छ दिनदेखि पोखराको फोहोर सडकमै
अहिले पोखरा महानगरको सडक किनारमा ठाउँ ठाउँमा फोहोर थुप्रिएको छ। समयमै रकम नपाएको भन्दै फोहोर व्यवस्थापनको जिम्मा लिएका ठेकेदारले काम रोक्दा फोहोर उठ्नै छाडेको हो। फोहोर नउठ्दा दुर्गन्ध फैलिन थालेको छ।
सामुदायिक विद्यालयमा पढाउनेलाई निःशुल्क स्वास्थ्य बिमा
स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।
ओझेलमा थोङरो प्ली झरना
मनाङको नासोँ गाउँपालिका–८, ताचैमा रहेको थोङरो प्ली झरना ओझेलमा परेको छ । स्थानीयवासीले पर्यटकीय महत्त्व बोकेको यस झरनालाई प्रवर्द्धन गर्नुपर्ने माग गरेका छन्।
आहा रारा गोल्ड कप माघ ९ गतेबाट
यसपालिको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आउँदो माघ ९ देखि २० गतेसम्म हुने भएको छ ।
तनहुँ जलविद्युत आयोजनाद्वारा मादी नदीमा माछा संरक्षण
यहाँ निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाले मादी नदीमा माछा संरक्षण गर्ने भएको छ । आयोजनाको १४० मिटर अग्लो बाँधले गर्दा आवातजावत प्रभावित भई माछालाई क्षतिपुग्ने भएकाले परिपूर्तिका लागि मादी नदीमा माछा संरक्षण गरिने आयोजनाले जनाएको छ ।
रोजगारी बढाउन २२ वटा गौरवका आयोजना
तनहुँको व्यास नगरपालिकाले आन्तरिक आय र रोजगारी वृद्धि गर्ने उद्देश्यले गौरवका आयोजना सञ्चालन गर्ने आवधिक योजना बनाएको छ ।
बागलुङमा आधारभूत अस्पताल निर्माण : अझै जग्गाको खोजी
सङ्घीय सरकारले आर्थिक वर्ष २०७७ /०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भए ।
मध्यवर्ती क्षेत्रको फितलो कानुन संशोधन गर्नु पर्छ
गण्डकी प्रदेश, नवलपुर जिल्लाको विनयीत्रिवेणी गाउँपालिका भारतको विहार राज्यलाई छुने जिल्लाको एक मात्र गाउँपालिका हो । यस पालिकाको पाँच किलोमिटर क्षेत्रफल विहारसँग जोडिएको छ । लुम्बिनी प्रदेशका
कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
पूर्वी नवपरासीको कावासोतीमा कार र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
दुई गोरखापत्रकर्मी सम्मानित
सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्याङ्जाले रजत जयन्तीमा दुई गोरखापत्रकर्मीसहित तीन पत्रकारलाई सम्मान गरेको छ ।
आँखाका बिरामीको सङ्ख्या बढ्दो
ग्रामीण क्षेत्रमा आँखाका बिरामीको सङ्ख्या पछिल्लो समय बढ्दो देखिएको छ । अस्पतालको पहुच नहुनु, आर्थिक अवास्था कमजोर रोगको बारेमा पूर्णरुपमा जानकारी नहुँदा आँखाको समस्या बढ्दो देखिएको हो ।
तनहुँमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते
तनहुँमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० यात्रु घाइते भएका छन् । बुधबार बिहान ९ः३० बजे भीमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाँउ–भिमाद भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो ।
प्रयोगविहीन बन्यो कर्मचारी मिलन केन्द्रको भवन
कर्मचारी मिलन केन्द्र म्याग्दीको भवन प्रयोगविहीन भएको छ । सङ्घीयता कार्यान्वयनसँगै बेनी बजारको विरेन्द्रचोकमा रहेको कर्मचारी मिलनकेन्द्रको भवन प्रयोगविहीन भएको हो ।
भिमाद दुर्घटना : घाइते एकजनाको मृत्यु
पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो । घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न बाँकी छ ।
नेपाली कागजको माग बढी, उत्पादन कम
म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ ।
सामुदायिक विद्यालयमा पढाउनेलाई निःशुल्क स्वास्थ्य बिमा
तनहुँको एक पालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने अभिभावक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस्तो सुविधा दिने भएको हो ।
सुन्तलाले भित्र्याउँदै असी लाख
म्याग्दीको बेनी नगरपालिका–३, मरेक तथा बालम क्षेत्रमा यस वर्ष झन्डै ८० लाख रुपियाँ सुन्तला बिक्रीबाट भित्र्याउने अपेक्षा स्थानीयवासीले गरेका छन् । बेनी नगरपालिकाको सुन्तला पकेट क्षेत्रका रूपमा रहेको बेनी नगरपालिकाको मरेक, बालम, बास्कुना, थामडाँडा तथा सुर्केमेला क्षेत्रमा यस वर्ष सुन्तला निकै राम्रो उत्पादन भएको सुन्तला कृषकको भनाइ छ ।
४० हजार ऋणको ११ लाख ब्याज असुल्दै
नवलपुरको एक सरकारी विद्यालयले ब्याजमा पैसा लगाएर मोटो रकम असुलिरहेको पाइएको छ।
बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना
म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि बढाइएको छ । बर्खामा नदीमा बाढीको सतह बढेपछि म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि सञ्चालित आयोजनाको काम रोकिएको थियो ।
सामाजिक सेवा एकाइ प्रभावकारी बन्दै
पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा स्थापना भएको सामाजिक सेवा एकाइ प्रभावकारी बन्दै गएको छ । विपन्न, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, जनयुद्धका घाइते, बेपत्ता परिवार लगायतलाई सेवा दिने उद्देश्यले जिल्ला अस्पतालमा सञ्चालनमा आएको हो ।
विश्वमै अति दुर्लभ बैकाल गैरी चरा भेटियो
विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नवलपुरको कावासोतीमा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने स्वर्गद्वारी घाट नजिकै नारायणी नदीमा फेला परेको छ ।
अपाङ्गतामैत्री भएन गाउँपालिका
मुस्ताङको घरपझोङ गाउँपालिकाले सात करोडभन्दा बढी रकम खर्चिएर निर्माण गरेको भवन अपाङ्गतामैत्री नहुँदा समस्या हुने गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको गाउँपालिकाले प्रशासकीय भवन अपाङ्गतामैत्री बनाउन ध्यान नदिएको देखिएको छ । सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत बजेट साझेदारीमा जोमसोममा तीनतले पक्की प्रशासकीय भवन निर्माण गरिएको छ ।
अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव
तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा विषय विशेषज्ञ चिकित्सकको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । यस क्षेत्रका बिरामीलाई उपचारका लागि जिल्लाबाहिर धाउनुपर्ने बाध्यता छ । यसबाट आर्थिक व्ययभारसमेत स्थानीयवासीले बढी बेहोर्नु परेको छ । जिल्लास्तरीय यो अस्पतालमा शय्यालगायत आवश्यक जनशक्तिको समेत अभाव हुँदा उपचार सेवा प्रभावित भए पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन ।
म्याग्दीको सिङ्गा ठूलोखोलामा सामूहिक आलुखेती
बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् ।