• १९ वैशाख २०८१, बुधबार

आगो निभाउने क्रममा बृद्धाको ज्यान गयो

blog

राधाकृष्ण डुम्रे

वालिङ, वैशाख ६ गते । स्याङ्जामा आगो निभाउने क्रममा जलेर एक बृद्धाको ज्यान गएको छ । विरुवा गाउँपालिका –७ कुमेरदुङका ७४ बर्षीया रेउसरी गुरुङको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

आफ्नो बारीमा कोदोको बीउ राख्नलाई पात–पतिङ्गर जलाउने क्रममा जङ्गलमा आगो सल्कन गएको र निभाउने क्रममा गुरुङको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाबारे अनसुन्धान भइरहेको प्रहरीले जनाएको छ ।