मर्स्याङ्दी जलविद्युतको उत्पादन २० मेगावाट घट्यो
सुख्खायाम सँगै नदीमा पानीको बहाव कम हुन थालेपछि मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घट्दै जान थालेको छ । उत्पादनमा २० मेगावाट घटेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ६९ मेगावाट क्षमतामा हाल ४९ मेगावाट मात्रै उत्पादन हुने गरेको छ ।
गण्डकीमा चार दलका आठ उम्मेदवार
गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चार दलबाट आठ जनाको उम्मेदवारी परेको छ । सोमबार निर्वाचित अधिकृतको कार्यालय पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता गराउनुभएको हो ।
बागलुङ महोत्सवमा १० करोडको कारोबार
बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बागलुङ महोत्सवमा १० करोडको आर्थिक कारोबार भएको छ ।
पोखरा उपत्यकामा पुस २५ र २६ गते जलपन्छी गणना
पोखरामा यही पुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पन्छीको गणना गरिने भएको छ । सिमसार, तालतलैया, नदीनालामा आश्रित जलपन्छीको अवस्था, हिउँदे आगन्तुक जलपन्छीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले पन्छी गणना गरिने भएको हो ।
कोभिड खोपको विद्युतीय अभिलेखीकरणसँगै नागरिकलाई सहज
स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड १९ विरुद्धको खोप विद्युतीय अभिखेलीकरण गरेको छ । पालिकाले खोप लगाएका व्यक्तिको व्यवस्थित रूपमा अभिलेखीकरण गरेसँगै नागरिकलाई सहज हुने भएको छ ।
पूर्वी नवलपरासीमा आठ करोडको सुन्तला बिक्री
पूर्वी नवलपरासीमा यस वर्ष सुन्तलाको बिक्रीबाट राम्रो आम्दानी भएको छ । नवलपुरमा सुन्तला खेती गर्ने किसानले यस वर्ष आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला बिक्री गरेकोे प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृषि अधिकृत तथा सूचना अधिकारी रणबहादुर महतोले बताउनु भयो ।
आँधीखोला गाउँपालिकाद्वारा दुई सडक कालोपत्रे
आँधीखोला गाउँपालिकामा दुई सडकको दुई किमी सात सय मिटर सडक कालोपत्रे गरिएको छ । पालिकाले आफ्नै बजेटमा ढेक्का खुलाएर विभिन्न पूर्वाधार निर्माण गरेर सडक कालोपत्रे गरेको हो ।
श्रीमानलाई विदेशबाट घर फर्काउने सरिताको ट्रिक बन्यो तरकारी खेती
‘‘गाउँघरमा विदेश जाने लहर चल्यो । मेरो श्रीमान् पनि साथीहरूको लहलहैमा लागेर विदेश जानुभयो । मैले एक्लै कृषि पेसालाई थामेँ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थाल्यो । मेरो कमाई देखेर श्रीमान् विदेशबाट गाउँ फर्किनुभयो, अहिले सँगै कृषिमा रमाएका छौँ ’’ कृषक सरिताकुमारी शर्माले भन्नुभयो । अहिले सरिता र उहाँको श्रीमान् टेकनारायण आचार्य गाउँकै उदाहरणीय कृषक हुनुहुन्छ ।
म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ ।
उत्पादन तथा रोजगारमुखी योजना प्राथमिकतामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उत्पादन तथा रोजगारमुखी योजनालाई प्राथमिकता दिई पञ्चवर्षीय योजनामा समेटिने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले तनहुँको बन्दीपुरमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि सुझाव सङ्कलन तथा अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।
पोखरामा वर्षभरिमा पाँच वटा अन्तर्राष्ट्रिय उडान
अर्बौं ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । वार्षिक १० लाख हवाई यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गते सो विमानस्थल सञ्चालनमा आएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराले एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिएको छ । गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचवान एयरलाइन्सले पोखरामा पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान गरेको थियो । उक्त उडानमार्फत असार ८ र ९ गते पोखरामा आयोजना भएको नेपाल–चीन फ्रेन्डसिप ड्र्यागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी, पर्यटक र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलसमेत गरी ९६ जना पोखरा अवतरण गरेका थिए ।
