बाँदरले सताएपछि रुख काट्दै गाउँले
पछिल्लो समय बाँदर वनजङ्गलमा बस्न छोडेर गाउँ पस्न सुरु गरेका छन् । घरनजिकै रहेका ठुला रुख र बाँसघारीमा बस्ने र मौका पर्दा घरभित्रै छिरेर अन्नपात खाइदिने गरेको भन्दै गुनासो आउने गरेको छ । बाँदरले दैनिक करेसाबारीमा लगाएको तरकारी र फलफूल खाने तथा बिगार्ने गरेका छन् । घरनजिक ठुला र अनावश्यक रुख हुँदा बाँदर घरमा नै आएको र समस्या बनाएको भन्दै वालिङका विभिन्न ठाउँमा यस्ता रुख कटान गर्न थालिएको छ । वालिङ नगरपालिका–६, ८ र १४ का विभिन्न ठाउँमा रुख कटान गर्ने काम भइरहेको वडा कार्यालयले जनाएका छन् ।
दुना टपरी उद्योगबाट मासिक चार लाख आम्दानी
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं १६ मा सालको पातको दुना,टपरी बनाएर बिक्री गर्ने र विदेश जानेहरूलाई प्रेरणाका स्राेत मात्रै होइनन कमाई लिन र रोजगारी दिन दुवै सक्षम भएका छन् दुना टपरी व्यवसायी वासुदेव गिरी ।
शहीद दिवसमा सार्वजनिक बिदा
शहीद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । माघ १६ गते मङ्गलवार सार्वजनिक बिदा दिने कार्यपालिकाको बैठकले निर्णय गरेको प्रमुख प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुबेदीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
एटिएम फोड्न खोज्ने एक पक्राउ
कास्की प्रहरीले बैङ्कको एटिएम फोड्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेललाई पक्राउ गरेको हो ।
सहकारीमा ठगी गर्ने ३ विरुद्ध डिफ्युजन नोटिस जारी
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगका मुख्य आरोपी संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको छ ।
तातोपानी कुण्डको आकर्षण बढ्दै
वि.सं.२०४२ देखि म्याग्दीको बेनी नगरपालिका-४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवद्र्धन भइरहेको छ ।
कफी खेतीमा कृषकको आकर्षण बढ्दो
पूर्वी नवलपरासीको पहाडी भेगका गाउँमा कफी खेती गर्ने किसानहरू बढ्दै गएको छ । सामान्य कफी खेतीबाट सुरु गरेका किसानले अहिले भने व्यावसायिक रूपमा सुरु गर्न थालेका छन् ।
अनुदानले तोरी खेतीप्रति आकर्षण
हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ ।
ढुङ्गामा कला भर्दै गोविन्द बोटे
इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागिपर्नुभएको छ ।
फराकिलो सडकमै दुर्घटना धेरै
कास्कीमा चालु आर्थिक वर्षको छ महिनामा ५० वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर २२ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७७/७८ मा भएका सवारी दुर्घटनाको सङ्ख्या ६४ थियो । उक्त दुर्घटनामा परेर ४३ जनाको ज्यान गएको र ३२ जना गम्भीर घाइते भएका थिए ।
च्याउ खेतीप्रति बढ्यो आकर्षण
सामूहिक च्याउ खेतीबाट राम्रो आम्दानी लिन सफल भएपछि गैँडाकोट नगरपालिका–४ का महिलाको जीवनस्तर पनि परिवर्तन हुँदै गएको छ । पूर्वी नवलपरासी देशकै धेरै च्याउ उत्पादन हुने जिल्लाको सूचीमा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गैँडाकोट, देवचुली कावासोती, मध्यबिन्दु नगरपालिकाका धेरै स्थान च्याउ खेतीका लागि उर्वर मानिन्छ । यो जिल्लाबाट वार्षिक ४० टन कन्ने च्याउ उत्पादन गरी वार्षिक चार करोड रुपियाँसम्मको च्याउ उत्पादन तथा बिक्री हुने गरेको केन्द्रले जनाएको छ । गैँडाकोटका स्वावलम्बी महिला समूहका महिलाले व्यावसायिक रूपमा च्याउ खेती गरिरहेका छन् ।
सडक कालोपत्रे नहुँदा मुख्यमन्त्रीसँग प्रश्न
शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके । सुरक्षाकर्मीसहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे गाडीबाट झरेर स्थानीयको कुरा सुन्न थाल्नुभयो । ठेक्का सम्झौता भएको सात वर्षसम्म पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड कालोपत्र नभएको भन्दै स्थानीयले मुख्यमन्त्री पाण्डेसँग आक्रोस पाखे ।
