• २८ माघ २०८१, सोमबार

गोरखापत्रकर्मी नहर्की सम्मानित

blog

सम्मानपत्र ग्रहण गर्दै पत्रकार अमरराज नहर्की ।

तनहुँ समाचारदाता 

तनहुँ, माघ २७ गते । गोरखापत्र दैनिकका तनहुँ समाचारदाता अमरराज नहर्की  सम्मानित हुनुभएको छ । व्यास नगरपालिका –११ सेरास्थित वसन्त आधारभूत विद्यालयको स्वर्णजयन्तीको उपलक्ष्यमा शनिबार नहर्की सम्मानित हुनुभएको हो ।

यस विद्यालयबाट अध्ययन गरी शैक्षिक तथा पत्रकारिताको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै नहर्कीलाई सम्मानित गरिएको छ ।  पत्रकार नहर्कीलाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत पराजुली, प्रधानाध्यापक माधव खनालले संयुक्त रुपमा कदरपत्र प्रदान गरी सम्मानित हुनुभएको हो ।