आर्थिक अपराध हेर्न छुट्टै प्रहरी ब्युरो: महानिरीक्षक कुँवर
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शान्ति, सुरक्षा कायम गर्न तीन तहका सरकारबिच समन्वय जरुरी भएको बताउनुभएको छ।
माओवादीले लडाकु बिर्सियो, लडाकुले पनि पार्टी बिर्से
नवलपुरको हात्तिखोर तत्कालीन नेकपा माओवादीका सेनाले खडा गरेको शिविर हो । शान्तिप्रकिया सम्पन्न भएर सेना समायोजनपछि उक्त शिविरमा नेपाली सेनाको सेवादल गण बस्यो । अहिले उक्त गणलाई सुन्दर देखिने गरी सजावट गरिएको छ । रुख रोपिएको छ । रुखलाई आकर्षक देखिने गरी पेन्टिङ गरिएको छ ।
माओवादीबाट सहिद परिवारकी शर्मा उम्मेदवार
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार तय गरेको छ। गण्डकीमा महिला क्लस्टरबाट माओवादी केन्द्रकी मनरुपा शर्मा उम्मेदवार बन्ने निश्चित भएको हो।
खेल मैदानमा मेला-महोत्सव नगर्न आग्रह
प्रदेश खेलकुद परिषद् गण्डकीले वालिङ नगरपालिका खेल मैदानमा कुनै पनि मेला-महोत्सव नगर्न आग्रह गरेको छ ।
विभिन्न बहानामा मनपरी शुल्क असुल्दै विद्यालय
संविधानमै माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको छ । तर जिल्लाका नमुना मानिएका विद्यालय भने संविधान विपरीत विभिन्न बहानामा मनपरी शुल्क असुल गर्दै आएको छ ।
नगद अनुदानले बढ्यो कृषिजन्य उत्पादन
स्याङ्जाको फेदीखोला गाउँपालिकामा स्थानीय कृषि उत्पादन बढेको छ । कृषिजन्य उत्पादन गरी बेच्ने किसानलाई गाउँपालिकाले उत्पादन तथा बिक्रीको आधारमा १५ प्रतिशत नगद अनुदान दिँदै आएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।
जलविद्युतसँगै विकासको गतिमा ग्रामीण बस्ती
म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीब्रता दिइएको हो ।
बागलुङको पाँच पालिका अझै भाडाकै घरमा
बागलुङको विभिन्न पाँच पालिकाले अझै भाडाकै घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । जैमिनी , गलकोट, ढोरपाटन, बागलुङ नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाका घरबाट सेवा प्रवाह गरिरहेका छन् ।
एकीकरण पदयात्रामा नेपाली सेना
नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ । शनिबार बिहान यात्रामा निस्केका सैनिक टोलीलाई बिदाइ गरिएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोषबल्लभ पौडेल र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले टर्च दिएर टोलीलाई बिदाइ गर्नुभएको हो ।
मध्यवर्तीका बासिन्दालाई बालीसँगै ज्यान जोगाउन मुस्किल
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाघको आक्रमणबाट एकै घरका विष्णु पौडेल र मनादेवी पौडेलको यही पुस ९ गते ज्यान गयो । पुस ४ गते कावासोती–१ मा गैँडाको आक्रमणबाट पुष्प परियार घाइते हुनुभयो । पुस १९ गते कावासोती–८ का पतिराम महतो गैँडाको आक्रमणमा पर्नुभयो ।
गण्डकी प्रदेशलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड
गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोगले तनहुँको बन्दीपुर–४ मा गरेको दोस्रो पञ्चवर्षीय योजना योजना निर्माणका लागि सुझाव सङ्कलनमा वक्ताले सो सुझाव दिएका हुन्।
म्याग्दीमा दुई जनाको हत्या, एक घाइते
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमकी ७० वर्षीया मनिषा गर्बुजा र उहाँकी नातिनी ७ वर्षीया प्रियंका गर्बुजाको ढुंगा र दाउराको चिर्पट प्राहरबाट हत्या भएको छ।
घाँस काट्न गएकी महिला मृत फेला
पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा घाँस काट्न गएकी एक महिलाको शव भेटिएको छ ।