• १२ साउन २०८१, शनिबार

बेनीबाट घोडेपानी जाँदै गरेको बस दुर्घटना, २१ घाइते

blog

सडकको भित्तामा जोतिएर दुर्घटना भएको बस । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, चैत २३ गते । म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेको बस दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो ग १ ख ५६५५ नम्बरको बस बेनी बजारदेखि एक किलोमिटर अगाडि पुगेर सडकको भित्तामा जोतिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले भरत श्रेष्ठले बताउनुभयो ।

गाडी एक्कासी गएर सडकको भित्तामा ठोक्किएको देखिएको भए पनि दुर्घटनाको अन्य कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।

बसका चालक अधिकार सापकोटासहित २१ जना घाइते भएको र घाइतेको पहिचान खुल्न बाँकी रहेको उहाँले बताउनुभयो । गाडीमा बालबालिकासहित २४ जना सवार रहेको डिएसपी श्रेष्ठको भनाइ छ ।