सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प
पुस पहिलो हप्तासम्म पर्यटकले भरिभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचार-प्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ ।
आँधीखोला तर्न बाँसबाट बनाइएको फड्के
स्याङ्जाको भीरकोट नगरपालिका ४ र ५ को बीच सिम्लेमा आँधीखोला तर्नकालागि बाँसबाट बनाइएको फड्के । हिउँदको समयमा स्थानीयहरु फड्केको सहारामा खोला तर्दै आएका छन्
पोखरामा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
कास्कीको पोखरा महानगरपालिका वडा नं.१८ चिसाखोला नजिक बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ब्यारेज पुलबाट खसेर एकको मृत्यु
पूर्वी नवलपरासीको विनयीत्रिबेणी गाउँपालिकाको त्रिवेणी ब्यारेजको पुलबाट खसेर एक जनाको ज्यान गएको छ ।
‘पक्की सडक आउँदा सबै दुःख भुलिन्छ’
“मैले गाडी चलाउन लागेको २० वर्ष भइसक्यो । तर अहिलेको जस्तो बिग्रिएको बाटोमा गाडी चलाउनु परेको थिएन”, पृथ्वी राजमार्गमा बस सञ्चालन गर्दै आउनुभएका चालक बाबुराम सापकोटाले भन्नुभयो, “अहिले त गाडी चलाउँदै गर्दा पक्की सडक आए पनि सबै दुःख भुलिन्छ जस्तो लाग्छ ।”
कोटगढीमा धार्मिक महोत्सव
गोरखाको पालुङटार नगरपालिका–१० मिरकोटको कोटगढीमा धार्मिक महोत्सव हुने भएको छ ।
गोठमै मितेरी साइनो लगाउँदा...
गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ ।
सडक निर्माणले गति नलिँदा सास्ती
नवलपुरको विनयीत्रिवेणी गाउँपालिकाका दुई वडाका बासिन्दालाई आफ्नै पालिका पुग्न लुम्बिनी प्रदेशको बाटो हुँदै जानुपर्ने बाध्यता छ । त्रिवेणी क्षेत्रका दुई वटा वडाका बासिन्दाले सहज बाटो नहुँदा धेरै सास्ती खेप्नु परेको छ । गण्डकी प्रदेशको गौरवको आयोजना रहेको त्रिवेणी–कोरला मार्गको दुम्कीबास–त्रिवेणी सडकखण्ड निर्माण हुन सकेको छैन ।
चिसो बढेपछि उपत्यकाका विद्यालय बन्द
अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भने एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ ।
नेपाली कांग्रेस ‘मास बेस’ पार्टी हो : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस ‘क्याडर बेस’ नभई ‘मास बेस’ पार्टी भएको बताउनुभएको छ ।
५५ वर्षीय पुनलाई 'क' वर्गको अपाङ्गता परिचयपत्र
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्ना नागरिकको सहजताको लागि घरघरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।
सुनजस्तै तनहुँका सुन्तला
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु. ७५ लाख आम्दानी गर्नुभयो । विसं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उहाँले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।
‘उपभोक्ताले खानेपानीको समस्या भोग्न नपर्ने’
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उपभोक्ताहरुले खानेपानीको समस्या भोग्न नपर्ने बताउनुभएको छ ।
आयुसलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदै छ ।
कांग्रेस नेतृ पोख्रेलको निधन
नेपाली कांग्रेसकी नेतृ द्रौपदी शर्मा पोख्रेलको एक सय एक वर्षका उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ ।
बेवास्तामा वाल्मीकि आश्रम
माघ ८ अर्थात् जनवरी २२ सोमबारका दिन भारत अयोध्यामा नवनिर्मित भगवान् राममन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । नेपालका मठमन्दिरमा दीपावली गरी उत्सवका रूपमा मनाइएको छ तर भगवान् रामसँग जोडिएको ऐतिहासिक तथा पौराणिक क्षेत्र वाल्मीकि आश्रम भने यतिबेला ओझेलमा परेको छ । वाल्मीकि ऋषिले तपस्या गरेको, लवकुशको जन्म भएको, सीता भासिएको स्थान वाल्मीकि आश्रम अहिले संरक्षण अभावमा ओझेलमा परेको हो ।
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ ।
सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् ।
विद्यार्थीको बैक खाता अनिवार्य
शैक्षिक गुणस्तर वृद्धिको अग्रसर फेदीखोलाँ गाउँपालिकाले हरेक विद्यार्थीको बचत खाता सञ्चालन अभियान अगाडि बढाएको छ ।
तरङ्ग खोलाको पुल निर्माण अलपत्र ठेकेदार फरार
कालीगण्डकी कोरिडोरमा निर्माणाधीन पुल अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीले बिचैमा काम छाडेर फरार भएपछि पुल निर्माण अलपत्र भएको हो ।
‘लोकतन्त्र बलियो बनाउन काँग्रेस बलियो हुनुपर्छ’
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन कांग्रेस सुदृढ हुनुपर्ने बताउनुभएको छ ।
अयोध्या लगिएको देवशिला स्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै
भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ ।
स्याङ्जा कांग्रेसको सम्मेलन माघ १० गते
नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन माघ १० गते सदरमुकाम स्याङ्जामा हुने भएको छ । सम्मेलनलाई सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू जिल्ला आउनुहुने नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।
अवैध चोरी सिकारी रोक्न पर्वतमा लाटोकोसेरो उत्सव
किसानको साथीका रूपमा परिचित लाटोकोसेरो र हुचिलको अवैधरुपमा चोरी सिकारी रोक्न यहाँ लाकोटोसेरो र हुचिल उत्सव हुने भएको छ । प्रसिद्ध पर्यटकीय क्षेत्र जलजला गाउँपालिका-५ लोप्रेमा यही माघ १९ र २० गते लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो ।