स्याङ्जामा पालिकास्तरीय भलिबल हुने
स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
संविधानको विरोध गर्ने एक पक्राउ
नवलपुरको कावासोतीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी पक्षधरहरुले कावासोतीको फलफूल चोकमा जम्मा भएर संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने तयारी गरिरहेकै बेला प्रहरीले पक्राउ गरेको हो ।
जोमसोममा बसपार्क सञ्चालन
अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी र वडा नं ४ जोमसोममा दुई वर्षअघि बसपार्क निर्माण भएको थियो ।
तनहुँ कारागारमा क्षमताभन्दा दाेब्बर कैदीबन्दी
तनहुँ कारागारमा क्षमताभन्दा दुई गुणाभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।
सहिद तथा द्वन्द्वपीडित परिवारलाई सम्मान
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा बिहीबार नवलपुरमा सहिद तथा द्वन्द्वपीडित परिवारलाई सम्मान गरिएको छ । दश वर्षे सशस्त्र द्वन्द्वबाट लोकतान्त्रिक गणतन्त्र ल्याउन योगदान गर्ने शहिद परिवारका तीन जनालाई सम्मान गरिएको हो ।
आधारभूत विद्यालय शिक्षा सुधार कार्यक्रम सुरु
स्याङ्जामा आधारभूत विद्यालय शिक्षा सुधार कार्यक्रम (आईबीएसइ) सुरु भएको छ । कक्षा १ देखि ३ सम्म अध्ययनरत बालबालिकाको शिक्षा सुधारका लागि विशेष कार्यक्रम सुरु भएको हो ।
सङ्घर्ष र बलिदानको सम्झना र सम्मान : प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
संविधान दिवसका अवसरमा बेनीमा प्रभातफेरी
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार बिहान बेनीमा प्रभातफेरी गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा प्रभातफेरी गरिएको हो ।
रैथाने बालीको संरक्षणमा कृषि ज्ञान केन्द्र
कृषि ज्ञान केन्द्र नवलपुर रैथाने बालीको संरक्षणमा जुटेको छ ।
पञ्चमुखी गणेशको मूर्ति निर्माण
पर्यटकीय नगरी पोखराको सराङकोटमा पञ्चमुखी गणेशको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले निर्माण गर्न लागेको मूर्ति सम्पन्न भएपछि शिव पञ्चमुखी गणेशधामका रूपमा नामकरण गरिने छ ।
सेवा, विकास र समृद्धिमा केन्द्रित छौँ
आँधीखोला गाउँपालिका पर्वतको फलेबास र कुस्मा नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, स्याङ्जाको पुतलीबजार, फेदीखोला र अर्जुनचौपारीसँग जोडिएको पालिका हो ।
मनाङकाे ताल गाउँ
मनाङ, असोज ३ गते । मनाङ नासो गाउँपालिका १ स्थित जिल्लाको आँगनकाे रुपमा रहेको तालगाउँ र गाउँको छेउबाट बगेको मर्स्याङ्दी नदी । तस्बिरः रासस
‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ !
चारै तिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने । तलापिच्छे धुँवाले कालो भएका कोठा । कोठामा बक्ति बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति । यहाँ आउँदा जोकोही मोहित हुन्छन् ।
क्षमता विकासमा ध्यान पुगेन : मुख्यमन्त्री पाण्डे
संविधान सभाबाट संविधान जारी हुनु हाम्रा लागि ठुलो उपलब्धिको विषय हो ।
उदीपुर २२० केभी सबस्टेसन निर्माण
लमजुङको बेँसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन
दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दो
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय यो नयाँ गन्तव्यको रुपमा चिनिन थालेको छ ।
'शिक्षाको विकासमा सबैको चासो हुनुपर्छ'
गण्डकी प्रदेशका प्रमुख डिल्लीराम भट्टले शिक्षाको विकासमा सबैको चासो जानुपर्ने बताउनुभएको छ ।
भाषा, संस्कृतिको संरक्षणमा जुटौँ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो भाषा, संस्कृति, रहनसहन र भेषभुषा संरक्षण गर्न आफैँ एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ ।
मोटरेबल पुलको शिलान्यास
पूर्वी नवलपरासीको देवचुली नगरपालिकास्थित बेलचौतारामा मोटरेबल पुल निर्माण सुरु भएको छ । देवचुली नगरपालिका –३ र १२ लाई जोड्ने मोटरेबल पुलको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नुभएको हो ।
जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीमाथिमा रहेको ऐतिहासिक महत्त्वको काठेपुलको जीर्णोद्धार गरिएको छ ।
संविधान दिवसका अवसरमा बेनीमा सरसफाइ
संविधान दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनी बजार सरसफाइ गरिएको छ ।
ठेकेदार कम्पनीको लापरबाहीले डेंगु बढ्यो
नारायाणघाट–बुटवल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीले नवलपुरमा डेंगु ह्वात्तै बढेको छ ।
विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा
बडिगाड गाउँपालिकाले विपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ ।