पोखरा जेसीजको स्वर्ण जयन्ती सम्पन्न
पोखरा जेसीजको स्वर्ण जयन्त सम्पन्न भएको छ । अध्यक्ष देवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
जङ्गलभर गुराँस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँसको फूल र जङ्गलमा चर्दै गरेका घोडा ।
मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा सञ्चालित मोटरबोटको उद्घाटन
गण्डकी प्रदेश सरकारका मन्त्री हरिबहादुर चुमानले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा सञ्चालनमा ल्याएको मोटरबोटको उद्घाटन गर्नुभएको छ ।
गल्याङ कप भलिबलमा १० टोली
गल्याङ नगरपालिका ३ खेलमैदानमा प्रथम गल्याङ कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
पोखरामा बक्यौता कर उठाउन समिति
पोखरा महानगरपालिकाले सटर कवल बहाल बक्यौता असुलीका विषयमा अध्ययन गरी सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गरेको छ ।
मर्स्याङ्दीकाे जलाशयमा मोटरबोट सञ्चालन
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनमा ल्याइएको छ ।
अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको हो ।
विद्यालयमा पुगे पाठ्यपुस्तक
यस वर्षको शैक्षिक सत्र सुरु हुन लाग्दा नै जिल्लाका सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । विगतका वर्षमा सबै सामुदायिक विद्यालयमा समयमा पाठ्यपुस्तक पुग्न नसक्दा पढाइ प्रभावित हुँदै आएकोमा यो वर्ष भने चैत मसान्तभित्रै सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको जिल्ला शिक्षा समन्वय एकाइ पूर्वी नवलपरासीका प्रमुख रुद्र शर्माले बताउनुभयो । सामुदायिक विद्यालयका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सरकारले पालिकालाई समेत समयमै बजेट उपलब्ध गराएका कारण यो वर्ष जिल्लाका सबै सामुदायिक विद्यालयले पाठ्यपुस्तक पाएका र अब वैशाखको पहिलो हप्तासम्म सबै विद्यार्थीको हातमा पुस्तक पु¥याउने र दोस्रो हप्तादेखि पढाइ सुरु गरिने गरी आवश्यक परिपत्र गरिएको प्रमुख शर्माले बताउनुभयो ।
यार्चागुम्बा सङ्कलन गर्न अनुमति
वैशाख पहिलो हप्ताबाट मनाङमा यार्चागुम्बा सङ्कलनका लागि अनुमति दिइने भएको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले विकट पालिका नार्पाभूमिको नार र फुबाहेक अन्य स्थानमा मनाङीलगायत अन्य जिल्लावासीका लागि अनुमति दिने गरी तयारी थालिएको जानकारी दिनुभयो । मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्चागुम्बाका लागि उपयुक्त यामका रूपमा लिइन्छ । यार्चागुम्बा खोज्ने क्रममा २०६६ सालमा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि मनाङको साबिकको नार र फु गाउँ विकास समितिमा यार्चागुम्बा सङ्कलन रोकिएको थियो ।
एसइईपछि सिप सिक्दै विद्यार्थी
बुलिङटार गाउँपालिका– ४ का १६ वर्षीय असिम सुस्लिङ मगरले एसइईको परीक्षा सकेर नतिजा नआउँदासम्म सिप सिक्न लाग्नुभएको छ । उहाँले बाँसको चोयाबाट डोको, नाम्लो, डाला, सुपो, ढकिया बनाउने सिप सिक्न व्यस्त हुनुहुन्छ । उहाँ यस्तो सिपले गाउँमै राम्रो आम्दानी गर्न सकिने, स्वरोजगार बन्न सकिने भएकाले सिप सिक्न लाग्नुभएको हो । बुलिङटार–४, अर्खलास्थित सेतीनाग माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर सुस्लिङ मगर यो पेसा व्यवसायबाट गाउँमै धेरै राम्रो आम्दानी गरिरहेको बताउनुहुन्छ ।
