गण्डकी प्रदेशमा योजना कार्यान्वयन सुस्त
गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई आफ्ना वार्षिक नीति तथा कार्यक्रमलाई गति दिन सुझाव दिइएको छ । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको बुधबारको बैठकमा समितिका सभापति, सदस्यलगायतले चालु आवको बजेट आएको आठ महिना बित्न लाग्दासमेत मन्त्रालयका योजना कार्यान्वयनमा सुस्तता देखिएको बताएका हुन् ।
मौलिक घर
बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा बनेका काठ, माटो र ढुङ्गाले बनेका मौलिक घर । पछिल्लो समय ढोरपाटन उपत्यका क्षेत्रमा मौलिक घर मासिन थालेका छन् ।
आहा रारा गोल्ड कप : जावलाखेललाई हराउँदै थ्री स्टार फाइनलमा
जावलाखेल यूथ क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
तोरीखोला गाउँ
बागलुङको गलकोट नगरपालिका–२ स्थित तोरीखोला गाउँ । यहाँ रहेको बाक्लो बस्तीले आन्तरिक तथा बाह्य पर्यटकलाई अकर्षित गर्ने गर्छ ।
रङ्गिन कटन क्यान्डी बिक्री गर्न प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय तनहुँले ‘रङ्गिन कटन क्यान्डी’ बिक्री–वितरणमा प्रतिबन्ध लगाएको छ ।
मंगलाघाटमा झोलुङ्गे पुल निर्माण सुरु
म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा पुरानै स्वरूपमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।
बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको निधन
नवलपुरमा बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको ६३ वर्षको उमेरमा निधन भएको छ ।
गण्डकीको प्रादेशिक सडक विधेयकको मस्यौदा तयार
गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ ।
कावासोती नगरपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम
नवलपुरका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा कावासोती नगरपालिका प्रथम भएको छ ।
दुर्घटनाबाट ६ महिनामा २१ को मृत्यु
नवलपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । जिल्लामा भएका ७० दुर्घटनामा २१ जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।
आँबुखैरेनी गाउँपालिकाले लगानी सम्मेलन गर्ने
तनहुँको आँबुखैरेनी गाउँपालिकाले लगानी सम्मेलन गर्ने भएको छ ।
माछा खान माझीकुना
स्ती बस्नुपूर्व माझीकुना चलचित्र छायाँकन र पर्यटकको ‘क्याम्पिङ’स्थलका रूपमा मात्र चिनिन्थ्यो । अहिले माझीकुनाको परिचय बदलिएको छ, फैलिएको छ । माझीकुनालाई माछाले जति अरु चीजले सायदै चिनाएको मान्नुहुन्छ, स्थानीय रेष्टुराँ व्यवसायी टेकबहादुर जलारी ।
मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल
पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३÷११ केभी क्षमताको सबस्टेशनको परीक्षण गरिएको हो । निर्माण कम्पनी एटुुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुुइँटेलले प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको जानकारी दिनुभयो ।
स्याङ्जा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्याङ्जा उद्योग वाणिज्य संघको ३८ औँ साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा महादेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठले निकटतम प्रतिस्पर्धी हिक्मत कुमार श्रेष्ठलाई आठ मतले पराजित गर्दै निर्वाचित हुनु भएको हो ।
न्यानोमा गाउँ, जाडोमा पोखरा
अहिले उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री सेल्सियसभन्दा कम छ । यस्तो ठिहीमा अभिभावकसँगै बेँसी झरेका बालबालिका घुम्ती विद्यालयमा छन् । कात्तिकमा बेँसी झरेका घुम्ती विद्यालय वैशाखमा मात्रै फर्कन्छन् । तिब्बतसँग सीमा जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सबै विद्यालय अहिले बेँसीमा सारिएका हुन् । लोघेकर–२ को घमी आधारभूत विद्यालयले भने दुई महिना बिदा गरेको छ । तल्लो मुस्ताङका घरपझोङ, थासाङ र बारगुङ मुक्तिक्षेत्र गाउँपालिकाका सबै विद्यालयले पुस र माघ बिदा दिने गरेका छन् ।
मनाङ ङिस्याङ र नार्पाभूभि स्वमूल्याङ्कनमा समान अङ्क
चार पालिका रहेको मनाङमा चामे गाउँपालिकाले संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लामै उत्कृष्ट अङ्क प्राप्त गरेको छ ।
तनहुँको म्याग्दे गाउँपालिका संस्थागत स्वमूल्याङ्कनमा प्रथम
स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको म्यादे गाउँपालिका गण्डकी प्रदेशमै पहिलो भएको छ । हालसम्म सार्वजनिक नतिजा अनुसार सो गाउँपालिका ९४.५ अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको हो ।
विमान दुर्घटनामा निधन भएका पत्रकारद्वयको ‘स्मृति दर्पण’
गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा निधन हुनुभएका पोखराका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ ।
लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु
पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडमा लिफ्टबाट खसेर एक जनाको मृत्यु भएको छ। मङ्गलबार दिउँसो १ बजेतिर लिफ्टबाट खसेर ३७ वर्षीय प्रवीण भट्टराईको मृत्यु भएको हो।
लोकमार्गको पर्वत खण्डमा पुल निर्माण हुँदै
पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा ४ वटा मोटरेवल पुल निर्माण हुने भएको छ ।
खानेपानीको चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम
स्यापोरो वाटर वर्कस् ब्युरो जापानको सहयोगमा प्यारो हरियो नेपाल र नेपाल खानेपानी संस्थान काठमाडौँको सहयोगमा आजदेखि पोखरामा दुई हप्ता समयावधिको खानेपानी चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम सुरु भएको छ ।
आर्मीका खड्कालाई व्यास अल्ट्रा म्याराथन उपाधि
सहिद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आयोजित ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका जुनेश खड्काले जित्नुभएको छ ।
रुखले किचेर एकको मृत्यु
रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका-३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो ।
बाँदर नियन्त्रणका लागि ‘मेरो रुख म काट्छु’ अभियान
पोखरा महानगरपालिका १९ लामाचौरले पोखरामा बाँदर नियन्त्रणका लागि रुख कटान गर्ने अभियान चलाइएको छ ।