• १८ वैशाख २०८१, मङ्गलबार

साहित्यकार प्रकट पंगेनीको निधन

blog

साहित्यकार प्रकट पंगेनी ।

फडिन्द्र अधिकारी

लेखनाथ, चैत ४ गते। नेपाली साहित्य क्षेत्रमा ‘प्रकट दाइ’ का रूपमा परिचित साहित्यकार प्रकट पङ्गेनी ‘शिव’को मंगलबार दिउँसो निधन भएको छ। पङ्गेनीको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो। 

बुधबार दिउँसो सवा १२ बजे मणिपाल शिक्षण अस्पतालबाट शवयात्रासहित सेती नदीको फूलबारी घाटमा पगेनीको दाहसंस्कार गरिने भएको छ। ६८ वर्षीय पङ्गेनी निमोनिया लगायतका समस्याबाट पीडित हुनुहुन्थ्यो। 

सोमबार साँझबाट मणिपाल शिक्षण अस्पतालको भेन्टिलेटरमा राखी उहाँको उपचार भएको थियो। कास्कीको रुपा गाउँपालिकाको देउराली घर भए पनि उहाँ लामो समयदेखि पोखराको बाटुलेचौरमा बस्नुहुन्थ्यो।

पङ्गेनीका जुनको चिठी जुनालाई, प्रणय वेदका ऋचाहरू लगायतका कृति प्रकाशित छन्। उहाँको परिवारमा पत्नी, छोरा र छोरी हुनुहुन्छ।