जङ्गलभरि ढकमक्क फुलेको गुराँस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँसको फूल र जङ्गलमा चर्दै गरेका घोडा । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीको आकर्षण गुराँसे जङ्गल हो ।
पर्यटन राजधानी पोखरामा नयाँ वर्षको भव्य स्वागत
देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्षको भव्य स्वागत गरिएको छ । यहाँस्थित प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट शुक्रबार मध्यरातमा नयाँ वर्षको स्वागत गरिएको हो ।
एमाले बागलुङको अध्यक्षमा केसी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबारदेखि बागलुङ बजारमा सुरु भएको १० औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन हुनुभएको छ ।
कट्टेल चोकदेखि कट्टेल डाँडासम्म कालो पत्रे सुरु
गोरखा सदरमुकामबाट नजिकै रहेको ऐतिहासिक तथा सु–प्रसिद्ध वैदिक थलोको रूपमा प्रख्यात ठाउँ गोरखा सदरमुकामबाट झण्डै दुई किलोमिटरको दूरीमा पर्ने कट्टेल चोक देखि कट्टेल डाँडासम्म सडक कालोपत्रे सुरु भएको छ ।
मनै लोभ्याउने गोरखाको न्याउली झरना
उत्तरी गोरखाको नयाँ पर्यटकीय गन्तव्यका रुपमा ‘न्याउली झरना’को विकास हुँदै गएको छ । न्याउली झरना आफैँमा मनमोहक र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।
एमाले पर्वत अध्यक्षमा पहाडी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित हुनुभएको छ । पहाडीले निकटतम प्रतिद्वन्द्वी पदमपाणि शर्मा भन्दा एक सय २१ मत बढी प्राप्त गर्नुभएको हो ।
गण्डकी बोर्डिङका प्रधानाध्यापकसहित आठविरुद्ध वन मुद्दा
विद्यालय हाताभित्र रहेका रूख कानुन विपरीत काटेर बिक्री गरेको अभियोगमा गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित आठ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ।
पर्यटक सूचना केन्द्र पुनः सञ्चालनमा
म्याग्दी जिल्ला भित्रका अधिकांश पर्यटकीय स्थलहरूको जानकारी प्रदान गर्नका लागि स्थापित पर्यटक सूचना केन्द्र नव वर्षको अवसरबाट पुनः सञ्चालनमा आएको छ ।
लेक लागेर २९ जनाको मृत्यु
हिमालपारीको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटक २९ जनाको लेक लागेर ज्यान गएको छ ।
कान्छी शिक्षिकाहरू भन्नुहुन्छ –विदेश होइन स्वदेशमै मेहनत गर्नुपर्छ
सुष्मिता रानाभाट र अञ्जना भण्डारीले तनहुँको कान्छी स्थायी शिक्षक भनेर अहिले सामाजिक सञ्जालदेखि समाजसम्म चर्चा कमाइरहनु भएको छ ।
द्वन्द्वपीडितको माग स्वास्थ्य शिक्षा र रोजगारी
द्वन्द्वप्रभावितले राज्यबाट अझै न्याय, सम्मान र संरक्षण नपाएको गुनासो गरेका छन् । तीन तहकै सरकारले द्वन्द्वमा मारिएका, बेपत्ता पारिएका, अङ्गभङ्ग बनाइएका, यातना दिइएका र विस्थापित पारिएका परिवारलाई सम्हाल्ने ठोस योजना नबनाएको द्वन्द्वपीडितको आरोप छ । सङ्घीयता र संविधान निर्माणपछिका वर्षमा समस्या समाधानमा ठोस कदम नचालिएको बरु नेताले ‘खोलो तर्ने लौरो बिर्सने’ गरेको गुनासो द्वन्द्वपीडितको छ ।
बेनी–कोरलाको ४८ किलोमिटर सडक कालोपत्र
दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ ।
पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण
तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो ।
चैते धान प्रवर्द्धन गर्न कृषकलाई अनुदान
कृषि ज्ञानकेन्द्र तनहुँले चैते धानखेती प्रवर्द्धन गर्न कृषकलाई अनुदान दिएको छ । चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत कृषकलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको हो ।