• १३ मंसिर २०८१, बिहिबार

काहुँडाँडामा अन्तर्राष्ट्रिय योग फेस्टिवल

blog

योग फेस्टिवलका सहभागीहरु ।

फडिन्द्र अधिकारी

लेखनाथ, चैत २४ गते । पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल जारी छ । पोखरा महानगरपालिका –११ मा पर्ने काहुँडाँडामा शुक्रबारदेखि सुरु भएको फेस्टिवल आइतबारसम्म चल्नेछ ।

योग कनेक्सनले आयोजना गरेको फेस्टिवलमा विदेशी नागरिकको पनि सहभागिता छ । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् र पोखरा वडा ११ को कार्यालयले समेत सघाएको महोत्सव शारीरिक र मानसिक स्वास्थ्यका लागि योग जरुरी छ भन्ने बुझाउन आयोजना गरिएको आयोजकले जनाएको छ । 

पर्यटकलाई होमस्टेमा राखेर आवासीय सुविधासहित महोत्सव भइरहेको स्पेक्स फोर्टिनका महेश्वरसिंह भण्डारीले बताउनुभयो । पोखरालाई पर्यटनको राजधानी घोषणापछि यस्ता कार्यक्रमले समेत पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास उहाँको छ । 

फेस्टिवलमा योगासन (हठ, विन्यास, क्रिया), प्राणायम र मेडिटेसन, हवन, साउण्ड बाथ एक्सटेटिक डान्स, कीर्तन सिङिङ सर्कल, काकाओ सेरेमोनी, इनर चाइल्ड हिलिङ, योग निद्रा, लाइभ म्युजिक, ह्युमन मण्डला वर्कशव, नादा योगा, फायर सो लगायतका कार्यक्रम भइरकेको प्रचार नेपालका आशीष पुरीले जानकारी दिनुभयो ।