• २३ असार २०८१, आइतबार

बुढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास गर्न प्रधानमन्त्रीको दिर्नेशन

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिल्लाका स्थानीय पत्रकारसँगको संक्षिप्त छलफलमा बोल्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

गोरखा, चैत २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजना चाँडै शिलान्यास गर्नेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभएको छ ।

जिल्लाका स्थानीय पत्रकारसँगको संक्षिप्त छलफलमा प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी जलासयुक्त आयोजनासँग सम्बन्धित निकायलाई तीव्ररूपमा आयोजनाका कामलाई अगाडि बढाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवम् पार्क निर्माणका लागि पनि आफूले बजेट व्यवस्था गर्ने बताउनुभयो ।


“गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जलविद्युत, जडीबुटी र एवम् अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट विनियोजन हुनेछ ।”

सरकारले सुशासन र सामाजिक न्यायमा विशेष ध्यान दिएको उल्लेख गर्नुहुँदै उहाँले यसबिचमा सरकारले महत्त्वपूण काम गरेको स्पष्ट पार्नुभयो ।

“आगामी आर्थिक वर्षमा देशभर सुशासन एवम् सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।”