्याउने [होमस्टे] घरबासको परिकार । लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन् ।
सचिवलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ
वडा सचिवमाथि कुटपिट गर्ने तनहुँको बन्दिपुर गाउँपालिका– ६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा बागलुङको जैमिनी उत्कृष्ट
जिल्लाका १० स्थानीय तहमा कार्यसम्पादन मूल्याङ्कनमा दक्षिण बागलुङको जैमिनी नगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कनमा जैमिनीले ६८.३ प्रतिशत ल्याएर उत्कृष्ट भएको हो ।
मातृ मृत्युदर शून्यमा झार्ने लक्ष्यमा प्रदेश सरकार : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा मातृमृत्यु दर शून्यमा झार्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणले मर्न थाले बङ्गुर
गोरखा नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट बङ्गुर मर्न थालेका छन् । गोरखा नगरपालिकाको दुई वटा वडा ६ र ७ मा करिब ६ वटा बङ्गुर मरिसकेको गोरखा नगरपालिकाका पशुशाखा प्रमुख डा. सुबास बेलबासेले जानकारी दिनुभयो ।
गाउँ-गाउँमा डढेलो रोकथाम अभियान
लमजुङको मस्र्याङ्दी गाउँपालिकाले गाउँ–गाउँमा डढेलो तथा आगलागी रोकथाम सम्बन्धी सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ ।