• ३ फागुन २०८१, शनिबार

प्रविण खड्का स्मृति सेवा कोषद्वारा विद्यार्थी र शिक्षक पुरस्कृत

blog

प्रविण खड्का स्मृति सेवा कोषद्वारा अपाङ्ग विद्यार्थीलाई पुरस्कार तथा सम्मान । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, फागुन ३ गते ।
प्रविण खड्का स्मृति सेवा कोषद्वारा अपाङ्ग विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरिएको छ । खड्काको निधनपछि उहाँको परिवारले कोष स्थापना गरेको हो । उक्त कोषमार्फत अहिलेसम्म १८ औं पटक पुरस्कार वितरण भइसकेको छ ।

शुक्रबार भएको कार्यक्रममा दृष्टीविहिनतर्फ बलेवास्थित जनता–धन माध्यमिक विद्यालयका पवित्रा गिरी, बहिरातर्फ धौलागिरि बहिरा आवासिय माविका लोकमाया थापा, बौद्धिक अपाङ्गतर्फ उपल्लाचौर विशेष कक्षाका दिपक आचार्य र शारिरिकतर्फ रामरेखा आधारभूत विद्यालयकी सुस्मा रुचाल पुरस्कृत हुनुभयो ।

यस्तै, शिक्षकतर्फ पर्वतको शिवालय माध्यमिक विद्यालय कुश्माकी मञ्जु अधिकारी सम्मानित हुनुभयो । पुरस्कृत विद्यार्थीलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पुरस्कार वितरण गर्नुभएको थियो । 

सो अवसरमा बोल्नुहुँदै उपप्रमुख खड्काले स्वर्गिय खड्काको स्मृतिमा अपाङ्गता भएका बालबालिकाहरूको शैक्षिक विकासमा योगदान पुगेको चर्चा गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सदस्य कमलकुमार जिसी, बालमन्दिर प्राथमिक विद्यालयका प्रधानाध्यापक मिठू क्षेत्री, सम्मानित व्यक्तित्व मञ्जु अधिकारी, कोषका सदस्य रतन मलेपति लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।