लोप हुँदै ठेकी निर्माण
हातको सहयोगमा निर्माण गरिने काठको ठेकी लगायतका सामाग्री हिजोआज लोप बन्दै गएको छ ।
जिल्ला जनप्रतिनिधि अन्नपूर्ण शिविरमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा पर्ने उत्तरी अन्नपूर्ण हिमालको प्रवर्धनका लागि म्याग्दीका जनप्रतिनिधि तथा सुरक्षा निकायको टोली पुगेर फर्केको छ ।
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ । एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको उदघाटन सत्रमा उहाँले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक छ भन्नुभयो ।
कोरला नाकामा बल्यो बिजुली
कोरला नाका औपचारिक रुपमा खुलेको करिब छ महिनापछि त्यहाँ बिजुली बलेको छ। नेपाल विद्युत प्राधिकरणको प्रशारण लाइन यसअघि नै त्यही पुगिसकेको भए पनि ट्रान्सफर्मर र अन्य व्यवस्थापन नहुँदा नाकाको नेपाली भूमीमा बिजुली बल्न सकेको थिएन।
व्यावसायिक पशुपालनबाट कृषक लाभान्वित
राम्रो कमाउन बिदेशिएका युवाहरु अहिले स्वदेश फर्केर कृषि पेशामा रमाउन थालेका छन् । पूर्वी नवलपरासीबाट बैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरु जोश र जाँगर बोकेर व्यावसायिक गाईपालन, भैसीपालन, कुखुरापालनमा रमाउन थालेका हुन् ।
राजमार्ग विस्तारका लागि घर भत्काउन आग्रह
तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वी राजमार्गको सडक सिमा भित्रको संरचना भत्काउन आग्रह गरेको छ । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको पोखरा–मुग्लिन खण्डमा पर्ने आफ्नो पालिका क्षेत्रभित्र रहेको घर तथा टहरा भत्काउन आग्रह गरेको हो ।
अमलाचौरका अग्निपीडितलाई राहत
घर गोठ जलेर बिचल्लीमा परेका यहाँका दुई परिवारलाई राहत उपलब्ध गराइएको छ । बागलुङ नगरपालिका-१२ अमलाचौरका अग्निपीडित परिवारलाई बागलुङ नगरपालिका, कालिका भगवती गुठी व्यवस्थापन समिति, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतले नगद तथा खाद्यान्न सहयोग गरेका हुन् ।
आयुर्वेद चिकित्सातर्फ आकर्षण बढ्दो
पछिल्लो समय आयुर्वेद तर्फ नागरिकको विश्वास बढ्दै गएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधीले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै गएको हो ।
मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिनुहुने भएको हो ।
रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएको छ ।
आगलागीका घटना बढ्दै
लामो हिउँदे खडेरीका कारण पछिल्लो समय आगलागीका घटना बढेका छन् ।
सार्वजनिक बिदामा पनि गोरखा प्रशासनबाट सेवा प्रवाह
जिल्ला प्रशासन कार्यालय गोरखाले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ ।
आकाशे पानी माग्दै वरुण देवताको पूजा (फोटो फिचर)
म्याग्दीका अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा खेती गरिन्छ । अहिले आकाशे पानी नपर्दा बारीमा लगाएको हिउँदे बाली सुक्न थालेपछि कृषक चिन्तित छन्, भने वन जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । लामो समयसम्म पानी नपरेपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम पँधेरा चौरमा आकाशे पानी माग्दै वरुण देवताको पूजा गरिएको छ ।
पोखरा महानगरका दुई इन्जिनियरसहित तीन जनालाई मुद्दा
घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घूस लिएको अभियोगमा पोखरा महानगरपालिकाका दुई इन्जिनियरसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार महानगरका इन्जिनियर शिवराज बराल र सब इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सीका कर्मचारी सुरज कुँवरविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।
दम्पती हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक
म्याग्दी सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–२,मल्लाजको दहका जिसी दम्पती हत्यामा संलग्न अभियुक्त दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
म्याग्दी नदीमा जलयात्रा
म्याग्दी नदीमा साहसिक जलयात्रा (र्याफ्टिङ) सञ्चालन गरिएको छ । जिल्लाको बेनी नगरपालिका–७ स्थित म्याग्दी र कालीगण्डकी नदीको सङ्गमस्थल हुँदै मालढुङ्गासम्म छोटो प्याकेजको जलयात्रा सुरु गरिएको हो । र्याफ्टिङ रनर नामक कम्पनीका सुवास रानामगरले म्याग्दी नदीबाट नियमित जलयात्रा गर्न सकिने बताउनुभयो । गाइड रानामगरले भन्नुभयो, “नदी आसपासमा निर्माणाधीन अवस्थामा रहेको संरचनाले जलयात्रालाई असहज बनाएको छ ।” म्याग्दी नदीबाट कम्पनीले नियमित जलयात्राको तयारीसमेत गरेको बताउनुभयो ।
खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर
करिब तीन बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएकामा उहाँले यसपटक खरबुजा फलाउनुभएको छ । “पहिला तरकारी लगाउने गर्थेँ, बजार नपाएपछि खरबुजा लगाएँ, प्रशस्त आम्दानी भएको छ”, उहाँले भन्नुभयो ।
स्वास्थ्य सेवामा सबैको पहुँच आवश्यक
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वास्थ्य सेवामा सबै वर्गको पहुँच स्थापित गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ । पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा भएको अन्तर्क्रियामा उहाँले यस्तो बताउनुभएको हो । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्थाको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख आचार्यले यौन तथा प्रजनन स्वास्थ्यका दृष्टिकोणले किशोरकिशोरीमा उमेर नपुग्दै हुने गरेका विभिन्न क्रियाकलापका कारण उनीहरूको स्वास्थ्य अवस्था जोखिममा पर्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । स्वास्थ्यसम्बन्धी सचेतनाको अभावका कारण किशोरकिशोरीमा देखिएको यस प्रकारको स
‘ओ पेङ्दोर्जे’ रङ्गमञ्चमा उत्रिँदा
पूर्वपश्चिम जोड्ने राजमार्ग खन्न थालियो । देशका विभिन्न ठाउँबाट कामको खोजी गर्दै ठेकेदारकोमा पुगे । रामबहादुर तामाङले पनि सडक खन्न पसिना र परिश्रम खर्चिए । एक हजार २८ किमी लामो यो राजमार्गको नाम राखियो, महेन्द्र राजमार्ग । दिनभर काममै जोतिने रामबहादुरलाई त्यो नाम मन परेन । थाकेको जिउ लिएर भट्टी पुगेको रामबहादुरले टेबुल ठोक्दै असन्तुष्टि पोख्न थाल्यो, “यो बाटोको नाम रामबहादुर मार्ग हुनु पर्छ ।”
पर्वतको कुश्माबजारमा खानेपानीको अभाव, लोडसेडिङ सुरु
लामो समयदेखिको खडेरीका कारण मुहान सुकेपछि पर्वत सदरमुकाम कुश्माबजारमा खानेपानीको अभाव भएको छ । नियमित आउने स्रोतमा पानीको मात्रा घट्दै गएपछि मङ्गलबारदेखि खानेपानीको ‘लोडसेडिङ’ सुरु भएको छ ।
सांसद फरार भएपछि प्रहरीले पक्राउ गर्न सकेन
पक्राउ पुर्जी जारी गरेको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य गीता बस्नेतलाई पक्राउ गर्न सकेको छैन ।
नार्पाभूमिका विद्यालय खुले
काठमाडौंमा वार्षिक परीक्षा सकेर नतिजा प्रकाशित भएपछि नार्पाभूमिका बालबालिका गाउँ फर्किएर पठनपाठन गर्न थालेका हुन् ।
कालीगण्डकी पुल मर्मत सुरु
म्याग्दी सदरमुकाम जोड्ने बेनी नगरपालिका ८ कालिपुलस्थित कालीगण्डकी नदीमाथि निर्माण गरिएको मोटरेबल पुलको पिलर जिर्ण भएपछि मर्मत थालिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले राससलाई जानकारी दिनुभयो ।