परम्परागत घुमाउने घर
लमजुङ क्वहोलासोथार गाउँपालिका-४ पर्यटकीय गाउँ भुजुङमा रहेको परम्परागत घुमाउने घर । गाउँघरबाट हराउँदै गएको मौलिक परम्परागत घुमाउने घर यहाँ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
पोखरा महानगरपालिकाका कर्मचारी आन्दोलित
पोखरा महानगरपालिकाले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशलाई कार्यान्वयन नगरेपछि कर्मचारी आन्दोलित भएका छन् ।
कुमारी सहकारीमा बचतकर्तालाई प्रमाणसहित निवेदन गर्न आह्वान
आर्थिक अपचलन भएको भन्दै पाँच जनालई गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइएको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्तालाई प्रहरीले निवेदन दिन आह्वान गरेको छ ।
पाकिस्तानीले हत्या गरेका दुई नेपालीको शव अझै मलेसियामै
कावासोती नगरपालिका–४ की तिलमाया सार्की श्रीमानसँग सम्बन्ध विच्छेद गरेर नाबालिका छोरीलाई दिदीको रेखदेखमा छोडी वैदेशिक रोजगारीका लागि मलेसिया जानुभयो । मलेसिया गएको एक वर्ष बित्न नपाउँदै तनहुँका एक युवक र तिलमायाको हत्या भयो । पाकिस्तानी युवकले दुई नेपालीको हत्या गरेर शव नालामा फालेको पनि पुष्टि भयो ।
झाडी फाँडेर १४० रोपनीमा ओखरखेती
बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् ।
पुल निर्माण हुँदै
तनहुँ, माघ २५ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मोटरमार्गमा निर्माण हुँदै गरेको पुल । नगरपालिकाको आर्थिक लगानीमा यहाँ पुल निर्माणको कामले गति लिएको छ । तस्बिरः रासस
भेडाच्याङ्ग्रा गर्मी लाग्न थालेपछि लेकतिर लैजाँदै
मनाङ, माघ २५ गते । जाडो छल्नका लागि बेँसी झारिएका भेडाच्याङ्ग्रा गर्मी लाग्न थालेपछि लेकतिर लैजाँदै । कात्तिक महिनाबाट बेँसीतिर झारिएका गोठहरु माघको दोस्रो, तेस्रो हप्ताबाट लेकतिर लैजाने चलन छ । तस्बिरः रासस
बेनी–पाखापानी सडक
म्याग्दी, माघ २५ गते । म्याग्दीको बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाको छ वटा वडालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडक आयोजना अन्तर्गत बेनी नगरपालिका–७ को बराहपाखो क्षेत्रमा सडक फराकिलो पार्न र पहिरो नियन्त्रणका लागि पर्खाल बनाइँदै । बेनी नगरपालिका, सङ्घीय र प्रदेश सरकारले बेनी–पाखापानी सडक स्तरोन्नतिका लागि फरक फरक दुई वटा आयोजना सञ्चालन गरेका छन् । तस्बिरः रासस
काम गरेको रकम नपाएपछि ज्ञापनपत्र
हिमाली जिल्ला म्याग्दीको बेनी–दरबाङ सडकखण्डमा काम गरेका ३२ जना मजदुरले दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएका छन् ।
सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
तनहुँ, माघ २५ गते । तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित केशवटार माध्यमिक विद्यालयमा पहिलो पटक मगर भाषाको पढाइ सुरू भएको छ । व्यास नगरपालिका र नेपाल मगर सङ्घ व्यास नगर समितिको समन्वयमा यस विद्यालयमा मगर भाषाको पढाइ सुरू गरिएको हो ।मगर समुदायका विद्यार्थीहरूलाई मगर भाषा सिकाउने र पुस्तान्तरण अभियानका साथ मगर भाषाको कार्यान्वयनलाई प्राथमिकता दिने उद्देश्यले व्यास नगरपालिकामा पहिलो पटक केशवटार माविबाट मगरभाषाको पढाई सुरू गरिएको हो । उक्त विद्यालयमा नेपाल मगर सङ्घले बनाएको नीति र स्थानीय पाठ्यक्रमअनुसार कक्षाहरू सञ्चालन गरिएको छ ।केशवटार माविको कक्षा १ मा मगर भाषाको पढाइ थालिएको हो । मगर भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकको कार्यान्वयनको शुभारम्भ नगरप्रमुख वैकुण्ठ न्यौपानेले गर्नुभयो । मगर भाषाको पढाइ सञ्चालनका लागि नगरपालिकाकै सहयोगमा पहिलो चरणमा शिक्षकहरूलाई पाँच दिने तालिम प्रदान गरिएको थियो । मगर भाषा संरक्षणका लागि नगरपालिकाले मगर समुदायको बाहुल्यता भएका विद्यालयमा मगर भाषामा पढाइ सञ्चालन गर्ने नीति लिएको छ ।