'तिज स्वतन्त्रताको पर्व हो'
नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले तिज स्वतन्त्रताको पर्व भएको बताउनुभएको छ ।
निजामती सेवा दिवसका अवसरमा सरसफाइ
निजामती सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा आज पोखराको सहिदचोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको छ ।
राइनासलाई पर्यटकीय केन्द्र बनाउँछौँ
लमजुङको राइनास नगरपालिका कृषि र पर्यटन क्षेत्रका लागि प्रख्यात छ । उर्वर फाँट धेरै भएकाले यहाँ धान प्रशस्त उत्पादन हुने गर्दछ । बोराङखोलादेखि साँहिलीटार, टिमुरे, सातबिसे, अल्कटार, तीनपिप्ले, स्याउली, धमिलीकुवा, गरमबेँसी हुँदै चेपेघाटसम्मका समथर खेतबारी र ठुला टारमा बाह्रै महिना हराभरा बाली देख्न सकिन्छ । २०७३ फागुन २७ गते साबिकको तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्याराजुङ र राइनास मोहोरियाकोट गाविसलाई समेटेर राइनास नगरपालिका बनाइएको हो । गत निर्वाचनमा राइनास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फका खड्गबहादुर गुरुङ निर्वाचित हुनुभयो । ‘हाम्रो राइनास नगर : कृषि, पर्यटन, शिक्षा र वातावरणमैत्री सहर’ भन्ने नाराका साथ अघि बढेको नगरपालिका प्रमुख गुरुङसँग गोरखापत्रकर्मी अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनसान !
भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो ।
दहखर्कमा चर्दै गरेका भेडाका बथान
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका(६ स्थित दहखर्कमा चर्दै गरेका भेडाका बथान । ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने दहखर्कमा यति बेला हजारौँको संख्यामा भेडाका बथान भेट्न सकिन्छ ।
घरबाटै वर्गीकरण गरी फोहर उठाउँदै व्यास नगरपालिका
व्यास नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ । फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको यस नगरपालिकामा स्थापनाको ३२ वर्षसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्रसमेत छैन । पछिल्लो समय नगरपालिकाले घरबाटै वर्गीकरण गरी फोहर सङ्कलन गर्न थालेको जनाएको छ ।
एकै पालिकाका ६४ जनामा क्यान्सर र मिर्गौला रोग
गोरखा जिल्लाको गण्डकी गाउँपालिकाका ६१ जनामा क्यान्सर र १५ जनामा मिर्गौला फेल भएको कारण खोज्न सरकारले कार्यदल गठन गरेको छ । ती सबै २०६५/६६ देखि आधुनिक तरकारी खेती गरिरहेका किसान रहेका कारण तरकारी खेतीमा हालिएको विषादीका कारण त्यस्तो रोग लागेको प्रारम्भिक अनुमान छ ।
महाधिवेशनमा म कांग्रेसको सभापतिको उम्मेदवार : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताउनु भएको छ ।
विषादी द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा
नवलपुरको कावासोतीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । तरकारी र फलफूलमा अत्यधिक विषादीको प्रयोग हुन थालेपछि सो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
पुल निर्माण भएसँगै आवतजावतमा सहजता
नवलपुरको मध्यबिन्दु नगरपालिकामा रहेको गोडार खोलामा मोटरेबल पुल निर्माण भएको छ ।
रेडक्रसले थाल्यो डेङ्गु नियन्त्रण अभियान
डेङ्गु सङ्क्रमण बढेपछि नेपाल रेडक्रस सोसाइटी तनहुँले जिल्लामा तीनमहिने अभियान थालेको छ । तनहुँमा निरन्तर डेङ्गुका बिरामी बढ्ने र मृत्युसमेत हुन थालेकाले आगामी तीन महिनासम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरिने रेडक्रसले जनाएको छ । रेडक्रसले रगतको आपूर्ति, प्राकृतिक विपत् व्यवस्थापनमा उद्धार, राहत र अस्थायी पुनर्बासलगायतमा साझेदारीसँगै महामारीको समयमा सरकारसँग सहकार्य गर्दै आएको थियो ।
ठेक्का लिएर काम अलपत्र पार्नेलाई कारबाही
तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका विभिन्न योजनाको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने भएको छ । सम्झौता अनुसार योजना सम्पन्न नगरी योजना अलपत्र पार्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई नियमानुसार कारबाही गर्ने भएको हो ।
खेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवा सक्रिय
स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएका छन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको रुपमा रहेका खेली र रोइला संरक्षणका लागि युवाहरुले अभियान नै सुरु गरेका हुन् ।
माछापुच्छ्रेका सामुदायिक विद्यालयमा करारमा प्रधानाध्यापक नियुक्त
जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पाँच वर्षका लागि प्रधानाध्यापकको करारमा नियुक्ति गरेको छ । गाउँपालिकाको शिक्षा शाखा र ३८ सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच पञ्चवर्षीय करार सम्झौता गरिएको हो ।
जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस
सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मङ्गलबार दाबगरामा बस पुगेको छ । उहाँसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए । लामो समयको पर्खाइपछि बस पुग्दा भण्डारी मात्रै होइन स्थानीयले खुसी व्यक्त गरे । बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा चार वर्ष अघि मात्रै बसपार्क निर्माण भएको थियो । तर बसपार्क सञ्चालनमा आउन भने लामो समय कुर्नुपरेको उहाँले बताउनुभयो ।
२०७ मा स्क्रब टाइफस
गोरखामा साउन र भदौ महिनाको १८ गते आइपुग्दासम्म ३७७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । २०७ जनामा स्क्रब टाइफस भएको छ ।
तनहुँ जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ।
जिल्ला स्तरीय छात्रा फुटबलका लागि सम्झौता
हिमाली जिल्ला म्याग्दीमा हरेक वर्ष जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय रनिङ शिल्ड छात्रा फुटबल प्रतियोगिता सञ्चालनका लागि सम्झौता भएको छ ।
हराउँदै तिजको मौलिकता
पछिल्लो समय तिज मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाले गुनासो गरेका छन् । तिजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलिकता हराउँदै गएको हो ।
मुख्यमन्त्री पाण्डेद्वारा नवनिर्मित बागलुङ बसपार्क उद्घाटन
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनिर्मित बागलुङ बसपार्कको उद्घाटन गर्नुभएको छ ।
शैक्षिक गुणस्तर सुधार गर्न ‘शैक्षिक गुणस्तर सुधार वर्ष’ कार्यक्रम
तनहुँको एक पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ‘शैक्षिक गुणस्तर सुधार वर्ष’ कार्यक्रम ल्याएको छ । कार्यक्रम अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा शिक्षा योजना निर्माण कार्यदल गठन गरिएको छ ।
लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो
पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे ।
लुइँटेल-बाह्रपिर्के-ठाँटीपोखरी सडक चार दिनपछि सुचारु
गोरखामा अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत लुइँटेल–बाह्रपिर्के–ठाँटीपोखरी सडक खण्ड ४ दिनपछि सुचारु गरिएको छ ।
देउसीभैलो खेलेर सङ्कलित रकमले सडक ढलान
मोदी गाउँपालिका–६ थामर्जुङका बासिन्दाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका छन् । गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतिका लागि कुनै पनि निकायले सहयोग नदिएपछि देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका हुन् ।