• १० फागुन २०८१, शनिबार

सामुदायिक विद्यालय बदल्ने अभियान सुरु गर्न अध्यक्ष प्रचण्डको आग्रह

blog

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिक्षक, अभिभाव र विद्यार्थीसँगको भेटघाट कार्यक्रममा सहभागी हुनुहँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, फागुन ९ गते ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालय बदल्ने अभियान सुरु गर्न आग्रह गर्नु भएको छ । शुक्लागण्डकी नगरपालिका –४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शुक्रबार आयोजित शिक्षक, अभिभाव र विद्यार्थीसँगको भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।

केही सामुदायिक विद्यालयहरू राम्रो गुणस्तर शिक्षा र भौतिक सुधार हुँदै गएर नीजिभन्दा अब्बल बनेको उदाहरण दिनुहुँदै अध्यक्ष प्रचण्ड सबै सामुदायिक विद्यालयलाई बदल्ने अभियानमा सबै लाग्नुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधार साथै शैक्षिक गुणस्तर सुधार गरेर विद्यालयको अवस्थालाई बदल्ने काम गर्दै आएका बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘नीजि विद्यालयमा विद्यार्थीको सङ्ख्या बढी र सामुदायिक कमजोर हुने सर्वत्र देखिएको प्रकृति भएपनि पछिल्लो समय सुधार हुँदै गएको छ ।’’ 

पञ्चमुनी देव माध्यामिक विद्यालयले राम्रो नतिजा ल्याएर देशैभरका सामुदायिक विद्यालयलाई सकरात्मक सन्देश दिएकोमा खुसी लागेको अध्यक्ष प्रचण्डले बताउनुभयो । नमुना विद्यालय बनाउन लागि पर्ने शिक्षक, अभिभाव र विद्यार्थीलाई बधाई उहाँले व्यक्त गर्नुभयो । सबैको मिहिनेतले विद्यालय अग्रस्थानमा रहि चर्चा कमाउँदै आएकोमा उहाँले खुसी प्रकट गर्नुभयो ।