काठमाडौँ, वैशाख ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पाकिस्तानका लागि नेपालका आवासीय राजदूत रीता धिताललाई गणतन्त्र तुर्कियका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम आज उहाँलाई त्यहाँका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।