• १९ वैशाख २०८१, बुधबार

सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने

blog

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत हाइट्रोजन डाइलग कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, वैशाख ५ गते । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार काठमाडौँमा भएको हाइड्रोजन डाइलग कार्यक्रममा बोल्नुहुँदै ऊर्जा मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा ग्रिन अर्थतन्त्र र ग्रिन आर्थिक विकासको चर्चा गर्न ढिला भएको भन्दै अब ग्रिन अर्थतन्त्रका विषयमा बहस छलफल गरी नीतिगत रूपमा अघि बढ्नुको विकल्प नभएको बताउनु भयो ।

मन्त्री बस्नेतले स्रोत उपलब्धताको दृष्टिकोणबाट हेर्दा नेपाल सरकारले स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले विश्व लागि ग्रिन अर्थतन्त्रमा गइसकेको बताउनु भयो । उहाँले नेपालसँग भएका पेट्रोलियम पदार्थ लगायत जलस्रोतको प्रयोगभन्दा पनि आयातमा रमाइरहेको बताउनु भयो । उहाँले आफूसँग भएका स्रोतको सही ढङ्गले सदुपयोग गर्नसक्ने देशले आर्थिक समृद्धिको यात्रामा पाइला चाल्न नसक्ने दाबी गर्नुभयो ।

‘‘पेट्रोलियम पदार्थको आयात गरिरहेका छौँ । नेपालसँग भएका स्रोतहरूको प्रयोग भइरहेको छैन । जुन देशले आफूसँग भएका स्रोतको सही ढङ्गले अप्टिमम प्रयोग र सदुपयोग गर्न सक्दैन । त्यो देशमा समृद्धिको यात्रामा प्रभाव पर्छ । नेपाल जलस्रोतको धनी देश भनिरहेका छौँ ।,’’ मन्त्री बस्नेतले भन्नुभयो, ‘‘स्रोत उपलब्धताको दृष्टिकोणबाट हेर्दा स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्नका लागि ग्रिन अर्थतन्त्रको कुरा गर्न सान्दर्भिक छ । अब सरकारले ग्रिन अर्थतन्त्र,ग्रिन आर्थिक विकासका बारेमा चर्चा गर्न ढिला भएको छ ।’’

मन्त्री बस्नेतले नेपाल ग्रिन अर्थतन्त्रमा जानका लागि नीतिगत रूपमा नै कार्यक्रमहरू बनाएर जान आवश्यक देखिएको बताउनुभयो ।