शारीरिक अपाङ्गता भएका युवराज कृषि कर्ममा रमाउँदै
जन्मदा कुनै शारीरिक दुर्वलता नभएका बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो । खुट्टाको उपचार राम्रो नहुँदा उहाँ उभिनै सक्नुभएन ।
म्याग्दीका चार उत्कृष्ट महिला सम्मानित
म्याग्दीका चार जना उत्कृष्ट महिलालाई सम्मान गरिएको छ । दशौँ माघे सङ्क्रान्ति मेलाको अवसर पारेर विभिन्न क्षेत्रमा उत्कृष्ट बन्न सफल चार जना महिलाहरूलाई सम्मान गरिएको हो ।
बढ्यो तरुलको माग
माघेसङ्क्रन्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दु परम्परा अनुसार तरुलको व्यापार फस्टाएको छ । नवलपुर जिल्लाको पहाडी क्षेत्र हुप्सेकोट, बुलिङटार र बौदीकाली गाउँपालिकामा तरुल उत्पादन हुने गर्छ ।
पुख्र्यौली पेसाले दियो रोजगारी
बुद्धिबहादुर विकले पुख्र्यौली आरनको पेसा अँगालेर परिवार पाल्नुका साथै चार जनालाई रोजगारी दिनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीका उहाँले बेनीमा आरन सञ्चालन गर्दै आउनुभएको छ । चिसो सिरेटोमा कालीगण्डकी नदी किनारमा रहेको बुद्धिको आरनमा बिहानैदेखि तामा, फलाम तथा सिल्टेका भाँडा बर्तनलाई आकार दिन ह्याम्बरले कुट्दा आउने ट्वाङट्वाङको आवाज मिठो सङ्गीतको धुनजस्तै सुनिन्छ ।
करोडौ लागतमा स्थापना गरिएको बधशाला प्रयोगविहीन
पर्वतको कुश्मा नगरपालिकास्थित अर्मादी भन्ने स्थानमा स्वस्थ मासु उत्पादनका लागि कृषकले स्थापना गरेको बधशाला प्रयोगविहीन भएको छ ।
माघ २ गतेदेखि सत्ता गठबन्धनका उम्मेदवारको चुनावी अभियान
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन लक्षित गरी गण्डकी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार माघ २ गतेबाट चुनावी अभियानमा जाने तय भएको छ।
तातोपानी कुण्ड जान काठेसाँघुको सहारा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्वार तातोपानी कुण्डमा जान कालिगण्डकी नदीमा काठेसाँघु निर्माण गरिएको छ । झोलुङ्गे पुल नहुँदा हिउँदका समयमा कुण्डमा जाने बिरामी र पर्यटक जोखिम मोलेर काठको पुलबाट नदी वारपार गर्दै आउनुभएको छ ।
अन्नपूर्ण आधार शिविरमा पर्यटन पूर्वाधार निर्माण गरिने
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४ नारच्याङस्थित नयाँ गन्तव्यका रुपमा विकास हुन लागेको अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा पर्यटकीय पूर्वाधार बन्ने भएको छ ।
बेनीमा माघे सङ्क्रान्ति मेला सुरु
म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि माघे सङ्क्रान्ति मेला सुरु भएको छ । महिला उद्यमीहरूको सक्रियतामा परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको हो ।
थासाङको ताल र गुुफा नयाँ गन्तव्य
उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुुण्ड मुस्ताङका परिचिति धार्मिक र पर्यटकीय स्थल हुुन्् । सन् २०२३ मा एक लाख ९० हजार जना विदेशी पर्यटकले भ्रमण गरेको मुुस्ताङमा अन्य थुुप्रै ओझेलमा परेका पर्यटकीय सम्भावनायुक्त स्थल छन् ।
प्याङ्खोेलामा अस्तायो सञ्जिताको बेलायत जाने सपना
सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा हुनुहुन्थ्यो । बिहे भएको दुई वर्षसम्म पनि उहाँले आफ्नो पुख्र्यौली कर्मघर देख्नुभएकै थिएन । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहनुहुन्थ्यो ।
वालिङमा उपप्रमुखसहित १५ जना जनप्रतिनिधिले गरे नगरसभा बहिस्कार
वालिङ नगरपालिकाको नगर सभा उपप्रमुख कविता तिवारी गैह्रेसहित १५ जनाले बहिस्कार गरी सभाबाट बाहिरिएको छ । वडा अध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने गरी शिक्षा ऐन संशोधन प्रस्ताव आएसँगै यसको विरोध गर्दै उहाँहरू सभा बहिष्कार गरेका हुन् ।
बौदीकालीले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि जितेको छ ।
आर्मीका कार्कीलाई अल्ट्रा म्याराथन उपाधि
तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित तेस्रो ऋषिङ खुल्ला अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबमा कार्यरत शङ्खुवासभाका २३ वर्षिय गोविन्द कार्कीले जित्नु भएको छ ।
बागलुङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, नौ घाइते
बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज (शनिबार) बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।
जलविद्युत आयोजनाले गाउँको स्वरूप बिग्रने खतरा
म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलावासीहरुले गाउँको स्वरूप नै बिग्रने गरी जलविद्युत आयोजना नबनाउन माग गरेका छन् । चिमखोला गाउँ भएर बग्ने बगर खोलामा मोना हाइड्रोपावर कम्पनीले साढे पाँच मेगावाट क्षमताको बगर खोला जलविद्युत आयोजना निर्माणको तयारी थालेपछि स्थानीयहरूले विरोध जनाएका हुन ।
बहुवर्षीय आयोजना कार्यान्वयनमा ल्याउन थालियो
गण्डकी प्रदेश सरकारले म्याग्दीमा सञ्चालन गर्न लागेका बहुवर्षीय सडक आयोजनाको कार्यान्वयन सुरु भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट बजेट स्वीकृत भएका ती योजना ठेक्कामार्फत कार्यान्वयन गर्न लागिएको हो ।
मनाङका सात गाउँलेले मनाए नयाँ वर्ष
मनाङ ङिस्याङ गाउँपालिकाका सात गाउँलेले शुक्रबार भव्यताका ससाथ होलताङपा ल्होसार (डुग–ल्हो) मनाएका छन् ।
बागलुङका किसानले फलाए २० करोडका सुन्तला
बागलुङमा यस वर्ष २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा २० करोड बराबरको सुन्तला उत्पादन भएको हो ।
ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका
समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल । हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो ।
स्थानीय मदिरालाई वैधता दिने कानुन बनाउँदै पालिका
कास्कीको रुपा गाउँपालिकाले स्थानीय मदिरालाई वैधता दिँदै ब्रान्डिङ गर्ने व्यवस्थासहितको कानुनको बनाउने भएको छ ।
लुलाङ–गुर्जा सडक योजना कार्यान्वयनको चरणमा
म्याग्दीको विकट बस्ती धवलागिरी गाउँपालिका १ गुर्जालाई सडक सञ्जालसँग जोड्ने लुलाङ–गुर्जा सडक योजना कार्यान्वयन थालिएको छ ।
मन्दिरमा तोडफोड र आगजनी
भीरकोट नगरपालिका —९ मा रहेको नारायण गिरी मण्डली बाबाको मन्दिरमा अज्ञात समूहले आगजनी तथा तोडफोड गरेका छन् । भीरकोट नगरपालिकाको उच्च भूभागमा रहेको धार्मिक स्थलको रूपमा यो मन्दिरलाई चिनिन्छ ।
पशुपालक किसान घटेपछि उराठ बन्दै खर्क
एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो ।