• ८ चैत २०८२, आइतबार

भ्याटमा बहुदर प्रणाली माग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ८ गते । व्यवसायीले मूल्य अभिवृद्धि कर (भ्याट) बहुदर प्रणाली हुनुपर्ने माग राखेका छन् । नेपाल व्यापार सङ्घको ३३ औँ वार्षिक साधारण सभा तथा १७ औँ अधिवेशनमा करका दर घटाउनुपर्ने माग पनि व्यवसायीले गरेका हुन् । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नयाँ सरकारले सरकारले भन्सार महसुलको अधिकतम दर २५ प्रतिशतमा झार्नुपर्ने र मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणाली लागु गर्नुपर्ने बताउनुभयो ।

व्यक्तिगत आयकरको दर ३९ प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्नुपर्ने र पाँच लाखको आयकर सीमालाई पुनरवलोकन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले भन्सार सामानको मोडल वा उत्पत्तिमा सामान्य फरक पर्दा एक सयदेखि दुई सय प्रतिशतसम्म जरिबाना गर्ने नीतिले व्यवसायीलाई समस्या परेको बताउनुभयो । 

नेपाल व्यापार सङ्घका अध्यक्ष हरि गौतमले नयाँ बन्ने सरकारले व्यवसायीको सुरक्षा, लगानीको सुनिश्चित र व्यवसाय सहजीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । व्यवसायीका लागि व्यवसायीमैत्री ऐन र नियमन ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ ।