वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा
यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सो केन्द्र गह्रौँ प्राथमिक अस्पतालमा सञ्चालनमा रहेको छ । आँखा उपचार सेवालाई विस्तार गरी सक्दो धेरै मानिसको पहुँचमा पु¥याउने उद्देश्यले ती संस्थाबीचमा सहकार्य भएको हो ।
ड्रुक एयरले पोखरामा उडान गर्दै
भुटानको ड्रुक एयरले पोखरामा चार्टर उडान गर्ने भएको छ । ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ २३ गते उडान गर्न लागेको हो ।
प्रयोगशाला कर्मचारीविहीन
स्याङ्जा जिल्लामा भित्रिने फलफूल तथा तरकारीको विषादी परीक्षण गरिने खबर सुनेर उत्साहित भएका उपभोक्ता निराश हुँदै गएका छन् । गल्याङ नगरपालिका–१, मालुङ्गामा स्थापना गरिएको विषादी प्रयोगशाला प्रयोगमा आउन सकेको छैन ।
म्याग्दीबाट रैथाने बाली लोप हुँदै
करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
जनताप्रति उत्तरदायी भएन भने सरकारको अपजसको भारी कांग्रेसले बोक्दैन : नैनसिंह महर
सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताउनुभएको छ ।
सयपत्री फूलको व्यावसायिक खेती
म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूलखेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपािलकालाई फूलमा आत्मिनर्भर बनाउन पुष्पखेतीलाई प्रवद्र्धन गरिएको हो । आँबुखैरेनी–१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा बीस हजार बढी सयपत्री फूलका बिरुवा रोपिएका छन् ।
दुई महिनापछि खुल्यो कुइनेमङ्गले जोड्ने सडक
अल्पसङ्ख्यक जाति छन्त्यालको बसोबास रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गले जोड्ने सडक खुलेकाे छ ।
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको अबिरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।
समायोजनको विरोध गर्दै विद्यालय बन्द
गोरखाको आरुघाट गाउँपालिका–५, आरुआर्बाङमा रहेको मण्डली आधारभूत विद्यालय दुई हप्तादेखि बन्द छ । विद्यालय समायोजन गर्ने गाउँपालिकाको निर्णयको विरोध गर्दै स्थानीय अभिभावकले भदौ २
कोदोबालीमा खुम्रे कीराको समस्या
बागलुङ नगरपालिकाको अधिकांश क्षेत्रमा लगाइएको कोदोबालीमा खुम्रे कीराको समस्या देखिएको छ । खुम्रेकीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि बागलुङ नगरपालिकाभित्रका किसान चिन्तित बनेका छन् ।
लोक सेवाको तयारी कक्षा निःशुल्क
यहाँको अर्जुनचौपारी गाउँपालिकाले निःशुल्क लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले नेपाल प्रहरी, आर्मी तथा सशस्त्र प्रहरीको तयारीका लागि निःशुल्क तीनमहिने कक्षा सञ्चालन गरेको हो ।
जनशक्ति अभावले अस्पतालको सेवा प्रभावित
गण्डकी प्रदेश सरकारले चलाएका स्वास्थ्य संस्थामा आवश्यकता अनुसार स्वास्थ्यकर्मी र अन्य कर्मचारी छैनन् । थोरै जनशक्ति र सीमित पूर्वाधारका कारण यी अस्पतालको सेवा सधैँ प्रभावित हुने गरेको छ ।
गोरखा बजारमा भेटिएको बम सेनाद्वारा डिस्पोज
गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा भेटिएको कुकर बमजस्तै देखिने शङ्कास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
गाउँबाट लोप हुँदैछ स्थानीय घैया धान
केही वर्ष पहिलेसम्म तनहुँको अधिकांश पाखोबारीमा लगाइने घैया धान लोप हुने अवस्थामा पुगेको छ । घैया धानको खेती कृषकले गर्न छोडेपछि बीउ नै मासिएर लोप हुन लागेको हो ।
गिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै
वासस्थानको अभावमा प्रकृतिको कुचीकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छन् ।
मानिससँग रत्तिँदै ‘लियो बाबु’
साउन सकिनै लागेको बेला लगातार तीन दिन झरी पर्यो । मसान्तको दिन पनि पानीले आँखा उघारेकै थिएन । मध्याह्न १२ बजेतिर ‘लियो बाबु’ स्याहार्दै हुनुहुन्थ्यो कल्पना नेपाली । लियो भने घरी दौडिँदै कुनामा पुग्थ्यो, घरी एकै सासमा छेउमा आइपुग्थ्यो । बच्चाले आमाको औँला चुसे झैँ कल्पनाको औँला लियोले चुस्थ्यो । कल्पनाका श्रीमान् प्रकाश नेपाली लियोको खाना लिएर आइपुग्नुभयो, खान पाएपछि लियो कुनातिर दौडियो । ‘लियो बाबु’ आठमहिने चितुवा हो । यसलाई नवलपरासीबाट गत साउन १६ गते कास्कीको पचभैया प्राणी उद्यान केन्द्रमा ल्याइएको थियो । लियोलाई आफ्नै बच्चा जस्तै माया गर्नुहुन्छ कल्पना । लियो प
च्याउ खेती : थोरै लगानी, राम्रो आम्दानी
पूर्वी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ आकर्षण बढ्दो छ। च्याउ खेती गर्ने कृषक मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्। कावासोती नगरपालिका–८ मा रहेको पर्वत सेन ठकुरी कृषि फार्मका सञ्चालक ६० वर्षीय टीकाप्रताप सेन ठकुरी विगत तीन वर्षदेखि च्याउ खेतीमा नै रमाउनुभएको छ। उहाँको दैनिकी च्याउ बिक्रीवितरणमा बित्ने गरेको छ।
भिरबाट लडेर एकको मृत्यु
तनहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । घिरिङ गाउँपालिका –३ ग्याजामा सोही ठाउँ बस्ने बर्ष ६८ को पदमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भ्रष्टाचार विरोधी अभियान महाअभियान बन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमाथि अनेकखालका दबाब भए पनि सुशासनको काम नरोकिने प्रतिवद्धता जनाउनुभएको छ ।
युवा विदेशमा, गाउँको गैरीखेत बाँझै
तनहुँमा खेतीयोग्य जमिन बाँझो राख्ने क्रम बढेको छ । युवाहरू रोजगारी खोज्दै विदेश पलायन हुन थालेपछि खोतीयोग्य जमिन झाडीमा परिणत बन्ने क्रममा वृद्धि भएको छ ।
बेनीको गाईजात्रामा युवाको सहभागिता
बेनीमा युवा र पाका पुस्ता मिलेर गाइजात्रा निकालेका छन् । नेवार समुदायको पुरानो मौलिक संस्कृति लोप हुन नदिन पाका पुस्तासँगै युवा पनि गाइजात्रामा सहभागी भएका छन् । गाइजात्रा बेनीका नेवार समुदायको मौलिक सांस्कृतिक पहिचान मानिन्छ ।
कांग्रेसमाथि चौतर्फी आक्रमण भयो : डा. कोइराला
आज दमौलीस्थित बीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । डा कोइरालाले भन्नुभयो, “सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ ।
पशु बीमामा कृषकको आकर्षण
तनहुँमा विभिन्न बीमा कम्पनीमार्फत पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरेसँगै कृषकको यसतर्फ आकर्षण बढेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा रू १३ करोड १८ लाख ८५ हजार मूल्य बराबरका पशुको बीमा गरिएको छ ।
पर्वतमा चितुवा मृत फेला
पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो ।