• १४ मंसिर २०८१, शुक्रबार

शुक्रबार राष्ट्रपति पौडेल तनहुँको कार्यक्रममा सहभागी हुनुहुने

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

अमरराज नहर्की

तनहुँ, चैत्र २२ गते। राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार गृह जिल्ला तनहुँ आउनुहुने भएको छ।  भिमाद नगरपालिका–६ भिमाद बजारस्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्न  तनहुँ आउनुहुने भएको हो।

सङ्घीय सरकार, स्थानीय सरकार, क्याम्पस तथा चन्दा सङ्कलनबाट गरी करिब एक करोडको लागतमा तीन तले भवन निर्माण गरिएको छ। सो भवनको चैत्र २३ गते बिहान ११ बजे राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पसक प्रमुख केशवराज काफ्लेले जानकारी दिनुभयो। 

राष्ट्रपति पौडेल चौथो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो। 

यसअघि चैत्र १८ गते तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा  जोड्ने त्रिशूली नदीको मोटरेबल पुल उद्घाटन, पुस २० गते भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट शतवार्षिकी, असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आउनुभएको थियो।