• १४ मंसिर २०८१, शुक्रबार

गोरखा बजारमा भेटिएको बम सेनाद्वारा डिस्पोज

blog

गोरखाबजारमा भेटिएको शंकास्पद वस्तु निस्क्रीय पार्दै सेना । तस्विर : गुनराज रोका

गुनराज रोका

सुलीकोट, भदौ १६ गते । गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा भेटिएको कुकर बमजस्तै देखिने शङ्कास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले मुख्य सडकको बीचमा राखेको बम आज बिहान ८ बजे निष्क्रिय बनाएको हो । गोरखा–आँबुखैरनी सडक अन्तर्गत पर्ने मुख्य सडकमा टेप बाँधेर राखेको अवस्थामा फेला पारेको कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटिएको रिपुमर्दन गणका गणपति हेमराज विष्टले जानकारी दिनुभयो । 

शङ्कास्पद बस्तु निष्क्रिय पारिएसँगै केहीबेरपछि नै सहज रूपमा सडक सञ्चालनमा आएको छ । बिहान ४ बजे नै मर्निङवाक गएका स्थानीयले शङ्कास्पद बस्तु फेला पारेको भन्दै जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए ।