• २० वैशाख २०८१, बिहिबार

एक हजार पाँचसय हेक्टर जङ्गलमा डढेलोले क्षति

blog

फाइल तस्बिर

अर्जुन काफ्ले

स्याङ्जा, बैशाख ७ गते । स्याङ्जामा यो वर्ष एक हजार ४९२ हेक्टर जङ्गलमा डढेलोले क्षति पुर्‍याएको छ । गत वैशाखदेखि अहिलेसम्म जिल्लाका विभिन्न सामुदायिक, राष्ट्रिय र निजी वनमा आगलागी ४९७.२ हेक्टर वनमा डढेलोले क्षति गरेको डिभिजन वन कार्यालय स्याङ्जाका प्रतिनिधिले बताउनुभएकाे छ । 

डढेलोबाट जिल्लाभित्रका राष्ट्रिय तथा सामुदायिक वनमा क्षति गरेको हो भने सबैभन्दा धेरै गल्याङमा ११ वनमा आगलागी हुँदा ५८४ हेक्टर क्षेत्रफलमा आगलागी भएको हो । 

पुतलीबजारमा २०५ हेक्टर वनमा डढेलो लागेको छ भने आँधीखोलामा १३९ हेक्टर वनमा डढेलोले क्षति गरेको छ । त्यस्तै, फेँदिखोलामा १०४ हेक्टर वनमा डढेलो लागेको छ भने सबैभन्दा कम बिरुवा गाउँपालिकामा २.२ हेक्टर वनमा आगलागी भएको छ । 

अर्जुनचौपारीमा ४७ हेक्टर वनमा डढेलो लागेको छ भीरकोटमा पाँच सामुदायिक वनमा ८० हेक्टर क्षेत्रफलमा आगलागी भएर क्षति भएको छ । यस्तै, चापाकोटको आठ सामुदायिक वनमा ११ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । 

त्यस्तै, कालीगण्डकीमा पाँच सामुदायिक वनमा आगलागी हुँदा ७७ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । वालिङको पाँच वटै वनमा आगलागी हुँदा २४३ हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय स्याङ्जाका प्रतिनिधिले बताउनुभयाे  ।

डिभिजन वन प्रमुख नवराज बरालले डढेलोबाट दुई जनाको मृत्यु भएको छ । एक जना मानिस घाइते भएको बताउनुभयो । यस्तै, तीन गोठ, १९ बाख्रा, एक भैँसी मरेको बरालले बताउनुभयो । 

आर्मी, प्रहरी र सशस्त्रलाई डढेलो नियन्त्रणका लागि विभिन्न सामग्री दिएको बताउँदै बरालले टेलिभिजन पत्रपत्रिकामा प्रचार गरेको बताउनुभयो । डढेलो सप्ताहमा गाउँ गाउँमा माइकिङ गरेर सचेतना जगाएको बताउँदै बरालले स्कुल र टोलमा पुगेर अन्तरक्रिया गरिएको बताउनुभयो ।