पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
६ पटकको विजेता नेपाल पुलिस क्लबलाई हराउँदै २४औँ आहा–रारा पोखरा गोल्डकपको उपाधि पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ ।
दुर्गममा टेलिकमको सेवा विस्तार, स्थानीय खुसी
नवलपुरको विनयीत्रिवेणी गाउँपालिका ५ का विभिन्न दुर्गम बस्तीमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । टेलिकमको टावर सञ्चालनमा आएपछि लामो समयदेखि मोबाइल तथा इन्टरनेट सेवाबाट वञ्चित स्थानीय खुशी भएका छन्।
निसीखोलामा टिप्पर दुर्घटना, चालकको ज्यान गयो
बागलुङको निसीखोला गाउँपालिकामा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार दिउँसो मध्यपहाडी लोकमार्गको रुकुमपूर्वबाट ढोरपाटन नगरपालिकाको बुर्तिङतर्फ आउँदै गरेको ग १ क ६१८९ को टिप्पर निसीखोला गाउँपालिका –६ लामिडाँडामा दुर्घटना हुँदा गुल्मीको इस्मा गाउँपालिका –३ का अन्दाजी ४७ वर्षिय चालक कृष्ण कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिनुभयो ।
उत्तरी गोरखाको लाप्राकमा मकै बिहे
उत्तरी गोरखाको धार्चे गाउँपालिका– ४ लाप्राकमा शनिबार हरेक वर्ष जस्तै यस वर्ष पनि मकै बिहे सम्पन्न भएको छ । बिहे नगरीकन मकै रोप्न हुन्न भन्ने धार्मिक र साँस्कृतिक मान्यतका साथ मकै बिवाह गरिएको हो ।
उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई हेलिकोप्टरबाट काठमाडौं लगियो
पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा घाइते बन्नुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उपचारका लागि काठमाडौं लगिएको छ ।
पन्ध्र वर्ष पछि गहुँ खेतीमा फर्किए किसान
स्थानीय सरकारले रैथाने बालीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाका किसान १५ वर्षपछि गहुँ खेतीमा फर्किएका छन्।
बेलुन पड्किदा उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्य घाइते
पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ । पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा शनिबार दिउँसो बेलुन पड्किएको हो ।
प्रविण खड्का स्मृति सेवा कोषद्वारा विद्यार्थी र शिक्षक पुरस्कृत
प्रविण खड्का स्मृति सेवा कोषद्वारा अपाङ्ग विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान गरिएको छ । खड्काको निधनपछि उहाँको परिवारले कोष स्थापना गरेको हो । उक्त कोषमार्फत अहिलेसम्म १८ औं पटक पुरस्कार वितरण भइसकेको छ ।
अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ । गण्डकी प्रादेशिक कार्यालय भवनको शनिबार पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताउनुभयो ।
एक सय २० दिनमा सकियो बलिदानको सुटिङ
सुटिङ सुरु नहुँदै निकै अपेक्षाका साथ हेरिएको फिल्म ‘बलिदान’ को छायाङ्कन सकिएको छ । सन्तोष सेनद्वारा निर्देशित फिल्म चार महिनाको अवधिमा छायाँकन सकिएको छ । छायाँकन सकिएको जानकारी दिँदै निर्देशक सेनले महान चलचित्र बनाउन कुनै कम्प्रमाइज नगरेको उल्लेख गर्नुभएको छ ।
कार्यसम्पादनमा बारपाक सुलीकोट गाउँपालिका पहिलो
स्थानिय तह कार्यसम्पादनमा गोरखाका ११ वटा पालिकाहरू मध्ये वारपाक सुलीकोट गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजानिक गरेको मूल्याङ्कनको अन्तिम नतिजा अनुसार वारपाक सुलीकोट गाउँपालिका ७०.०८ अङ्क प्राप्त गरी जिल्लाको पहिलो भएको हो ।
देउराली विद्यालयको भवन निर्माण
बागलुङ नगरपालिका –४, ओडारचौरमा निर्माण सम्पन्न देउराली आधारभूत विद्यालयको चार कोठे भवनको उद्घाटन गरिएको छ । पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शुक्रबार विद्यालय भवनको उदघाटन गर्नुभयो ।
दामोदरकुण्ड र याकखर्क सडक स्तरोन्नतिलाई १० करोड
म्याग्दी, फागुन ३ गते । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि रु १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ । आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१-८२ मा ठेक्का प्रक्रीया अघि बढाउने गरि मुस्ताङका दुई सडकलाई रु पाँच-पाँच करोड बजेटको स्रोत सुनिश्चिता गरेको हो । घरपझोङ गाउँपालिका–२ मार्फादेखि धमाङ– आलुबारी– याकखर्क र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ देखि सुरखाङ–यारा–घारा हुदै घुयुमा ठाटी सम्मको सडक स्तरोन्नति योजना छनौट भएको मुस्ताङ १९२० बाट निर्वाचित प्रदेश सभा सदस्य बिकल शेरचनले जानकारी दिनुभयो । “भौतिक मन्त्रालयले छनौट र अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रीया अघि बढाउने बाटो खुलेको छ,” उहाँले भन्नुभयो “दुई वटै सडक पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्वपूर्ण छ ।”