दुर्घटनामा युवकको मृत्यु
पृथ्वीराज मार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आइतबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार चालकको मृत्यु भएको छ ।
सुस्तावासी नागरिकताबाट वञ्चित
नेपाली भूमि बचाउन वर्षौंदेखि लडिरहेका अधिकांश सुस्तावासी नेपाली नागरिकताबाट वञ्चित छन् । सुस्तामा हाल २६५ घरधुरीका तीन हजार १३३ जनसङ्ख्या रहेकामा झन्डै एक तिहाइले मात्र नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय, पश्चिम नवलपरासीका अनुसार सुस्ताका एक हजार ८३ जनाले मात्र नेपाली नागरिकता पाएका छन् । सुस्ता–५ का वडाध्यक्ष प्रभुनाथ यादवका अनुसार उमेर पुगिसकेका एक हजारभन्दा बढीलाई तत्काल नागरिकता दिनुपर्ने देखिएको छ ।
पूर्वी नवलपरासीमा ४० कुष्ठरोगी फेला
नेपाल कुष्ठरोगमुक्त मुलुक घोषणा भइसके पनि बेला–बेलामा कुष्ठरोग सङ्क्रमित व्यक्तिहरू देखा परेको देखिएको छ ।
आहा रारा गोल्ड कप : सङ्कटालाई हराउँदै आर्मी सेमिफाइनलमा
साबिक विजेता सङ्कटामाथि सहज निकाल्दै त्रिभुवन आर्मी क्लब २३औँ आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।
करेन्ट लागेर एकको मृत्यु
पुतलीबजार नगरपालिका –८ काहुलेमा करेन्ट लागेर आइतबार एक महिलाको मृत्यु भएको छ ।
सङ्कटमा पर्दै आरन व्यवसाय
फलामबाट विभिन्न औजार निर्माण गर्ने आरन व्यवसाय पछिल्लो केही समययता सङ्कटमा पर्न थालेको छ । पुस्तौँदेखि अँगाल्दै आएको यो व्यवसाय पुस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दै गएको हो ।
पोखरामा रोकिएन ट्याक्सीको मनोमानी
गण्डकी प्रदेश सभाका सदस्य भोजराज अर्याललाई शुक्रबार बिहान ९ बजेअगावै प्रदेश सभा सचिवालय पुग्नुपर्ने थियो ।
राइनासकोटको पर्यटन : इतिहास, संस्कृति र प्रकृतिको सम्मिश्रण
नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ
नयाँ संरचनाले फेरियो विद्यालयको स्वरुप, विद्यार्थीका आकर्षण बढ्दै
पछिल्लो समय गाउँगाउँमा रहेका सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार गर्दै गएका छन् । विद्यार्थीको आकर्षण बढाउन आधुनिक शिक्षा प्रणालीसँगै विद्यालयको संरचना आकर्षक बनाउन सामुदायिक विद्यालयले ध्यान दिँदै आएका हुन् ।
दैनिक तीन घण्टा हिँडेर सेवा दिँदै वडाध्यक्ष
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका वडाध्यक्ष पदमबहादुर पुनले जनतालाई सेवा दिन दैनिक तीन घण्टा पैदल हिँड्ने गर्नुभएको छ । बिहानै उठ्यो गोठमा रहेका पशुको हेरचाह अनि बाख्रालाई घाँस काटेर ल्याएर थन्काएपछि भएका अरू काम गर्ने र खानापछि झन्डै डेढ घण्टा लगाएर वडा कार्यालय पुग्नुहुन्छ। अनि फर्कंदा पनि पैदलै डेढ घण्टाको यात्रा सकेर घरमा आइपुग्नुहुन्छ।
बसपार्क सञ्चालनमा ढिलाइ
बागलुङमा निर्माण गरिएको आधुनिक बसपार्क प्रयोगविहीन भएको छ । बागलुङ नगरपालिका–४, उपल्लाचौरमा करिब नौ करोड रुपियाँ लागतमा निर्माण भएको उक्त बसपार्क निर्माण सम्पन्न भएको साढे दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । बसपार्कका लागि जग्गा उपलब्ध गराउने जग्गादाता र नगरपालिकाबिच भएको सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदा बसपार्क सञ्चालन गर्न समस्या भएको हो । नगर विकास कोषको ऋण सहयोगमा नगरपालिकाले ठेक्कामार्फत २०७८ असारमा बसपार्क निर्माण सम्पन्न गरिएको थियो । बसपार्कमा सुविधासम्पन्न टिकट कक्ष, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ ।
व्यक्तिगत लगानीमा जीर्ण पाटीको संरक्षण गर्दै ‘तनहुँका घले’
तनहुँको सदरमुकाम दमौलीस्थित सेती र मादीको सङ्गमस्थल नजिकै दमौलीघाट पर्छ । घाट जाने बाटो छेउमा कलात्मक बुटाले कुदिएको जीर्ण अवस्थामा एउटा पाटी छ । जुन व्यास नगरपालिका–३ स्थित देउराली नगरमा पर्छ ।