स्याङ्जा समाचारदाता
स्याङ्जा, भदौ १७ गते । यहाँको अर्जुनचौपारी गाउँपालिकाले निःशुल्क लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले नेपाल प्रहरी, आर्मी तथा सशस्त्र प्रहरीको तयारीका लागि निःशुल्क तीनमहिने कक्षा सञ्चालन गरेको हो ।
गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले युवामा सकारात्मक भावनाको विकास गराई कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमानदार तथा देशभक्ति युवाका रूपमा स्थापित गराउन लोक सेवा तयारी कक्षा सञ्चालन गरेको बताउनुभयो ।