पसाउन थाल्यो मार्सी धान
खासै धान नहुने जिल्ला हो मुस्ताङ । तर यो वर्ष मुस्ताङमा धान पसाउन थालेको छ । शितोष्ण वागवानी विकास केन्द्र मार्फाले यस वर्ष आफ्नो क्षेत्रमा परीक्षणका लागि रोपेको जुम्ली मार्सी धान पसाउन थालेपछि कृषक खुशी देखिएका छन् ।
‘पर्यटन विकासमा सबैको सहकार्य जरुरी’
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा पर्यटनको उच्च सम्भावना रहेकाले यसको विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।
‘अव्यवस्थित ग्रामीण सडकले गाउँको सुन्दरता बिगार्याे’
स्थानीय तह स्थापना हुनुपूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन । तर अहिले सडक नपुगेको बस्ती नै छैनन् । गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा त दिएको छ, तर अव्यवस्थित रूपमा निर्माण भएका मोटर बाटोले कयौँलाई उठिबाससमेत लगाएको छ ।
मुस्ताङमा धान खेती
सामान्यतः धान खेती नहुने जिल्लाका रूपमा मुस्ताङले पहिचान बनाए पनि अहिले त्यो पहिचान मेटिने भएको छ अर्थात् मुस्ताङमा पनि धान खेती भएको छ ।
अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो
पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो ।
मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन
मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालनमा ल्याएको छ । घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट सो अभियान सञ्चालन गर्नुभएको हो ।
मेवामा रमाउँदै जनप्रतिनिधि
नवलपुरको कावासोती नगरपालिका–१७ का पूर्व र वर्तमान जनप्रतिनिधि मिलेर यतिबेला बारीभरि लटरम्म मेवा फलाइरहनुभएको छ ।
झोलुङ्गे पुल तर्दै सुस्ता पुग्यो बिजुली
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ ।
कालीगण्डकी
नवलपुरको बौदिकालीबाट कालीगण्डकी नदीमा देखिएको खुकुरी आकारको दृश्य, जुन ठाउँलाई खुकुरीटार भनिन्छ ।
पलेशालाई पोखरामा सम्मान, प्रदेश सरकारले मासिक भत्ता दिने
पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाउने तेक्वान्दो खेलाडी पलेशा गोवर्धन गण्डकी प्रदेशको राजधानी पोखरामा नगदसहित सम्मानित हुनुभएको छ ।
नारायणी नदीपारिको सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ ।
झाम्टा नाच संरक्षणमा जुट्दै थारु समुदाय
थारु समुदायका महिलाहरुको ‘झाम्टा’ गीत गाउने प्रचलन नवलपुरमा हराउँदै जान थालेको छ ।
पोखरा ‘फोटोग्राफी अवार्ड’ शाक्यलाई
पोखरा फोटोग्राफर सङ्घले चौथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड’ बागलुङका फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रु २५ हजार पाँच सय ५५ राशिसहितको उक्त पुरस्कार शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।
कुस्मा बसपार्क निर्माण
पर्वतको सदरमुकाम कुस्मा बजारमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न भएको छ ।
मुस्ताङको साङ्तामा सोलारबाट विद्युतीकरण
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो ।
पर्यटकीय स्थल ऐनापहरातर्फ पर्यटकको आकर्षण
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।
जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र
नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो । सहरी विकास कार्यालयले भवनका लागि रु २८ करोड विनियोजन गरेर काम थालेको थियो ।
दुर्घटनामा सेनाका पिउठको मृत्यु
गोरखामा टिपर र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना नेपाली सेनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई गाउँपालिका – २ देउमाई इलामका २६ वर्षीय सुरेन राई भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो ।
सङ्घले प्रदेशलाई अधिकार दिनै चाहँदैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक लगायतका पदीय प्रहरीहरूका कारण प्रहरी ऐन आउन नसकेको बताउनुभयो ।
गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित
लोकप्रिय बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी रचनाकार एवम् गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको छ ।
‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत सार्वजनिक
बेनीलाई देश विदेशमा परिचित बनाएको ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ गीत नयाँ भर्सनमा पुनर्निर्माण गरी सार्वजनिक गरिएको छ ।
पोखराको सराङकोटमा निर्माणाधीन पञ्चमुखी गणेशको मूर्ति
पर्यटकीय एवम् धार्मिक महत्त्व राखेको पोखराको सराङकोटमा पञ्चमुखी गणेशको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
प्रकृतिको सुन्दर उपहार तिलिचो ताल (फोटो फिचर)
उच्च स्थानमा रहेको आकर्षक ताल मध्येको एक हो, मनाङ जिल्लामा पर्ने तिलिचो ताल । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालका लागि पर्यटकको मन लोभ्याउने धेरै स्थानहरु मध्येमा पर्ने तिलिचो पुग्नका लागि मुस्ताङ तर्फबाट नजिकै पर्छ ।