चौबिस वर्षपछि सडक स्तरोन्नति
ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो । बागलुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छभने गोखोलासम्मको सडक ग्राभेल भएर कालोपत्रको चरणमा छ । विसं २०५४ मा बागलुङ बजारदेखि रु तीन लाख बजेटमा सिगानातर्फ सडक ल्याउने कामको सुरुआत भएको थियो ।
अफ्रिकन स्वाइन फिभरबाट १६ बङ्गुर मरे
तनहुँमा ‘अफ्रिकन स्वाइन फिभर’ रोगबाट बङ्गुर मर्न थालेका छन् । जिल्लामा १६ वटा बङ्गुर मरिसकेको र २१ बिरामी परेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा. राजेश चौधरीले बताउनुभयो ।
पुलिस आहा–रारा गोल्डकपको फाइनलमा
पोखरा रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा पुलिसले ‘ए’ डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइज क्लबलाई १–० गोलले हरायो ।
म्याग्दीमा चार हजार बढीले लगाए एचपिभी खोप
जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालन गरिएको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप चार हजार सात सय ९४ जनाले लगाएका छन् ।
प्रेस चौतारी पर्वतको अध्यक्षमा विश्वकर्मा चयन
प्रेस चौतारी नेपाल पर्वत शाखाको अध्यक्षमा दिपेश विश्वकर्मा चयन हुनुभएको छ । मङ्गलबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा विश्वकर्मा सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।
अभाव भएपछि स्वास्थ्यकर्मीले दिन्छन् रगत
माग अनुसारको रगत सङ्कलन हुन नसकेपछि नवलपुरमा रगत अभाव भएको छ। नवलपुरको कावासोती र आसपासका अस्पतालले शल्यक्रिया सेवा पनि थप गरेपछि रक्त सञ्चार केन्द्र कावासोतीमा संकलन भएको रगत नवलपुरमै पुर्याउन गाह्रो भएको नेपाल रेडक्रस कावासोतीका अध्यक्ष बाबुराम कँडेलले बताउनुभयो।
इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडित बचतकर्तामध्ये चार सय ८७ जना बचतकर्ताको चार करोड रकम फिर्ता गरिएको छ । मुख्य कार्यालय रहेको बागलुङ बजारका दुई सय ४८, ढोरपाटनका ९२ र गलकोट नगरपालिकाका एक सय ४७ जनालाई चार करोड रकम फिर्ता गरिएको हो ।
पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ
पन्यू तताएर विद्यार्थी डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । भीमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोडिङ स्कुलका शिक्षिका सुष्मा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा सुरु
गोरखाको गोरखा दरबारदेखि काठमाडौंको हनुमान ढोका दरबारसम्म ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा सुरु भएको छ ।
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो ।
गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता
गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी गरेको सुन्दा भाषा अभियन्ता भीमप्रसाद गुरुङलाई मुलुकमा गणतन्त्र आएको महसुस भएको छ ।
बेसीसहरमै जटिल शल्यक्रिया सम्भव
गतहप्ता एक युवा पेट दुखेर बेसीसहरस्थित प्रदेश अस्पतालमा भर्ना हुनुभयो । आकस्मिक कक्षमा भर्ना हुनुभएका २९ वर्षे युवाको विभिन्न जाँच गर्दा अल्सर भई सानो आन्द्रा फुटेको पत्ता लाग्यो । अनि तत्काल अस्पतालमा उपलब्ध चिकित्सकहरुले शल्यक्रिया सुरु गर्नुभयो र सफल पार्नुभयो ।
केन्द्रीय प्रसारण लाइनको पहुँच अभाव हुँदा सेवा प्रभावित