करिब १३ किलोमिटर दुरीको मार्फा–धमाङ–आलुबारी सडकमा पर्ने मार्फाको पुरानो वस्ति धमाङमा ठूलो स्याउ बगैचा छ । परापुर्व कालमा मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडिवुटी खेती र दृष्य अवलोकनका हिसाबले महत्वपूर्ण छ । याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुदै म्याग्दी तर्फ जाने र आउने बाटोमा पर्छ । यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि जाने आउने पर्यटकहरुलाई सहज हुनेछ् । याकखर्क, आलुबारी क्षेत्रमा याकचौरीको खर्क छ । हिन्दु र वौद्ध धर्मवालम्बीहरुको साझा तिर्थस्थल दामोदर कुण्ड जाने चराङ देखि सुरखाङ–यारा–घारा हुदै घुयुमा ठाटी सडकबाट स्थानीयबासीका साथै दामोदरकुण्ड जाने आउने तिर्थयात्री र पर्यटकहरुलाई सहज हुने मुस्ताङ १९१० बाट निर्वाचित प्रदेश सांसद नम्दु गुरुङले बताउनुभयो । धार्मिक, पर्यटन र पशुपालनका हिसाबले यो सडकको महत्व भएको उहाँले बताउनुभयो । गत वर्ष वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १, २ र ३ नम्बर वडा जोड्ने रानीपौवा–झोङ–तेताङ र गुरुङको निर्वाचन क्षेत्रमा लोमान्थाङको पर्खाल वरपरको सडकलाई पक्की बनाउने रु। १०÷१० करोड बजेटको योजना शुरु भएको थियो । रानीपौवा–झोङ–तेताङ सडकलाई कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडकको छुसाङ–कागबेनी खण्डको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिन्छ । कागबेनी–मुक्तिनाथ–उपल्लो मुस्ताङ आवत जावत गर्न सहज हुनेछ् । दुई वटै योजना ठेक्का मार्फत निर्माणाधिन रहेका पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताउनुभयो । यस वर्ष झोङ–छेङ्गुर सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माणका लागि रु। नौ करोड १२ लाख बजेटको स्रोत सुनिश्चितता गराउने प्रक्रीया अन्तिम चरणमा रहेको प्रदेश सांसद शेरचनले बताउनुभयो ।
विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै
सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँगै स्थानीयतह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो ।
नयाँ नौ विधेयक ल्याउँछौंः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक शुक्रबार बस्यो। बैठकमा प्रदेशसभामा रहेका दलहरुका नेताहरुले सम्बोधन गर्नुभयो। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यो अधिवेशनमा सरकार ऐन निर्माणलाई विशेष जोड दिएर लाग्ने उल्लेख गर्नुभयो।
जनताको पक्षमा सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल
नेपाल सरकारको उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अहिलेको सरकारले देश र जनताको पक्षमा काम गरिरहेको बताउनुभएको छ ।
नवलपुरको डण्डाबाट देखिएको सुर्यास्तको दृष्य
शुक्रबार साँझ नवलपुरको डण्डाबाट देखिएको सुर्यास्तको दृष्य।
मदारबाबा मेला फागुन ५ देखि सुरु हुँदै
हिन्दु र मुस्लिम धर्म मान्ने समुदायको धार्मिक आस्थाको रूपमा रहेको मदारबाबा मेला फागुन ५ गतेदेखि लाग्ने भएको छ । प्रत्येक वर्ष लाग्दै आएको मदारबाबा मेला यस वर्ष फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुन लागेको हो ।
बेलायत लैजान्छु भनी छ लाख ठग्ने दुई पक्राउ
डिपेन्डेन्ट भिसामा बेलायत पठाउने आश्वासन दिएर ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर ठगी गरेको भन्दै कास्की प्रहरीमा उजुरी परेको थियो ।
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् ।
अर्जुनचौपारीमा फागुन ६ गते सार्वजनिक बिदा
अर्जुनचौपारी गाउँपालिकाले यही फागुन ६ गते मङ्गलबार सार्वजनिक बिदा दिने भएको छ। पालिकाले नेपालकै पहिलो नवग्रह मन्दिरको वैदिक विधिअनुसार हुने नवग्रह धार्मिक अनुष्ठान, गीता ज्ञान तथा धार्मिक महोत्सवको अवसरमा बिदा दिने भएको हो।
अशक्तलाई घरमै पुगेर नागरिकता
जिल्ला प्रशासन कार्यालय गोरखाले अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
तनहुँमा स्वाइन फिभर रोगले १६ बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँमा बङ्गुर मर्न थालेका छन् । विगत एक महिनाअघिदेखि जिल्लामा यो रोग देखापर्न थालेको हो । जिल्लाका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यासगरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको हो ।
सामयिक कर उठाउने विधेयक दर्ता
गण्डकी प्रदेश सरकारले सामयिक कर असुली गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गराएको छ । छुट राजस्व सङ्कलन गर्न तथा राजस्व सङ्कलन निरन्तर बनाउन सामयिक कर असुलीका लागि विधेयक तयार गरिएको हो ।