तालिम प्राप्त शिक्षकहरूले विद्यालयहरूमा मगर भाषामा कक्षाहरू सञ्चालन गर्नेछन् । पठनपाठनलाई सहज बनाउन र प्रभावकारी बनाउन विशेष तालिम प्रदान गरिएको थियो । यस प्रक्रियाले भाषा संरक्षणमा मद्दत पुर्याएको र सिकाइमा प्रभावकारिता ल्याएको नेपाल मगर सङ्घका केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त थापाले बताउनुभयो । तालिममा मगर भाषाको पाठ्यक्रमको बारेमा याम बहादुर आले, इन्द्र बहादुर आले, अमर थापा, नन्दु थापा, यामलाल थापा, तिलबहादुर थापा र अनुराज थापाले प्रशिक्षण दिनुभएको थियो । तालिममा मगर बाहुल्यता भएका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूले सहभागिता जनाएका थिए ।
हाकिम नहुँदा न काम भयो न तलब
बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ ।
जगतबहादुरको निवृत्त जीवन सुन्तला खेतीमा
म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए ।
गैँडाको आक्रमणबाट एकको मृत्यु
गैँडाको आक्रमणबाट नवलपुरमा थप एक जनाको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिकाको दिव्यमध्यवर्ती सामुदायिक वनमा हिजो बुधबारदेखि हराइरहनुभएकी महिला आज मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ ।
सडन डेथमा एनआरटीलाई हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा
पोखरा रङ्गशालामा बिहीबार भएको रोमाञ्चक खेलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा ६–५ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकर र सडन डेथमा पुगेर सकिएको थियो ।
एमाले र कांग्रेसको सहकार्य चौरासीसम्म : नेता ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) र नेपाली कांग्रेसको सत्ता सहकार्यले मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लगेकाले सहकार्य जारी रहने बताउनुभएको छ ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड
पालुङटार नगरपालिका–५ माँझटार ठाँटीपोखरीमा सुरु भएको लिगलिग पालुङटार महोत्सव २०८१ को बिहीबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो।
दोस्रो अध्यक्ष कप खेलकुद हुने
तनहुँको म्याग्दे गाउँपालिकामा दोस्रो अध्यक्ष कप खेलकुद हुने भएको छ ।
दस हजार पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण
चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म मनास्लु क्षेत्रमा झण्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् ।
व्यास नगरपालिकामा मगर भाषामा पढाइ सुरु
तनहुँको व्यास नगरपालिकामा मगर भाषामा पढाइ सुरु भएको छ ।
इमेज सहकारीका बचतकर्ताको एक करोड रुपियाँ फिर्ता
इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड रुपियाँ फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५ सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाख रुपियाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो ।
गाउँपालिकाद्वारा मजदुर सञ्चित कोष स्थापना
तनहुँको म्याग्दे गाउँपालिकाले मजदुर सञ्चय कोष स्थापना गरेको छ ।
सडेको ४०० केजी मासु प्रहरीद्वारा नष्ट
हिमालपारिको जिल्ला मुस्ताङ लैजाँदै गरेको सडेको मासु प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । मुस्ताङ लगिएको झण्डै चारसय केजी मासु प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
मिरकोटमा चितुवाको माउ र बच्चा मृत भेटियो
गोरखाको मिरकोटमा चितुवाको माउ र बच्चा मृत अवस्थामा भेटिएका छन् ।
मनाङमा एचपिभीविरुद्धको खोप फागुन १८ देखि हुने
यही माघ २२ गतेबाट देशभर सुरु भएको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियान मनाङमा पुग्न सकेको छैन । तोकिएको समयमा मनाङमा खोप अभियान सुरु हुन नसकेको हो ।