• २९ फागुन २०८१, बिहिबार

गौ संरक्षण केन्द्रमा आगलागी

blog

आगोलाई निभ्याउँदै सुरक्षाकर्मी र स्थानीय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, फागुन ७ गते ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रमा बुधबार दिउँसो आगलागी भएको छ । पराललाई सुरक्षित राख्नलाई ट्रष्ट बनाउनलाई वेल्डिङ गर्ने क्रममा आगलागी भएको र हाल आगो नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

प्रहरीका अनुसार शुक्लागण्डकी नगरपालिकाको दमकल, पृथ्वीराजमार्ग जामुने पोखरा खण्डको सडकमा पानी हाल्ने ट्याङ्करको सहायतमा आगो निभ्याईएको हो । गौ संरक्षणका पशुचौपायका लागि खरिद गरेर ल्याइएकोसँगै स्थानीय सहयोग गरेको पराललाई सङ्कलन गरेर राखिएको थियो । १४ ट्रक बढी पराल मौज्दात गरेकोमा जलेर नष्ट भएको केन्द्रको सञ्चालक शुक्लागण्डकी मुक्तिनाथ च्यवनधामका अध्यक्ष होमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो ।

दश लाख रुपियाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको च्यावनधामका उपाध्यक्ष अस्मिता खनालले जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिकाले सञ्चालनमा ल्याएको गौसंरक्षण केन्द्र पछिल्लो वर्षदेखि शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाम मातहात सञ्चालन हुँदै आइरहेको छ ।