• १४ मंसिर २०८१, शुक्रबार

पोखरा जेसीजको स्वर्ण जयन्ती सम्पन्न

blog

पोखरा, वैशाख २ गते । पोखरा जेसीजको स्वर्ण जयन्त सम्पन्न भएको छ । अध्यक्ष देवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा, जेसीजको झण्डा र पोखरा जेसीजको स्वर्णजयन्ती बिशेष झण्डा प्रमुख अतिथि मेयर आचार्य, नेपाल जेसीजका अध्यक्ष सिनेटर रविन पोख्रेल र जेसीआईका उपाध्यक्ष सिनेटर कोई ओएले झण्डात्तोलन गर्नुभएको थियो। 

सो अवसरमा मेयर आचार्यले पोखरा जेसीज परिसरमा स्वर्णजयन्ती बिषेश स्तम्भको अनावरण गर्नुभएको थियो। सो अवसरमा जेसीजको स्वर्णजयन्तीको लोगो, पिन र स्वर्णजयन्ती लोगो अंकित चाँदीको सिक्का अनावरण गरिएको छ । कार्यक्रममा पोखरा जेसीका संस्थापक र पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो। 

मेयर आचार्यले पोखरा निर्माण र बिकासमा स्थापना कालदेखि नै पोखरा जेसीजको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो। 

कार्यक्रममा जेसीआईका उपाध्यक्ष सिनेटर कोई ओएले पोखरा साच्चिकै सुन्दर रहेको बताउदै पोखरा जेसीजले निर्माण गरेको इतिहास साच्चिकै प्रसंशनीय रहेको बताउनुभयो। नेपाल जेसीजका अध्यक्ष सिनेटर रविन पोख्रेलले युवाहरूको नेतृत्व र व्यक्तित्व क्षमता बिकासमा पोखरा जेसीजको भुमिका प्रसंशनीय रहेको बताउनुभयो। 

पोखरा जेसीजका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर हरिकृष्ण बास्तोला, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसीआईका पूर्व कार्यकारिणी उपाध्यक्ष सिनेटर सन्तोष रिजाल, रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनि बिनोद कोईराला, लायन्स क्लव ईन्टरनेशनल ३२५ के का डिष्ट्रिक गभर्नर सुचित्रा थापा लगायतले धारणा राख्नुभयो ।