मह जोडीद्वारा प्रस्टीकरण
वरिष्ठ हास्यव्यङ्ग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सामाजिक सञ्जालमा आफूविरुद्ध अनावश्यक भ्रामक हल्ला फैलाएको विषयका बारेमा खण्डन गर्नुभएको छ ।
निसीखोलामा वृद्वा मृत फेला
बागलुङको निसीखोला गाउँपालिका –१ देविस्थानस्थित निसीखोलाको बाँधमा एक वृद्वा मृत फेला पर्नुभएको छ । बिहीबार सोही निसीखोला –१ लेवाङ निवासी ८० वर्षिया रुपी विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मध्यविन्दुमा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने
नवलपरासी पूर्व (नवलपुरमा) मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने भएको छ ।
नेपाल हामीले नै बनाउने होः प्रचण्ड
पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताउनुभएको छ।
आर्थिक मन्दीलाई चलायनमा बनाउन डुम्रे महोत्सव
तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाको व्यापारिक केन्द्र तनहुँको डुम्रे बजारमा आर्थिक मन्दीले व्यवसाय सुस्ताएपछि चलायमान बनाउन महोत्सव गर्न लागिएको छ ।
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा बिहिबार दिउँसो हिमपात भएको छ । अन्नपूर्ण गाउँपालिका, ६ को घोडेपानी, पुनहिल र वडा नम्बर ५ को खोप्रालेकमा हिमपात भएको हो।
'शिक्षा सुधारमा नीति निर्माण प्रभावकारी हुनुपर्छ'
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गुणस्तरीय, समावेशी, प्रविधिमैत्री तथा व्यावसायिक शिक्षा प्रणाली निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या
तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ ।
प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीले इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रहरीद्वारा समुदायमा खोज तथा उद्धार नमुना अभ्यास
विपदपछि तत्काल गर्नुपर्ने राहत तथा उद्धार कार्यमा खोज तथा उद्धारकर्मीहरूले प्रमुख भूमिका र साहस प्रदर्शन गर्दै आइराखेका छन् । राष्ट्रको विपद् प्रतिकार्यलाई चुस्त, दुरुस्त र समय सापेक्ष बनाउन राष्ट्रिय खोज तथा उद्धार प्रणालीको आधुनिकीकरण गर्न भने बाँकी नै छ ।
ईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा
यहाँस्थित करापुटार ईशानेश्वर महादेव मन्दिर परिसरमा गौरीकुण्डको पुननिर्माण गरिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु दशलाख वजेटमा पुननिर्माण गरिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुरक्षा सामग्री वितरण
पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी उपभोक्ता समितिका सदस्य र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको छ ।
सहिदको सम्मान गर्नु राज्यको दायित्वः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन सम्भव भएको र उनीहरु देशका साझा सम्पत्तिको रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।
पर्यटक बोलाउन पसगाउँ महोत्सव
अपेक्षाकृतरूपमा पर्यटक गाउँमा आउन नसकेको भन्दै क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँका बासिन्दा महोत्सव गर्ने तयारीमा जुटेका छन् ।
बेनी नगरपालिकामा गौरवका योजना कार्यान्वयन
म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १२ गौरवका आयोजना कार्यान्वयन गरेको छ ।
म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा जोडियो
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगर गाउँमा सडकको पहुँच पुगेको छ । सोही वडाको नाउरामा पुगेको सडकलाई ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले पहुँचमार्ग निर्माणको क्रममा बगर स्थित जेल्टुङ बस्तीमा सडकको पहुँच पुगेको हो ।
पोखरामा जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता हुँदै
कास्की जिल्ला जुडो सङ्घको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन ९ र १० गते उक्त प्रतियोगिता हुने भएको हो ।
जलविद्युत् आयोजनाको बाँधस्थल
म्याग्दी, फागुन ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लास्थित ५३ दशमलव ५ मेगावाट क्षमताको अपरम्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण गर्नका लागि डोजरको सहयोगमा पहाड काट्दै । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । तस्बिरः रासस
घोडामा चढेर मुक्तिनाथ दर्शन गर्न जाँदै भक्तजन
मुस्ताङ, फागुन ८ गते । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको रूपमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गर्नका लागि श्रद्धालु भक्तजनलाई घोडामा चढाएर लैजाँदै स्थानीय घोडा व्यवसायी । विशेषगरी अशक्त र घोडचढीमा रुचि राख्ने भक्तजनहरु घोडामा चढ्ने गर्छन् । मुक्तिनाथ बसपार्कदेखि मन्दिर प्रवेशद्वारसम्म घोडामा चढाएर लगे बापत प्रतिव्यक्ति ४ सय रुपियाँ लिने गरेको स्थानीय घोडा व्यवसायी बताउँछन् । तस्बिरः रासस
रेस्टुरेन्टमा रमाउन थाले गिद्ध
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको पिठौलीमा स्थापना गरिएको जटायु रेस्टुरेन्टमा रमाउन आउने गिद्धको सङ्ख्या बढ्दै गएको छ ।
डढेलो रोकथाम अभियान
लमजुङको मस्र्याङ्दी गाउँपालिकाले गाउँ गाउँमा डढेलो तथा आगलागी रोकथामसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ ।
धवलागिरिको दुर्गम बस्ती बगरमा सडक पुग्यो
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगरमा सडक पुगेको छ । धौलागिरि हिमालको काखमा रहेको बगर विकट बस्ती हो । यस क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाले पहुँच मार्ग निर्माण गरेपछि गाउँ सडक सञ्जाल सँग जोडिएको हो ।
पोखरा विश्वविद्यालयको दीक्षान्तमा प्रधानमन्त्री आउनुहुने
पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोह बिहीबार बिहान हुँदै छ । पोखरा विश्वविद्यालय ऐन, २०५३ अन्तर्गत २०५४ सालमा स्थापना भएको विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओली पोखरा आउँदै हुनुहुन्छ ।
बाँझो जग्गामा ओखरखेती
बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको छ ।