पूर्वी नवलपरासी, माघ २९ गते । पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५ वर्षीया अनिता हरिजन त्रिवेणी व्यारेजबाट नारायणी नदीमा हाम फाल्नुभएको थियो ।
सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमान्डमा खटिएको सुरक्षा फौजले उहाँलाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उद्धार पश्चात उहाँलाई उपचारका लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको छ ।