सरकार धार्मिक पर्यटन विकासमा प्रतिबद्ध छ : मन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकार धार्मिक पर्यटन विकासमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
अवैध ढुङ्गा निकालिएको स्थानमा अनुगमन
अवैध रूपमा ढुङ्गा, गिट्टीको ओसारपसार भएको वालिङ नगरपालिका–१२, घोसरदुममा प्रशासनले अनुगमन गरेको छ ।
जाडो बिदापछि खुल्न थाले विद्यालय
लामो जाडो बिदापछि मनाङका विद्यालय खुल्न थालेका छन् ।
बाख्रा उपहार पाएपछि उत्साह
स्याङ्जाको वालिङ नगरपालिका–२, तिलडाँडाकी मङ्गली दमाईं बाख्रा उपहार पाएपछि निक्कै उत्साहित हुनुहुन्छ ।
तनहुँको शिवमूर्ति
तनहुँ, माघ २८ गते । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकारको बटम स्टेशनमा निर्माण गरिएको ४२ फिट अग्लो शिवको मूर्ति । तस्बिरः रासस
जोमसोम र आसपासका क्षेत्र
मुस्ताङ, माघ २८ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ५ ढुम्बाबाट देखिएको जोमसोम सदरमुकाम र आसपासका क्षेत्रहरू । यस वर्ष हिमपात नहुँदा डाँडकाँडा सुख्खा देखिनुका साथै हिउँदे सिजनमा मुस्ताङ घुम्न आउने पर्यटकहरु हिउँ खेल्न नपाउँदा निराश भएका छन् । तस्बिरः रासस
ङिस्याङ उपत्यका र मर्स्याङ्दी नदी
मनाङ, माघ २८ गते । मनाङ ङिस्याङ गाउँपालिका ५ भ्राकास्थित मर्स्याङ्दी नदीको काठेपुल तरेर चरन क्षेत्रतिर जाँदै गरेको लुलुगाई र पृष्ठभूमिमा ङिस्याङ उपत्यका । तस्बिरः रासस
गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख
गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगका निम्ति पश्चिम म्याग्दीको बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा रु एक करोड ५१ लाख सङ्कलन भएको छ ।
पूर्वाधारका पर्खाइमा सुनछहरा
म्याग्दी, माघ २८ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन् । प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीय स्तरमै सिमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताउनुभयो । “धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पर्ने सुनछहराको धार्मिक र पर्यटकीय सम्भावना भएपनि ओझेलमा परेको छ,” उहाँले भन्नुभयो “सुनछहरामा पूर्वाधार विकास र प्रर्वद्धनको आवश्यकता छ ।”भारतीय सेनामा कार्यरत गर्बुजाको अगुवाईमा मण्डली युवा क्लवका पदाधीकारी, पर्यटन ब्यवसायी र सञ्चारकर्मीहरुको टोली गत हप्ता समुन्द्रि सतहदेखि तीन हजार नौ सय पचास मिटर उचाईमा रहेको सुनछहरा पुगेर फर्किएको थियो । किम्बदन्ती अनुसार परापुर्वकालमा ध्यान बस्नका लागि झरनामा पुगेका एक जना बाजा बजाउने व्यक्तिलाई भगवान प्रशन्न भएर बर माग्न अनुरोध गरेका थिए । ती बाजा बजाउने व्यक्तिले सुनको बर मागेछन् । भगवानले छहराको गुफाबाट हातमा हटाउने जति सुन लैजान आर्शिवाद दिएपनि ती व्यक्तिले धेरै निकाल्न खोज्दा बाढी आएर बगाएको र पछि त्यसको नाम सुनछहरा रहन गएको बुढापाकाले बताउँछन् । छहराको भित्र रहेको गुफाको भित्ताहरु पहेलो रंगको भएकाले पनि त्यसलाई सुनछहरा भन्ने गरिएको रघुगंङ्गा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाईजा [रिम]ले बताउनुभयो । विभिन्न देवीदेवता र जनावरको आकृति देखिने छहराको भित्र रहेको गुफामा हिर्काउदा बाजाको आवाज सुनिन्छ । धौलागिरि आधार शिविर पुग्ने पदमार्ग बनाउन थालिएको र सुनछहरा जाने पदमार्ग तथा बाटोमा पर्ने रघुगङ्गा नदीमा झोलुङ्गे पुल बनाउन पहल गरेको वडा अध्यक्ष पाईजाले बताउनुभयो । हिउँदयाममा चिसोले छहराको पानी जमेर हिउँमा परिणत भएको हेर्न पाउनु सुनछहराको थप बिशेषता हो । छहरा करिब १५ मिटर अग्लो छ भने त्यहाँभित्र करिब पाँच मिटर लामो गुफा छ । सुनछहरामा पुगेर दर्शन तथा पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ । बेनी देखि चिमखोला हुदै सुगुरथला सम्म चार घण्टा सवारी साधनको यात्रा पछि पुगिन्छ । सुगरथलादेखि थप एक दिन यात्रा गरेपछि पुगिने सुनछहरामा यार्सा संकलन गर्ने स्थानीयहरु वैशाख जेठ महिनामा बास बस्ने गर्दछन् । सुगुरथलासम्म मात्र होटल तथा रेष्टुरेन्टको सुविधा छ । सुगरथला भन्दा माथि आफै बन्दो बस्तिको सामान लिएर