जिल्लाको विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । नर्जाखोलाबाट सञ्चालनमा ल्याइएको लघु जलविद्युत्मा आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन हुन नसक्दा वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित बनेको हो ।
गाउँपालिकाद्वारा विपन्न जनतालाई सुरक्षित आवास निर्माण
तनहुँको म्याग्दे गाउँपालिकाद्वारा १६ जना विपन्न जनताको घर निर्माण गरिएको छ । गाउँपालिकाले सातवटै वडाका विपन्न परिवार छनोट गरी घर निर्माण गरेको हो ।
स्वर्गद्वारी पहाड र ढुकुर पोखरी
मनाङ, माघ ३० गते । मनाङ ङिस्याङ गाउँपालिका १ स्थित ढुकुरपोखरी र स्वर्गद्वारी पहाड । यहाँ रहेको ढुकुरपोखरी पछिल्लो समय सुक्दै जान थालको छ । तस्बिरः रासस
नौ वर्षपछि स्वास्थ्य चौकी भवन
गोरखाको सहिद लखन गाउँपालिका–६ स्थित घैरुङमा रहेको घैरुङ स्वास्थ्य चौकी भवन भूकम्पले भत्काएको नौ वर्षपछि निर्माण सम्पन्न भएको छ । २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी महाभूकम्पले क्षति भएको भवन झन्डै नौ वर्षपछि निर्माण सम्पन्न भएको हो ।
ब्ल्याक बुल्स आहा–राराको सेमिफाइनलमा
पोखरामा जारी २४औँ संस्करणको आहा–रारा पोखरा गोल्ड कपमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
व्यावसायीको माग सम्बोधनका लागि अध्यादेश : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले वर्तमान अवस्थामा कांग्रेस र एमालेको सरकार बनेको बताउनुभयो। सरकारमा स्थायित्व भएकाले व्यवसायिक हकहितका लागि अध्यादेश ल्याएको उहाँले बताउनुभयो।
नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार
पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
मनाङको तिमाङ जङ्गलमा लागेको आगो अझै आएन नियन्त्रणमा
मनाङको चामे गाउँपालिका–१ तिमाङ नजिकै जङ्गलमा भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सोमबार साँझ भएको हल्का वर्षाले केही मत्थर पारे पनि पूर्ण रुपमा नियन्त्रण हुन नसकेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो ।
अवरोधले तीन सडकको काम प्रभावित
निर्माण सामग्री उत्खननमा प्रहरीले अवरोध सिर्जना गर्दा बागलुङ नगरपालिकामा निर्माणाधीन तीन सडकको काम प्रभावित भएको छ । विश्व बैंकको सहयोगमा निर्माणाधीन मूलपानीदेखि तितौरेसम्मको साढे ८ किमी, ओडारचौरदेखि ढोडेनीसम्मको साढे २ किमी र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमी सडकका लागि उत्खनन् गरेको सामग्रीमा प्रहरीको अबरोधपछि सडकको काम प्रभावित भएको हो ।
म्याग्दीमा १३९ वटा झोलुङ्गे पुल निर्माण
म्याग्दीमा सञ्चालित गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोग र विभिन्न निकायको आर्थिक लगानीमा जिल्लामा १३९ झोलुङ्गे पुल निर्माण गरिएका छन् । मिलन म्याग्दीको बेनीमा सम्पन्न २६औँ स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष दिलमाया बिटालुले उक्त जानकारी दिनुभएको हो ।
अर्जुन चौपारीमा बन्यो नवग्रह मन्दिर
अर्जुनचौपारी गाउँपालिका–१ जलवराह धार्मिक वनमा नेपालमै पहिलो पटक नवग्रह मन्दिर निर्माण गरिएको छ।नेपालमा ग्रहकै मात्र पूजा गरिने मन्दिर नभएको अवस्थामा यहाँ पहिलो पटक नवग्रह मन्दिर निर्माण गरिएको हो।
सोतीपसलमा नयाँ प्रहरी भवन
लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसलमा प्रहरी चौकीको नयाँ भवन निर्माण गरिएको छ। मंलबार नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भोलाबहादुर रावलले नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्नुभयो।