• ३ जेठ २०८१, बिहिबार

बाघको आक्रमणबाट एक घाइते

blog

फाइल तस्विर

बोमलाल गिरी

नवलपुर, बैशाख १७ गते । नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आइतबार दिउँसो पौने १ बजे बाघले आक्रमण गरी जिल्लाको मध्यविन्दु–५ बाघखोर निवासी ३० वर्षीय यमनारायण महतोलाई घाइते बनाएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार मध्यविन्दु नगरपालिका –५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा महतोलाई बाघले आक्रमण गरी घाइते बनाएको हो ।

घाइते महतोको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि चितवन रेफर गरिएको प्रहरी निरीक्षक परियारले बताउनुभयो । महतोका शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ ।