प्रभावकारी काम गरे पार्टी बलियो हुन्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले प्रभावकारी काम गरेमा पार्टी अझ बलियो हुने बताउनुभएको छ ।
नयाँ पदमार्गको पहिचान गर्न पदयात्रा
म्याग्दीको पर्यटकीयस्थल टोड्के हुँदै धौलागिरी आधारशिविर जाने नयाँ पदमार्गको पहिचान गर्न पर्यटन व्यवसायीसहितको टोली पदयात्रामा निस्केको छ ।
उत्तरगङ्गा जलविद्युतको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत
बहुप्रतिक्षित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि कानुनी अड्चन हटेको छ । सरकारको प्राथमिकताको आयोजनाका रुपमा रहेको बागलुङको ढोरपाटन उपत्यकामा बनाइने उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि कानुनी बाटो खुला भएको छ ।
टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन सुरु
गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जोड्ने टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुुगङ्गा गाउँपालिकासँगको समन्वयमा टे«किङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा शनिबारदेखि पदमार्गको खोज, अनुुसन्धान तथा प्रवद्र्धन कार्यक्रम सुुरु भएको हो ।
पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माण हुँदै
बागलुङ नगरपालिका-६ पञ्चकोटमा विभिन्न धार्मिक संरचनासहित विश्वशान्ति गण्डकी कलशको निर्माणका लागि शिलान्यास गरेको नौ वर्ष पूरा भयो ।
तनहुँमा ‘अफ्रिकन स्वाइन फिवर’बाट बङ्गुर बिरामी
तनहुँमा बङ्गुर तथा सुँगुरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण फैलिन थालेको छ । रोग फैलिन थालेपछि जिल्लाका दुई नगरपालिकाले बङ्गुर तथा सुँगरको ओसारपसारमा प्रतिबन्ध लगाइएका छन् । भिमाद र भानुले प्रतिबन्ध लगाएका हुन् ।
आहा रारा गोल्डकप : आजदेखि क्वाटरफाइनलका खेल
पोखरामा जारी २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आजदेखि क्वाटरफाइनलमा खेल सुरु हुँदैछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल आज अपराह्न २ः३० बजे थ्रीस्टार क्लब र भूटानको पारो एफसीबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
लमजुङमा मह उत्पादन बढ्यो
लमजुङमा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष एक सय ११ दशमलव तीन टनले मह उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका सूचना अधिकारी विजयी पौडेलका अनुसार यस वर्ष १३ हजार आठ सय ५० मौरीका घारबाट सो परिमाणमा मह उत्पादन भएको हो ।
गर्भवती, सुत्केरीलाई ७० लाख राहत
गत कात्तिक १७ गते मध्यरात जाजरकोटको बारेकोट गाउँपालिका स्थित रामिडँडा केन्द्रबिन्दु पारेर गएको ६.४ म्यग्नेच्यूटको भूकम्पले एक सय एक जनाको ज्यान गयो भने भूकम्प पछि मात्र ३६ जनाको अनाहकमा ज्यान गइसकेको छ । हजारौँको सङ्ख्यामा घाइते बने र करौडौको भौतिक संग्रचनामा क्षति भएको छ ।
फेरियो निसी गाउँको स्वरूप
छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिरपहरा । बिच भाग हुँदै रुकुम जोडिएको मध्य पहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । ससाना ढुङ्गा माटोले बनेका कलात्मक घर । बाक्लो मगर बस्ती । बाहिरबाट यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ । अझ यहाँको भाषा, कला र संस्कृतिले त झन् लोकमार्गमा गुड्ने गाडीलाई एकैछिन टक्क रोक्ने गर्छ । गाडीमा यात्रा गर्नेले रोकिएर निसी गाउँको अवलोकन गरेर मात्रै आफ्नो गन्तव्यतर्फ लाग्ने गर्छन् । केही समथर त केही भिरालो भूभागले भरिएको निसी गाउँमा केही धान फल्ने खेत त केही मकै फल्ने बारी छन् । कृषि र पशुपालनमा आश्रित यहाँका स्थानीय पछिल्लो समय व्यापार व्यवसायमा पनि लाग्न थालेका छन् ।
मिडिया विधेयक मिडियामैत्री आउने : मुख्यमन्त्री पाण्डे
नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात जना पत्रकार सम्मानित हुनुभएको छ ।
गुणस्तरीय शिक्षा दिन विद्यार्थीलाई स्थानान्तरण
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित प्रगति प्राथमिक विद्यालयका विद्यार्थीलाई जनज्योति माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।
भूमि रक्षाका लागि अदालत जाने चेतावनी
पश्चिम नवलपरासीको सुस्ताका बासिन्दाले सरकारले तत्काल सीमा समस्या समाधान नगरे सङ्घीय सरकारविरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।
सरकारले जनतामा आशा जगाउन सकेन : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकारले जनतामा आशा जगाउन नसकेको बताउनुभएको छ ।
सडेको खाना बिक्री गर्ने होटललाई जरिवाना
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट-९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो ।
घट्खोलामा मोटरेबल पुल बन्दै
देशकै पहिलो ग्रामीण गाउँ सिरुवारि तथा पर्वत जिल्ला जोडने घट्खोलामा मोटरेबल पुल निर्माण थालिएको छ । पुल नहुँदा वर्षादको समयमा जोखिम मोल्नु पर्ने तथा थप दुई घण्टा लामो यात्रा गर्नु पर्नेमा पुलको शिलान्याससँगै पुल बन्ने पक्का भएको हो ।
ठगी अभियोगमा प्रमुखविरुद्ध रेड कर्नर नोटिस
कास्कीको पोखरा र बागलुङमा सहकारी खोली बचत हिनामिना गरेको अभियोगमा फरार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।
सामाजिक काममा सघाउँदै तनहुँ हाइड्रो
तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको छ ।
हरिनासको चुलिडाँडामा हेलिप्याड निर्माण
हरिनास गाउँपालिका-४ चुलिडाँडामा निर्माण गरिएको हेलिप्याड हस्तान्तरण गरिएको छ । हेलिप्याड नेपाली सेना समरजीत गुल्म (आँधीखोला ब्यारेक) स्याङ्जाको प्राविधिक तथा श्रमदानमा र हरिनास गाउँपालिकाको आर्थिक व्यवस्थापन निर्माण भएको हो ।
मनाङमा फाट्टफुट्ट पर्यटक
जलवायु परिवर्तनको असर मनाङमा पनि देखिएको छ ।
फेरियोे निसी गाउँको स्वरुप
छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिर पहरा । बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । स–साना ढुङ्गा माटोले बनेका कलात्मक घर । बाक्लो मगर बस्ती ।
पृथ्वी राजमार्ग मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डको कालोपत्रे सुरु
पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डको कामले गति लिन थालेको छ ।
बेगनास तालमा मोटरबोट चलाउन रोक
पोखराको बेगनास तालमा मोटर बोट सञ्चालन तत्कालका लागि रोक्न उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले बिहीबार परमादेशसहित अन्तरिम आदेश जारी गरेको हो ।
हिमपातले सुन्दर देखियो खोप्रालेक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएको छ । बुधबार साँझ परेको हिमपातले तीन हजार ६६० मिटरको उचाइमा रहेको खोप्राडाँडा सेताम्मे भएको छ । हिमपातका कारण यहाँबाट देखिने धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जालगायतका हिमाल सुन्दर देखिएका छन् ।