जानुपर्छ । पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले सुनछहरा पुग्ने व्यवस्थित पदमार्ग र झोलुङ्गे पुल बनाउन सकेमा पर्यटकलाई सहज हुने बताउनुभयो । झोलुङ्गे पुल नहुँदा राहुघाट वारपार गर्न जङघार तर्नुपर्छ । बर्खा याममा खोलाबाट वारपार गर्न सकिदैन् । पदमार्ग नहुँदा भिरमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । नक्सा बनाउन र सङ्केत चिन्हहरु पनि राख्नुपर्ने अध्ययन टोलीमा जानुभएका सुरेन गुरुङले बताउनुभयो । सुनछहरा हँुदै रिखार, धौलागिरि आधार शिविरको अस्टे«लीयन क्याम्प, कालीबराह र मुस्ताङ पनि जान सकिन्छ । बाटो चिनेका गोठाला बाहेक अरुसँग यात्रा गर्दा हराउने जोखिम छ ।
फोहोर नउठ्दा दुगन्धित बन्दै पोखरा
पोखरा महानगरले वडा नम्बर ३२ लामेआहालमा अस्थायी रुपमा फोहोरमैला व्यवस्थापन गर्दै आएकोमा सम्झौता अवधि सकिएपछि स्थानीयले फोहोर व्यवस्थापन गर्न रोकेका हुन्। स्थानीयको अवरोधपछि तीन दिनदेखि फोहोर उठ्न सकेको छैन।
स्थानीयको प्रतिरोध पश्चात घोसरदुममा अनुगमन
अवैध रुपमा ढुङ्गा गिट्टीको ओसारपसार भइरहेको वालिङ् नगरपालिका –१२ घोसरदुममा प्रशासनले अनुगमन गरेको छ। सडक निर्माण तथा कालोपत्रेका नाममा निर्माण कम्पनी टुण्डी आरएस जेभीले सडक बनाउन भन्दा पनि ढुङ्गा गिट्टी निकासी गरेपछि स्थानीयले प्रतिरोध गरेका थिए।
आहा–रारा गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा
पोखरा रङ्गशालामा आइतबार भएको खेलमा थ्रीस्टारले मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
कास्कीको पोखरा महानगरको लेकसाइडमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निधन हुनेमा मोटरसाइकल चालक पोखराको कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र त्यसैमा सवार पोखरा–८, सिमलचौरका २० वर्षीय सुजल अधिकारी हुनुहुन्छ ।
तीन हजार पाँच सय जनाको निःशुल्क मुटु जाँच
यहाँ सञ्चालित दुई दिनको निःशुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार पाँच सय १० जनाले जाँच गराएका छन् । सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी दिनुभयो ।
देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा
तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन् । सो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन् । पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ ।
डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती
जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् ।
रुम्सी होमस्टेमा आन्तरिक पर्यटकको रोजाइमा
जिल्लाको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टे (घरबास)मा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । अर्गानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।
मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन
जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गोरखापत्रकर्मी नहर्की सम्मानित
गोरखापत्र दैनिकका तनहुँ समाचारदाता अमरराज नहर्की सम्मानित हुनुभएको छ । व्यास नगरपालिका –११ सेरास्थित वसन्त आधारभूत विद्यालयको स्वर्णजयन्तीको उपलक्ष्यमा शनिबार नहर्की सम्मानित हुनु भएको हो ।
मनाङमा विद्यार्थी सङ्ख्या घट्दै
मनाङको चामे गाउँपालिका थान्चोकमा रहेको दिनदयाल आवासीय विद्यालयमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । एक विद्यार्थीलाई पढाउनका लागि पाँच जना शिक्षकको दरबन्दी रहेको छ ।
पर्यटन भित्र्याउँदै घान्द्रुकवासी
गुरुङ संस्कृति र सुन्दरताको खानी भनेर घान्द्रुकगाउँलाई चिन्ने गरिन्छ ।
पर्यटकीय स्थलको प्रचारप्रसारमा जोड
पूर्वी नवलपरासीका पर्यटकीय स्थलको प्रचारप्रसारमा सम्बन्धित पालिकाले अहिले तीव्रता दिएका छन् ।
गोरखापत्रकर्मी बोहरा पुरस्कृत
गोरखापत्र दैनिकका बागलुङ संवाददाता रामकृष्ण बोहरा ‘टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ ।
गण्डकी प्रदेश कला र साहित्यमा अब्बल : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश साहित्य, कला, संगीतमा अब्बल रहेको भएको बताउनुभएको छ ।