हिमपातले सुन्दर देखियो खोप्रालेक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएको छ । बुधबार साँझ परेको हिमपातले तीन हजार ६६० मिटरको उचाइमा रहेको खोप्राडाँडा सेताम्मे भएको छ । हिमपातका कारण यहाँबाट देखिने धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जालगायतका हिमाल सुन्दर देखिएका छन् ।
उखु र अदुवापछि बेसारको ‘ब्रान्डिङ’ गर्दै सहकारी
अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबीच यहाँको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यस वर्षदेखि बेसारलाई ‘ब्रान्डिङ’ गरेर बजार पठाएको छ ।
मुग्लिन पोखरा सडक ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र सुरु
मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना ९पश्चिम खण्ड०ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो ।
‘पुर्पुरो’ गर्दै छन्त्याल समुदाय
उमेरले चार वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्नुहुन्छ । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा हुनुहुन्छ ।
तीन कलाकारको प्रदर्शनी
आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरीले अग्रज कलाकारहरू दुर्गा बराल ‘वात्स्यायन’, यादवचन्द्र भुर्तेल र बुद्धि गुरुङको संयुक्त कला प्रदर्शनी गरेको छ । प्रदर्शनीमा वात्स्यायनका आठ, भुर्तेलका नौ र गुरुङका १३ कला राखिएका छन् ।
गण्डकीमा सत्ता गठबन्धनका तीन उम्मेदवार विजयी
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । प्रदेशबाट अन्यबाट किरणबाबु श्रेष्ठ, महिलाबाट मनरुपा शर्मा र अपाङ्गता तथा अल्पसङ्ख्यकबाट पदम परियार निर्वाचित हुनुभएको हो ।
मनरुपा शर्मा : पाँचौँ प्रयासमा माननीय
पर्वतको कुश्मा नगरपालिका वडा नं. १० की मनरुपा शर्मा (विमला) राष्ट्रिय सभा सदस्य बन्नुभएको छ।तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र विद्रोहमा आफैँ सहभागी शर्माका श्रीमान् द्वन्द्वकै क्रममा सरकारी पक्षबाट मारिनुभएको थियो ।
डुङ्गा चलाउने पेसा सङ्कटमा
धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम हिजोआज सबैको रोजाइमा पर्ने गर्छ । उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ ।
गण्डकीमा राष्ट्रिय सभा निर्वाचन : ढोरपाटनका प्रमुखबाहेक सबैले गरे मतदान
गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सकिएको छ। प्रदेशमा दुई सय २९ जनाले मतदान गर्नुभएको छ। बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवबहादुर नेपालबाहेक सबैले मतदान गर्नुभएको हो।
एउटै गाउँबाट ११ करोडका सुन्तला बिक्री
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौँको कालीमाटी बजारमा पठाइएको छ ।
अन्तर्राष्ट्रिय सहकार्य बढाउँदै गण्डकी विश्वविद्यालय
स्थापनाको छोटो समयमा नै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढवा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
यस वर्ष ६८ परिवारले छाडे गाउँ
बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो नौ महिनामा ६८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट नौ महिनाको अवधिमा ६८ परिवारका दुई सय ५२ जना बसाइँ सरेका हुन् । गाउँपालिकाले तयार गरेको तथ्याङ्कअनुसार गत वैशाखदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाकै हाराहारीमा बसाइँ सर्नेको तथ्याङ्क पाइएको हो ।
युवा सङ्घ गण्डकीकाे अधिवेशन फागुन ६ र ७ गते
राष्ट्रिय युवा सङ्घ नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको मिति तय भएको छ । प्रदेश कमिटीको पूर्ण बैठकले लमजुङको बेसीसहरमा आगामी फागुन ६ र ७ गते अधिवेशन गर्ने निर्णय गरेको छ ।
९ करोड लगानीमा बनेको बागलुङ बसपार्क प्रयोगविहीन
बागलुङमा निर्माण गरिएको आधुनिक बसपार्क प्रयोगविहीन भएको छ ।
क्यानडा पठाइदिन्छु भनेर ठग्ने २ विदेशीसहित ६ जना पक्राउ
क्यानडा पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेको छ ।
पोखरा महानगर प्रमुख र प्रदेशसभा सदस्यद्वारा मतदान
राष्ट्रियसभा सदस्य निर्वाचनमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र प्रदेशसभातर्फ कास्कीका प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले मतदान गर्नुभएको छ ।
मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस
हिमाली जिल्ला मनाङको तापक्रम दिनहुँ घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ ।
स्याङ्जामा उत्कृष्ट बन्यो अर्जुनचौपारी गाउँपालिका
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका जिल्लामै उत्कृष्ट बनेको छ । गाउँपालिकाले स्वमूल्याङ्कनमा ९४ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो बनेको हो ।
सीमित स्रोतसाधनले अपेक्षा पूरा गर्न कठिन
म्याग्दीको रघुगङ्गा जलाधार क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका जलविद्युत्, पर्यटन र कृषिमा राम्रो सम्भावनायुक्त पालिका हो । यहाँका केही वडा भौगोलिक रूपमा विकट छन् । जनप्रतिनिधि निर्वाचित भएपछि पालिकाभित्र सडक, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र जलविद्युत्का क्षेत्रमा महत्वपूर्ण काम भएका छन् । रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीसँग गोरखापत्रका ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी :
असी करोडको लागतमा रिसोर्ट निर्माण
पूर्वी नवलपरासीको गैँडाकोटको सिख्रौलीबाट पर्यटकका लागि नारायणी नदीमा डुङ्गा सफारी सुरु भएको छ । गैँडाकोट–११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले जिल्लाको सिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै दिव्यपुरीसम्म करिब ११ किलोमिटर डुङ्गा सञ्चालनको अनुमति पाएसँगै यहाँ आउने पर्यटकले नारायणी नदीमा डुङ्गा सफारीको आनन्द लिन थालेका छन् ।
दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण रोकियो
म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो ।
नक्कली परीक्षार्थी पक्राउ
तनहुँ प्रहरीले नक्कली परिक्षार्थीलाई बुधबार पक्राउ गरेको छ । बन्दीपुर गाउँपालिका–४ बिमल नगरस्थित यातायात व्यवस्था कार्यालय तनहुँले मोटरसाइकलको प्रयोगात्मक परीक्षा दिनेलाई पक्राउ गरेको हो ।
गठबन्धन जोगाउन कांग्रेस प्रतिबद्ध छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई जोगाएर लामो समय लैजान आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभएको छ ।
उत्तरी गोरखाको लाप्राकामा हिमपात
गोरखाको उत्तरी क्षेत्र धार्चे गाउँपालिका –४ लाप्राकामा हिमपात सुरु भएको छ । बुधबार दिउँसो करिब ३ बजेबाट हिमपात भइरहेको धार्चे –४ का वडा अध्यक्ष किसान गुरुङले जानकारी दिनुभयो ।