• १२ साउन २०८१, शनिबार

आठ फिट लामो अजिङ्गरको उद्धार

blog

उद्धार गरिएको अजिङ्गर ।

दमौली (तनहुँ), चैत  १९ गते । तनहुँको व्यास नगरपालिका–१३ बेलबासमा आठ फिट लामो अजिङ्गरको सोमबार उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो । 

उक्त ठाउँमा केही समय पहिलादेखि अजिङ्गर देखिन थालेको स्थानीयबासी मेघनाथ आचार्यले जानकारी दिनुभयो । अजिङ्गर घाइते अवस्थामा रहेकाले उद्धार पश्चात डिभिजन वन कार्यालयमा सुरक्षित राखिएको डिभिजन वन कार्यालयका कर्मचारी अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित रुपमा सामुदायिक वनमा छाडिने बताइएको छ । “स्थानीयबासीले केही समय पहिलादेखि उक्त अजिङ्गर यस क्षेत्रमा देखिएको जानकारी दिनुभएको थियो”, वन कार्यालयका कर्मचारी श्रेष्ठले भन्नुभयो, “सोमबार पनि देखिने बित्तिकै खबर गरेपछि हामीले उद्धार गरेर ल्याएका छौँ ।” रासस