गण्डकी मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सोमबार खारेज गरिदिएको छ ।
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई पक्राउ
कक्षा १२ को प्रश्नपत्र आउट गरेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बाघको आक्रमणबाट एक घाइते
नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आइतबार दिउँसो पौने १ बजे बाघले आक्रमण गरी जिल्लाको मध्यविन्दु–५ बाघखोर निवासी ३० वर्षीय यमनारायण महतोलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
उच्च गतिको विद्युत प्रवाह, पाँच जना घाइते
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घार क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको विद्युत प्रवाहमा ‘हाईभोल्टेज करेन्ट’ प्रवाह हुँदा पाँच जना घाइते भएका छन् ।
बागलुङका एक लाख ३१ हजार पशुलाई खोप लगाइयो
बागलुङमा एक लाख ३१ हजार पाँच सय ७४ पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये छ पालिकामा कुकुर, भैसी, राँगा, गोरु, बाख्रा र बङ्गुरलगायतका पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो ।
म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो
म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्न थालिएको छ । तरकारीको रुपमा प्रयोग गरिने ढकायो टिप्न यतिबेला जिल्लाका उच्च पहाडी क्षेत्रमा बस्ने स्थानीयलाई चटोरो छ ।
म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड
म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी तथा मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् ।
आगलागीपीडितका घर युवा सङ्घले बनाउने
बिरुवा गाउँपालिका –६ तल्लो बलेउकी बुकमाया नेपालीले नयाँ घर पाउनुहुने भएको छ । आगलागीका कारण घरगोठ जलपछि युवा संघ स्याङ्जाले घर बनाइदिने भएको हो ।
विश्व बैंकको सहयोगमा पराशर मार्ग कालोपत्र गर्न सम्झौता
विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्ग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका र निर्माण कम्पनीबिच सोमबार नगरपालिकाको कार्यालयमा सम्झौता गरिएको हो ।
शुल्क तिर्न बाध्य विद्यार्थी
पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क तिर्न बाध्य बनाएको छ । रामग्राम-२ को पवन माध्यमिक विद्यालयले भर्ना शुल्कको नाउँमा दलित विद्यार्थीसँग सहयोग लिएको जनाइएको छ ।
विद्यार्थी घटेपछि पच्चिस विद्यालयका कक्षा समायोजन
म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले विद्यार्थी घटेपछि २५ विद्यालयको कक्षा समायोजन गरेको छ । गाउँपालिकाभित्र सञ्चालित आधारभूत र माध्यमिक गरी ४४ विद्यालयमध्ये २५ वटा विद्यालयमा विद्यार्थी अत्यन्त न्यून भएपछि तह समायोजन गरिएको हो । त्यसमध्ये तीन वटा विद्यालयले भने पूरै कक्षा नै समायोजन गरिएको छ ।
ढोरवाराहीको आम्दानी बढ्दै
शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल ढोरवाराही मन्दिरमा तीर्थालुले चढाएको भेटी तथा दान रकमलाई व्यवस्थित गरिएको छ । नगरपालिकाले मन्दिर व्यवस्थापन समितिमार्फत उक्त रकम व्यवस्थित गरेको हो । भक्तजनले चढाएको भेटी तथा दान सार्वजनिक गर्नुपर्ने भन्दै नागरिकस्तरबाट आवाज उठेपछि मन्दिर व्यवस्थापन समितिमार्फत भेटी तथा दान सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो ।
लेनदेनमा विवाद : चालकले गरे सहचालकको हत्या
दाङको राप्ती गाउँपालिका–३ घर भई वालिङ नगरपालिका–१३ मा बस्ने ३५ वर्षीय निम बहादुर घर्तीमगरले सहचालक २० वर्षीय आयुष चौधरीलाई चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
न देखिन्छ हिमाल, न उड्छ जहाज : प्रदूषणले जनजीवन प्रभावित
बाक्लो तुवाँलो लागेपछि पोखरासहित देशैभरको मौसम बिग्रिएको छ । मौसमकै कारण आइतबार दिउँसो १ बजेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रह्यो । त्यसपछि मात्रै विमान आवागमन भएको छ । पृथ्वी राजमार्ग स्तरोन्नति जारी रहँदा हवाई सेवासमेत अनियमित बनेपछि यात्रु प्रभावित भएका छन् । एक सातादेखिको तुवाँलोका कारण शनिबार पोखरा आउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पूर्वनिर्धारित कार्यक्रम नै रद्द भएको थियो । यो क्रम केही दिनदेखिकै हो । तुवाँलो लाग्न सुरु भएदेखि नै हवाई सेवा प्रभावित हुँदै आएको छ । शुक्रबार पोखराबाट दैनिक ३३ उडान हुनेमा तीन उडान मात्र भएका थिए । शनिबार विमानस्थलबाट उडान नै भएनन् । भिजिबिलिटी कम भएकाले उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।
विवादले सडकमै पर्खाल
सामुदायिक वन हुँदै सडक विस्तार गर्न नपाएको बिवादका कारण म्याग्दीको मंगला गाउँपालिका –१ कुहुँको अँधेरी खोलामा रूख ढालेर तथा पर्खाल लगाएर स्थानीयले शनिबारदेखि अवरोध गरेका छन् ।
लोपोन्मुख अवस्थामा मौलिक सीप
एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रका मौलिक सीपले बजार पाउने गर्थे । हातमा सीप भएका बुढापाका पनि धेरै थिए । हिजोआज गाउँमा सीप भएको मान्छे कमैमात्रामा पाइन्छन् । उनीहरुले उत्पादन गरेका वस्तुले बजार पाउँदैन ।
सेती नदी कटानले चिन्तित छन् स्थानीय
“नदी बढ्दा मात्रै बस्ती स्थानान्तरणको कुरा आउँछ, नदी सुकेपछि उक्त कुरा हराउँछ”, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकका सेती नदी कटानबाट पीडित कमला मियाँले भन्नुभयो, “यस्तो सुनेको कैयौँ वर्ष भयो, आश्वासन कहिल्यै पूरा भएनन् ।”
देवघाटमा दुई वडाका नयाँ भवन निर्माण
तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका छन् । वडा कार्यालयलाई स्रोतसाधन सम्पन्न बनाउने उद्देश्यसहित वडा कार्यालय भवन निर्माण गरिएका हुन् ।
पोखरामा बस दुर्घटना, १९ जना घाइते
पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजा सडकखण्डमा यात्रुबाहक बस शनिबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।
डढेलो नियन्त्रण गर्न विशेष कार्ययोजना आवश्यक छ
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई संघीय ऐनमानै जन्मकैदको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।
अटो दुर्घटना हुँदा दुई गम्भीर
पुतलिबजार नगरपालिका–४ फूलबारीको भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
मिर्गौला पीडितलाई प्रवासीद्वारा १४ लाख सहयोग
म्याग्दीको मालिका गाउँपालिका–७, बिमका मिर्गौला रोगबाट पीडित धनबहादुर शेरपुञ्जालाई १४ लाख रुपियाँभन्दा बढी सहयोग प्राप्त भएको छ ।
जलजलाका २५ विद्यालयको तह समायोजन
म्याग्दीको सदरमुकाम बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले विद्यार्थी सङ्ख्या घटेपछि २५ विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ ।
लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनु हुँदैन : पूर्वउपाध्यक्ष क्षेत्री
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट अपेक्षाकृत उपलब्धि हासिल गर्न लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन नदिन सरकार सजग हुनुपर्ने बताउनुभएको छ ।