चितुवा देखिन थालेपछि सतर्क रहन आग्रह
तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिनुभयो ।
‘विपत् व्यवस्थापन प्राथमिकतामा’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपत् व्यवस्थापन गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भूकम्प सुरक्षा दिवसको अवसर पारेर स्याङ्जाको वालिङमा
गोरखाका एक व्यक्तिमा भेटियो कोरोना
गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीद्वारा आँधीखोलामा उद्धारको पूर्वाभ्यास
मनसुनजन्य विपत्तिबाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप वालिङमा सुरक्षाकर्मीहरुले उद्धारको पूर्वाभ्यास गरेका छन् ।
लोकदोहोरीको मौलिकता जोगाउन प्रतियोगिता
लोकदोहोरी गीतको मौलिकतालाई जोगाउन र प्रवर्द्धन गर्न बेनीमा जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिएको छ ।
स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढ्दै
बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए । स्वास्थ्य बीमा गर्न घरघरमा पुगेका दर्ता सहयोगीलाई स्वास्थ्य बीमाको महत्व बुझाउन मुस्किल थियो । मुस्किलले एक-दुई परिवार बीमामा आबद्ध भए पनि अरुले भने बेवास्ता गरेका थिए ।
असिना पीडित किसानलाई राहत प्रदान
तनहुँको शुक्लागण्डकी नगरपालिकाद्वारा असिनाबाट पीडित एक सय २७ जना कृषकलाई राहत प्रदान गरिएको छ ।
वैकल्पिक सडक स्तरीय बनाइँदै
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गर्न थालिएको छ । लोकमार्गको पाखुट्टे–बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो ।
विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
पोखरेलीको धारामा चाँडै सफा पानी
पोखरा खानेपानी सुधार आयोजनाको काम ९५ प्रतिशत सकिएको छ । चाँडै पोखरेलीको धाराबाट पहिलेभन्दा सफा पानी झर्ने पक्का भएको छ । यसअघि करिब १२ किलोमिटर
दुर्घटनास्थलमा स्मृति स्तम्भ
पोखरा महानगरपालिका–७ र १५ को बिचमा पर्ने सेती खोचमा विमान दुर्घटना हुँदा ७२ जनाको एकै दिन निधन भएको सोमबार एक वर्ष भएको छ । दुर्घटनास्थलमा पोखरा महानगरले स्मृति स्तम्भ
प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’
केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्ने गरेका छन् । जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ ।
तीर्थयात्रीका लागि रत्नेचौरमा धर्मशाला
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला सञ्चालन गरिएको हो ।
पालिकाको बजेटमा सडक कालोपत्रे
आँधीखोला गाउँपालिकामा दुई सडकको दुई किमी सात सय मिटर कालोपत्रे गरिएको छ । पालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गरेको हो । यहाँको वडा नं. २ को जरेखोला–भण्डार थुम्का–मडुवा सडक दुई किमी एक सय मिटर र वडा नं. ५ को गावटे नाम्चेडाँडा छहरे सडक छ सय मिटर कालोपत्रे गरेको हो ।
सुन्तला बेचेर कृषकले कमाए ३० करोड रुपियाँ
तनहुँका कृषकले यस वर्ष सुन्तला बेचेर ३० करोड रुपियाँ आम्दानी गरेका छन् । सुन्तला खेती विस्तार र उत्पादन वृद्धि भएकाले गत वर्षभन्दा चार करोड रुपियाँले बढी सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले बताउनुभयो ।
‘हरायो माघे सङ्क्रान्तिको रौनकता’
बढ्दो आधुनिकता र पश्चिमा संस्कृतिका कारण पछिल्लो समय मौलिक संस्कृति हराउँदै गएका छन् । परम्परादेखि मनाइँदै आएका चाडपर्व तथा रीतिरिवाज अहिले त्यसको महत्त्व नदिएको पाइन्छ ।
दुई विधेयक पारित गर्दै सकियो रेसुङ्गाको नगर सभा
दुई विधेयक सर्वसम्मत पारित गर्दै गुल्मीको रेसुङ्गा नगरपालिकाको नगर सभा सकिएको छ । यस नगरपालिकाको १४ औँ नगर सभामा विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेयले दुई विधेयक १४ औँ नगर सभामा प्रस्तुत गर्नुभयो ।
‘राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा सत्तासाझेदार दललाई सहज’
यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट चार दलका आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
स्याङ्जामा कोदो उत्पादन वृद्धि
माग बढेसँगै स्याङ्जामा कोदो उत्पादनमा सामान्य वृद्धि भएको छ । यस वर्ष १४ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा १६ हजार २४२ मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
आफ्नै प्रयासमा संरचना बनाएर क्रिकेट खेल्दै खेलाडी
म्याग्दी जिल्लामा क्रिकेट खेल्नका लागि पर्याप्त पूर्वाधार छैन । मैदानको अभावमा स्थानीय क्रिकेट प्रेमीहरू अहिले आफ्नै प्रयासमा मैदान जोहो गरी क्रिकेट खेल्ने इच्छा पूरा गरिरहेका छन् ।
यति विमान दुर्घटनाको वार्षिकीमा भावुक पोखरेली
पोखरा महानगरपालिका–७ र १५ को बिचमा पर्ने सेतीखोंचमा विमान दुर्घटना हुँदा ७२ जनाको एकै दिन निधन भएको एक वर्ष भएको छ । माघे सङ्क्रान्ति मनाउँदै गरेका पोखरेली यति एयरको दुर्घटनाले गत वर्ष विक्षिप्त बनेका थिए ।
ठक्करबाट पैदलयात्रीको मृत्यु
स्याङ्जाको कालीगण्डकीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
आँधीखोलामा पाचँ दिने निःशुल्क दन्त शिविर
आँधीखोला गाउँपालिकामा पाँच दिने निःशुल्क दन्त शिविर हुनेभएको छ । गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले माघ २ गतेदेखि ६ गतेसम्म पालिका परिसरमा शिविर सञ्चालन हुने बताउनुभएको हो ।
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेको पीडा उस्तै
माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त हुनुहुन्थ्यो । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा हुनुहुन्थ्यो । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउनुहुने जानकारी प्रतिभालाई थियो ।